२४ घण्टामा एक करोड ९७ लाख सब्सक्राइबर पाएर रोनाल्डोले राखे गिनिज बुकमा नाम
१२ भदौ, धनगढी - २४ घण्टाको अवधिमा सबैभन्दा बढी सब्सक्राइबर पाएपछि स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम राखेका छन् । गत साताको मङ्गलवारदेखि युट्युब च्यानल सञ्चालनमा ल्याएका रोनाल्डोले २४ घण्टामा सर्वाधिक सब्सक्राइबर पाउने क्रियटरको रेकर्ड बनाएका हुन् ।
रोनाल्डोले २४ घण्टामा एक करोड ९७ लाख २९ हजार ८२७ सब्सक्राइबर पाएर सो रेकर्ड राखेका हुन् ।
हुन त सब्सक्राइबरका सन्दर्भमा रोनाल्डोले कैयन् रेकर्ड कायम गरिसकेका छन् । तर, गिनिज बुक अफ वर्ल्ड रेकर्डले २४ घण्टामा सबैभन्दा बढी सब्सक्राइबर पाउने युट्युब च्यानलका रूपमा 'यूआर क्रिस्टियानो' लाई मान्यता दिएको हो ।
गिनिज वर्ल्ड रेकर्डले मङ्गलबार रोनाल्डोले रेकर्ड राखेको प्रमाणपत्र सार्वजनिक गरेको छ । प्रमाणपत्रमा फुटबल क्षेत्रका सुपरस्टार रोनाल्डो सामाजिक सञ्जालको पनि आइकन बनेको भन्द...

