Advertisement

मुख्य समाचार

विषु पर्व मनाउन घर फर्कँदै सुदूरपश्चिमेली

विषु पर्व मनाउन घर फर्कँदै सुदूरपश्चिमेली

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : रोजगारीका लागि भारत गएका सुदूरपश्चिमेली विषु पर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै यति बेला घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारीका लागि भारतका विभिन्न शहर गएका पर्व नजिकिएसँगै नेपाल भित्रिने क्रम बढेको सीमामा रहेको सशस्त्र प्रहरी बल हेल्प डेस्कले जनाएको छ हेल्प डेस्ककाअनुसार भारतको केरला, मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, दिल्लीलगायतका विभिन्न शहरबाट गएको मङ्गलवारदेखि हिजो आइतवारसम्म दुई हजार छ सय ७७ नेपाली फर्किएका छन् । चाडपर्व नजिएकाले भारत जानेभन्दा पनि नेपाल फर्किने नेपालीको सङ्ख्या बढ्न थालेको हो । अन्य देश जान बढी खर्च लाग्ने, भिसाको आवश्यकता पर्नेलगायतका कारणले पनि धेरैजसो सुदूरपश्चिमेली रोजगारीका लागि भारत जाने गरेका छन् । लामो समयदेखि भारतको मुम्बईमा रोजगार गर्दै आउनुभएका खप्तडछान्ना गाउँपालिकाका दिनेश सुनारले विषु पर्व मनाउनकै लागि घ...
कैलालीमा एक महिलासहित दुई फरार प्रतिवादी पक्राउ

कैलालीमा एक महिलासहित दुई फरार प्रतिवादी पक्राउ

कैलाली, मुख्य समाचार, सुदूरपश्चिम
धनगढीः कैलालीमा एक महिलासहित दुई फरार प्रतिवादी पक्राउ परेका छन् पक्राउ पर्नेका लागूऔषध मुद्दामा ४ हजार जरीवाना ठहर भएका धनगढी उपमहानगरपालिका-१० बस्ने दिनेश राना र बिबिध मुद्दामा २५ हजार जरिवाना ठहर भएकी गौरीगंगा नगरपालिका-८ बडैपुर बस्ने बन्दना पुन मगर रहेका छन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई आईतवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। फैसला कार्यान्वयनको लागि दुबैलाई प्रहरीले अदालतमा पेश गरेको छ। ...
उपचुनाव : कुनै उम्मेदवारविरुद्ध उजुरी परेन

उपचुनाव : कुनै उम्मेदवारविरुद्ध उजुरी परेन

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
प्रतिनिधिसभा अन्तर्गत इलाम २ र प्रदेशसभा अन्तर्गत बझाङ १ (क) मा हुने उपचुनावका लागि उम्मेदवारी दिएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाम–२ मा २० र बझाङ १ (क) मा १२ जनाको उम्मेदवारी परेको थियो । अस्ति उम्मेदवारी दर्ता गराएका उनीहरूमाथि हिजो उजुरी दिने समय तोकिएको भए पनि कुनै उजुरी नपरेको  हो । आज उम्मेदवारको नामावाली प्रकाशन तथा भोलि नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह दिने कार्यसूची छ । आउँदो वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा १ (क) मा उपचुनाव हुन लागेको हो ।...
सुनको भाउमा नयाँ रेकर्ड, ताेलाकाे एकलाख ३५ हजार ६ सय रुपैयाँ पुग्याे

सुनको भाउमा नयाँ रेकर्ड, ताेलाकाे एकलाख ३५ हजार ६ सय रुपैयाँ पुग्याे

ब्यापार, मुख्य समाचार
सुनको भाउले अहिलेसम्मकै उच्च रेकर्ड बनाएको छ । आज एकैदिन तोलामा दुई हजार नौसय रुपैयाँले बढेर एकलाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रवार नेपाली बजारमा सुन तोलाको एकलाख ३२ हजार सातसय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला एक हजार छ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । ...
उपचुनाव : उम्मेदवारी दर्ता गराएकाविरुद्ध आज उजुरी दर्ता र जाँचबुझ हुने

उपचुनाव : उम्मेदवारी दर्ता गराएकाविरुद्ध आज उजुरी दर्ता र जाँचबुझ हुने

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
बझाङ : उपचुनावका लागि हिजो उम्मेदवारी मनोनयन दर्ता गराएकाविरुद्ध आज उजुरी दर्ता र जाँचबुझ हुने भएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने, दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीको जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ त्यस्तै भाेलि उम्मेदवारको नामावाली प्रकाशन, पर्सि नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह दिने कार्यसूची छ । आउँदो वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा १ (क) मा उपचुनाव हुँदैछ । उपचुनावका लागि हिजो मनोनयन दर्ता भएको हो । विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३२ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । इलाम क्षेत्र नम्बर–२ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ । संविधानसभा अध्यक्ष तथा एमाले नेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि ...
आज आठौँ स्वास्थ्य बीमा दिवस : ७ सय ५३ वटै पालिकामा सेवा विस्तार

आज आठौँ स्वास्थ्य बीमा दिवस : ७ सय ५३ वटै पालिकामा सेवा विस्तार

मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
आज आठौँ स्वास्थ्य बीमा दिवस मनाईंदैछ । 'तपाईको स्वास्थ्य हाम्रो अठोट : स्वास्थ्य सेवामा सर्वब्यापी पहुँच' भन्ने नाराकासाथ स्वास्थ्य बीमा दिवस मनाउन लागिएको हो । नेपालमा २०७२ साल चैत २५ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लाका ७ सय ५३ वटा पालिकामा विस्तार भएको छ । आज अन्तिम पालिकाको रुपमा काठमाण्डौको बुढानिलकण्ठमा सेवा विस्तारको शुरुवात हुन लागेको बीमा बोर्डले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म ७७ लाख ७१ हजारभन्दा धेरै नागरिक आबद्ध भएका छन् । बीमा बोर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाकाअनुसार पछिल्लो जनगणनाको तथ्याङ्कनुसार ३५ दशमलव ८८ प्रतिशत घरपरिवार अनि २६ दशमलव ५४ प्रतिशत नागरिकको पहुँचमा स्वास्थ्य बीमा पुगेको छ । बीमा नवीकरण गर्ने झण्डै ७० प्रतिशत रहेका छन् । स्वास्थ्य बीमा कार्यक्रमबाट बीमितलाई न्यूनतम योगदान रकमका...
बझाङ उपनिर्वाचन : १२ जनाको उम्मेदवारी दर्ता

बझाङ उपनिर्वाचन : १२ जनाको उम्मेदवारी दर्ता

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
बझाङ : आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ का लागि विभिन्न दलबाट १२ जनाको उम्मेदवारी दर्ता भएको छ ।नेपाली कांग्रेसका तर्फबाट अभिषेक बहादुर सिंह, नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपा नेपालबाट रामबहादुर जाग्रीको उम्मेदवारी दर्ता भएको छ राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, संघीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट जनक बहादुर बुढा, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिएका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टीबाट सुशीलादेवी विष्टले उम्मेदवारी दर्ता गरेकी छिन् । नेपाली जनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोर कुमार खड्काले...
इलाममा एमालेका उम्मेदवारलाई सघाउने माओवादीको औपचारिक निर्णय

इलाममा एमालेका उम्मेदवारलाई सघाउने माओवादीको औपचारिक निर्णय

मुख्य समाचार, राजनीति
नेकपा (माओवादी केन्द्र)ले इलाम–२ मा एमालेका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गरेको छ । दुवै पार्टीका जिल्ला संयोजकले एक विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रले गरेको निर्णयलाई औपचारिकता दिएका हुन् ।  जारी विज्ञप्तिमा भनिएको छ– 'आगामी २०८१ वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नं.२ प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच नेकपा एमाले केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएकोले इलाम – २ मा नेकपा एमालेको उम्मेदवार  सुहाङ्ग नेम्बाङ्गलाई साझा उम्मेदवारको रूपमा अत्यधिक बहुमतका साथ विजयी गराउनका लागि इलाम २ का आम मतदाता, शुभेच्छुक, समर्थक आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछौँ ।' विज्ञप्तिमा माओवादी केन्द्...
उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज

उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज

मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दै छन् । निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ । आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने आयोगले जनाएको छ । यस्तै उम्मेदवारको विरोधमा उजुरी दिनका लागि भोलि बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ । निर्वाचन कार्यक्रम अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ । आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।इलाम–२...
उपनिर्वाचनका लागि मतदानस्थल र केन्द्र निर्धारण

उपनिर्वाचनका लागि मतदानस्थल र केन्द्र निर्धारण

मुख्य समाचार, राजनीति
निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र केन्द्र निर्धारण गरेको छ देशभरमा १० हजार आठ सय ९२ मतदान केन्द्र स्वीकृत भएको र उपनिर्वाचनअन्तर्गत इलाम जिल्ला प्रतिनिधिसभा सदस्य क्षेत्र नं २ का लागि ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र निर्धारण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसैगरी बझाङ जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको छ। ...
कञ्चनपुरबाट ९ वटा खच्चरसहित कालिकोटका युवक पक्राउ 

कञ्चनपुरबाट ९ वटा खच्चरसहित कालिकोटका युवक पक्राउ 

कन्चनपुर, मुख्य समाचार, सुदूरपश्चिम
धनगढीः कञ्चनपुरबाट ९ वटा खच्चरसहित कालिकोटका युवक पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ओदालीबाट अबैंध रुपमा नेपालबाट भारत तर्फ लैजाने क्रममा अन्दाजी ५ लाख ४० हजार मूल्यको ९ वटा खच्चरसहित कालिकोटको सान्नि त्रिबेणी गाउँपालिका–६ बस्ने २० वर्षीय भक्त बि.सी.लाई शुक्रवार दिउँसो कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय गड्डाचौकी र प्रहरी चौकी झोलुङ्गेबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो। उक्त खच्चरसहित उनलाई आवश्यक कारवाहीको लागि प्रहरीले कञ्चनपुर भन्सार कार्यालय गडडाचौकीमा बुझाएको छ।...
देशका पहाडी क्षेत्रसहित तराईका थोरै ठाउँमा हावाहुरीको सम्भावना

देशका पहाडी क्षेत्रसहित तराईका थोरै ठाउँमा हावाहुरीको सम्भावना

मुख्य समाचार, सुदूरपश्चिम
आज गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रसहित तराईका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली छ ती क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सरोज पुडासैनीका अनुसार गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रसहित तराईका थोरै ठाउँमा दिउँसोपछि हावाहुरीको सम्भावना रहेको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज