बिर्सती मेलामा आसन ग्रहण नगराएको भन्दै रास्वपाको आपत्ति
बझाङ – बझाङको थलिनौबिस क्षेत्रमा लाग्ने सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीलाई आसन ग्रहण नगराएको भन्दै आपत्ति जनाइएको छ।
छबिसपाथिभेरा र दुर्गाथलि गाउँपालिकाको बिच बिसौनमा आइतबार मेला उद्घाटन कार्यक्रममा देशको सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा रहेको रास्वपाको टोली सहभागी भए पनि आयोजकले औपचारिक रूपमा आसन ग्रहण नगराएको भन्दै रास्वपाका प्रतिनिधिले असन्तुष्टि व्यक्त गरेका हुन्।
मेलामा सहभागी रास्वपाको टोलीलाई कार्यक्रममा उचित सम्मान तथा प्रतिनिधित्व नगराइएको भन्दै रास्वपा दुर्गाथलि गाउँ कमिटी उपसभापति प्रेम बहादुर जप्रेलले आफ्नो सामाजिक सञ्जाल मार्फत आपत्ति जनाएका छन् । उनलेे आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, गजबकाे बिर्षति मेला धन्यवाद सञ्चालक ज्यु, बिराेध गर्न चाएकाे हाेईन , गम्भीर ध्यानाकर्षण गराउन चाएक...




