अछाम अस्पतालमा घोटाला : बिरामीलाई सिटामोल छैन, स्टोरबाट ५० लाखका औषधि गायब
अछाम- अछाम जिल्ला अस्पतालमा लामो समयदेखि चरम बेथिति चलिरहेको खुलासा भएको छ । बेथितिको सीमा यतिसम्म छ कि १८ लाख नगद हिनामिना मात्र भएको छैन ५० लाख बराबरको औषधि समेत गायब पारिएको छ । तर बिडम्बना दुर्गम गाउँबाट घण्टौं पैदल हिँडेर आउने बिरामीले सिटामोल समेत नपाउने अवस्था छ ।
सरकारी फार्मेसीमा निस्शुल्क पाउनुपर्ने सिटामोल र जीवन रक्षक औषधिहरू ‘स्टक छैन’ भन्दै बिरामीलाई निजी मेडिकलतिर पठाउने गरिन्छ । यता, अस्पतालको स्टोरबाटै झन्डै ५० लाख मूल्य बराबरको औषधि र उपकरण रहस्यमय ढंगले गायब पारिएको तथ्य सार्वजनिक भएको छ ।
चिकित्सक र राजनीतिक संरक्षणप्राप्त कर्मचारीहरूको मिलेमतोमा अस्पतालको बेहाल पारिएको छ । घोटालामा अस्पतालका उच्चपदस्थ कर्मचारी, राजनीतिक पहुँच भएका प्रशासक र स्टोर प्रमुखको प्रत्यक्ष संलग्नता रहेको स्रोतको दाबी छ ।
अस्पताल स्रोतका अनुसार पछिल्लो दुई आर्थिक वर्षमा मात्रै १८ लाख ७...

