भनिन्छ मर्दा पर्दा चाहिने आफन्त हुन, बैतडीका प्रकाशका गाउँले भने मुखदर्शक बने
धनगढी- भनिन्छ समाजमा दुई जातीय मान्छे बसोबास गर्छन् , ती हुन महिला र पुरुष ।
यो एउटा भनाइमा सिमित छ भन्ने प्रष्ट भएको छ ।
यस भनाइलाई बोलीमा मात्रै सिमित छ भन्ने बैतडीको सिगास गाउँपालिका- १ अङगेगाडाका शिक्षक प्रकाश दमाईंकी ६१ वर्षीया आमा माना दमाईं (टेलर)को शव २४ घण्टापश्चात् उठेपछि प्रष्ट भएको हो ।
हुन त माथिको जस्तै एक अर्को भनाइ छ, मर्दा पर्दा चाहिने भनेको आफन्त हुन, तर सनिवार बिहान ११ बजे प्रकाशकी आमाको निधन भयो, उनलेे मलामी जाने मान्छे पाएनन्, र आमाको शव २४ घण्टा सम्म आँगनमै राख्नु पर्यो। उक्त अङडेगाडा गाउँमा करिब ३ सय जनाको बसोबास छ। गाउँमा प्रकाशको परिवार दमाईं समुदायको एक्लो परिवार हो।
जातीय भेदभाव गर्दै गाउँले मलामी जान तयार नभएपछि शव २४ घण्टापछि आइतबार कञ्चनपुरबाट आफन्त आएर उठाए । अङगेगाडाबाट २५० किलोमिटर टाढा कञ्चनपुरको दोधारा–चाँदनी, महेन्द्रनगर र बैतडीकै पाटनबाट आफन्त आ...

