एमाले सक्न खोज्नेहरू आफैँ सकिएर जानेछन्- केन्द्रीय सदस्य कमल तिल्मिसिना
अछाम- नेकपा एमालेका पुर्व केन्द्रीय सदस्य कमल तिल्मिसिनाले एमाले सक्न खोज्नेहरू आफैँ समाप्त भएर जाने बताएका छन् ।
चौरपाटी गाउँपालिका- ३, गगुडामा आयोजित चुनावी घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
उनले भने, “एमाले पटक-पटक सरकारमा पुगेर अवसर पाएका केही व्यक्तिहरू नै आज एमालेविरुद्ध लागिरहेका छन् । तर यस्ता अवसरवादी पात्रहरूलाई अछामी जनताले यहीँ फागुन २१ गते उचित जवाफ दिनेछन् ।
तिल्मिसिनाले अछाम क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिपक साउँदप्रति अछामी जनता पूर्ण रूपमा विश्वस्त रहेको दाबी गरे ।
उनले विगतमा पटकपटक जित्दै आएका केही नेताहरू जनताको सेवक नभई ‘जनशासक’ बनेको आरोप लगाउँदै अब जनताले नेतृत्व परिवर्तन चाहेको बताए ।
“अब जनता शासक होइन, सेवक खोजिरहेका छन् । त्यो आवश्यकता अहिले दिपक साउँदले पूरा गर्न सक्छन्,” उनले भने ।
तिल्मिसिना...

