धनगढीको मा लागुऔषधसहित एक पक्राउ, प्रहरी निरीक्षक योगेश खत्रीको टोलीको सक्रियता
धनगढी, कैलाली — धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एकजनालाई लागुऔषधसहित पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक योगेश खत्रीको नेतृत्वमा खटिएको संयुक्त टोलीले कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका–२ का ४० वर्षीय मिन बहादुर बमलाई नियन्त्रणमा लिएको हो। शंका लागि चेकजाँच गर्दा बमको डेराबाट ८ ग्राम ४६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ फेला पारिएको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्युरोको सहकार्यमा गरिएको उक्त अपरेसन सफल भएको बताउँदै प्रहरी निरीक्षक खत्रीले भने, “हामी निरन्तर निगरानीमा छौं। स्थानीय समुदायको सहयोगले यस्ता घटनामा संलग्न व्यक्तिहरू पक्राउ गर्न सहज भएको छ।”
उनले थपे, “लागुऔषध अलिकति मात्र समातिएको भन्दै जनमानसमा भएको गलत बुझाइ हटाउन जरुरी छ। यदि थोरै मात्राले पनि ५०...












