Advertisement

ताजा अपडेट

सम्झना विकका परिवारलाई क्षतिपूर्ति दिन युवा संगठन बझाङको ज्ञापनपत्र

सम्झना विकका परिवारलाई क्षतिपूर्ति दिन युवा संगठन बझाङको ज्ञापनपत्र

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बलात्कारपछि हत्या गरिएकी बझाङको मष्टा गाउँपालिकाकी बालिका सम्झना विकको परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय बझाङलमा ज्ञापनपत्र बुझाइएको छ। युवा संगठन नेपाल बझाङ जिल्ला कार्यसमितिले मंगलबार प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठीलाई हत्या भएको ६ वर्ष वितिसक्दा समेत सम्झनाको परिवारले क्षतिपूर्ति नपाएको भन्दै तत्काल क्षतिपूर्ति उपलब्ध मागसहित ज्ञापनपत्र बुझाएको हो । २०७७ असोज ७ गते सम्झनाकै गाउँका एक किशोरले गोठ हिँडेकी बालिका सम्झनालाई गाउँबाट १५ मिनेट टाढा रहेको सिमथला भन्ने जंगलबाट नियन्त्रणमा लिएर बलात्कारपछि हत्या गरेका थिए । घटनापछि दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको मागसहित जिल्लामा सात दिनसम्म आक्रोशित स्थानीय आन्दोलित भएका थिए । २०७७ असोज १४ गते आन्दोलनरत स्थानीय तथा प्रमुख जिल्ला अधिकारीबीच १० लाख क्षतिपूर्ति दिने र ...
एक्कासी पृथ्वीको गति सुस्त, कारण के ?

एक्कासी पृथ्वीको गति सुस्त, कारण के ?

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
गत अगस्ट ५ मा वैज्ञानिकहरूले पृथ्वीको परिक्रमण गतिमा असामान्य गिरावट ‘नोट’ गरेका छन्। उक्त दिन पृथ्वीले आफ्नो अक्षमा एकपटक घुम्न औसतभन्दा १.४५ मिलिसेकेन्ड बढी समय लगाएको थियो, जसका कारण दिन सामान्यभन्दा लामो भएको हो। पृथ्वी सामान्यतया २४ घण्टामा अर्थात् ८६ हजार ४ सय सेकेन्डमा आफ्नो अक्षमा एकपटक घुम्छ। तर, सो दिन ८६४००.००१४५ सेकेन्ड लागेको वैज्ञानिकहरूले मापन गरेका छन्। परमाणु घडी तथा खगोलीय अवलोकनमार्फत मात्र यस्ता सूक्ष्म परिवर्तन पत्ता लाग्ने बताइएको छ। वैज्ञानिकहरूको भनाइअनुसार वायुमण्डलीय ढाँचा, समुद्री ज्वारभाटा, पृथ्वीको आन्तरिक गतिविधि र चन्द्रमाको ज्वारीय गुरुत्वाकर्षणले पृथ्वीको गति प्रभावित गर्छ। अगस्ट ५ को परिवर्तन दक्षिण गोलार्धका वायुमण्डलीय परिस्थितिसँग सम्बन्धित भएको उल्लेख गरिएको छ। केही क्षेत्रमा असामान्य तिव्र हावाले पृथ्वीको सतहमा क्षणिक अवरोध ल्याएको र त्यसले दिनक...
रास्वपा सभापति रवि लामिछानेमा भिटामिन डि को कमी

रास्वपा सभापति रवि लामिछानेमा भिटामिन डि को कमी

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको शरीरमा भिटामिन डीको कमी देखिएको छ। शरीरमा केही परिवर्तन देखिएपछि सोमबार नख्खु कारागारमै ट्रमा चिकित्सकको टोलीले उनको स्वास्थ्य परीक्षण गरेको थियो। स्वास्थ्य परीक्षणपछि रगतको नमूना प्रयोगशालामा पठाइएको र प्राप्त रिपोर्टअनुसार भिटामिन डीको कमी रहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। प्रवक्ता झाका अनुसार डा. जितेन्द्रप्रसाद यादवले लामिछानेको स्वास्थ्य रिपोर्ट अध्ययन गर्दै लामो समयसम्म घाम नपाउने र कारागारभित्र सीमित वातावरणमा रहनु परेको कारण शरीरमा भिटामिन डी घटेको निष्कर्ष निकालेका छन्। स्वास्थ्यमा विशेष सावधानी अपनाउनुपर्ने भएकाले डा. यादव सोमबारै नख्खु कारागार पुगेर लामिछानेलाई भेटेका थिए।...
यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

Breaking News 1, Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर भए पनि बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र कर्णाली प्रदेशमा सामान्यदेखि आंशिक बदली रहेको छ। अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईका केही भागमा मध्यम वर्षाको सम्भावना छ। यसमध्ये कोशी, बागमती, लुम्बिनी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। राति कोशी प्रदेशसहित देशका अन्य पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी प्रदेशको तराईसहित अन्य पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा र तराईका केही स्...
तरकारी खेतीबाट मनग्य आम्दानी, महिनामा ३५ देखि ५० हजार कमाउँछिन् रेनुकला

तरकारी खेतीबाट मनग्य आम्दानी, महिनामा ३५ देखि ५० हजार कमाउँछिन् रेनुकला

ताजा अपडेट, ब्यापार, मनोरञ्जन, मुख्य समाचार, समाचार
बढैपुर- कैलालीको गौरीगंगा नगरपालिका-१० उदासीपुरकी रेनुकला चौधरी अहिले ४४ वर्षकी भइन् । ४४ वर्षीया रेनुकला मेहनती तथा साहसी कृषकको नामले परिचित छिन् । खेतमा पसिना बगाउँदै उनले परिवारको जीवनस्तर मात्र उकासेकी छैनन्, गाउँकी महिलालाई पनि आत्मनिर्भर बन्न प्रेरित गर्दै आएकी छिन्। कृषि पेशाबाटै उनले मनग्य आम्दानी गर्दै आएको उनका छिमेकीहरू गर्वका साथ सुनाउँछन्।" पेशाले उनी एक स्वयंसेवीका समेत हुन् ,विभिन्न दु:ख कष्टकर जीवनसंग सामना गर्दै आएकी रेनुकला अहिले भने खुसी देखिन्छिन्। रेनुकला बिहान सबेरै उठेर रात नपरुन्जेल खेतबारीमै व्यस्त रहन्छिन्। “मलाई फुर्सद हुँदैन, मेरो दिन गोडमेल, मलजल र तरकारी संकलनमै बित्छ,” उनी भन्छिन्। उनलेे २०७७ सालदेखि निरन्तर रुपमा तरकारी खेती गर्दै आएकी छन् । व्यक्तिगत लगानीबाट सुरुवात गरेको तरकारी खेती अहिले आम्दानीको स्रोत बनेको छ । तरकारी फलाउन मेहनत धेरै गर्न...
कैलारी गाउँपालिकामा परियोजनाको अनुगमन

कैलारी गाउँपालिकामा परियोजनाको अनुगमन

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बढैपुर- कैलारी गाउँपालिकामा वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा बाल कल्याण संघ र दिगो विकास समाजले सञ्चालन गरिरहेको पिसीइएसपी र एनआरएल परियोजनाको पालिका स्तरीय अनुगमन तथा मूल्यांकन (एल,डिपीएसी) कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवती कुमारी चौधरी, वडा नं.–८ का अध्यक्ष तारामल कठरिया, बाल संरक्षण अधिकारी, योजना शाखा प्रमुख, वडा स्तरिय कृषि शाखा प्रमुख, बाल कल्याण संघकी कार्यक्रम संयोजक राधिका गिरी, फिल्ड अधिकृत पर्शुराम चौधरी, दिगो विकास समाजका कार्यक्रम अधिकृत जगत भाट, बजार सहजकर्ता रञ्जित चौधरी लगायतको उपस्थिति रहेको थियो। अनुगमनका क्रममा वडा नं.–८ मा सञ्चालन भइरहेका रूपान्तर कक्षा, सकारात्मक अभिभावकत्व कार्यक्रम, विद्यालय छोडेका बालबालिकाको विद्यालय पुनरागमन पहल, च्याउ उत्पादन समूहलगायतका गतिविधि अवलोकन गरिनुका साथै सहभागीहरूसँग अन्तरक्रिया गर...
कैलालीको गौरीगंगा १० र ११ मा सञ्चालित परियोजनाहरूको अनुगमन

कैलालीको गौरीगंगा १० र ११ मा सञ्चालित परियोजनाहरूको अनुगमन

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बढैपुर- कैलालीको गौरीगंगा नगरपालिका–१० र ११ मा सञ्चालनमा रहेका विभिन्न परियोजनाहरूको अनुगमन गरेको छ। वल्र्ड भिजन इन्टरनेशनल नेपालसँग साझेदारीमा बाल कल्याण संघ टिकापुर र दिगो विकास समाज भजनिको आयोजनामा सञ्चालित परियोजनाहरूको अनुगमन गरिएको हो। गौरीगंगा नगरपालिका उपप्रमुख भोजबहादुर बमको संयोजकत्वमा गएको अनुगमन टोलीले आयआर्जन, बाल उत्थान, बाल संरक्षण, सामुदायिक संलग्नता, स्पोन्सरसिप, अभिभावक शिक्षा, अन्तरपुस्ता संवाद, कृषि उत्पादन समूह, कृषि फर्म, बाल अधिकार समिति र बालमैत्री स्थानीय शासनअन्तर्गतका विभिन्न गतिविधिहरूको स्थलगत अवलोकन गरेको छ । परियोजना मार्फत सञ्चालित गतिविधिहरूको प्रगति समिक्षा गर्नका लागि अनुगमन गरिएको जनाइएको छ । स्थानीयले अनुगमन टोलीसंग बालविवाह न्यूनीकरण, लागूऔषध दुरुपयोग नियन्त्रण र दुर्व्यसन अन्त्यका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ। स...
रुसको योजना : २०३६ अघि शुक्र ग्रह भ्रमण गर्ने ‘भेनेरा–डी’ अन्तरग्रहीय मिसन

रुसको योजना : २०३६ अघि शुक्र ग्रह भ्रमण गर्ने ‘भेनेरा–डी’ अन्तरग्रहीय मिसन

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
काठमाडौँ- रुसले आफ्नो ‘भेनेरा–डी’ अन्तरग्रहीय मिसनमार्फत सन् २०३६ भन्दा अघि शुक्र ग्रहलाई पुनः भ्रमण गर्ने योजना बनाएको छ। यसका लागि तयारी कार्यहरू सुरू भइसकेको चिनियाँ समाचार संस्था सिन्ह्वाले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएको छ। यो परियोजना रुसको नयाँ राष्ट्रिय अन्तरिक्ष कार्यक्रमको हिस्सा हो। स्पेस रिसर्च इन्स्टिच्युट (आईकेआई) का ग्रह भौतिक विज्ञान विभाग प्रमुख ओलेग कोराबलेभका अनुसार प्रारम्भिक डिजाइन कार्य सन् २०२६ जनवरीदेखि सुरू हुनेछन्। मस्यौदा डिजाइन चरण पूरा गर्न झन्डै दुई वर्ष लाग्ने अनुमान छ। यस अवधिमा लाभोच्किन एसोसिएशनसहित रुसी अन्तरिक्ष उद्योगका अन्य संस्थासँग सहकार्य गर्दै विभिन्न समन्वय बैठकमार्फत परियोजना अघि बढाइने उल्लेख छ। डिजाइन चरण सम्पन्न भएपछि मात्रै प्रक्षेपणको मिति निर्धारण गरिनेछ। भेनेरा–डी मिसनमा ल्यान्डर, बेलुन प्रोब र कक्षीय अन्तरिक्ष यान रहन...
कर्णालीमा ‘राउटे कोरिडोर’ बन्ने, अस्थायी आवासदेखि शिक्षा–स्वास्थ्यसम्म सुविधा दिने तयारी

कर्णालीमा ‘राउटे कोरिडोर’ बन्ने, अस्थायी आवासदेखि शिक्षा–स्वास्थ्यसम्म सुविधा दिने तयारी

Breaking News 1, कर्णाली प्रदेश, ताजा अपडेट, मुख्य समाचार, समाचार
सुर्खेत- कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायका लागि ‘राउटे कोरिडोर’ निर्माण गर्ने तयारी गरेको छ। बर्सौंदेखि घुमन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई अस्थायी आवास, शिक्षा, स्वास्थ्य, सुरक्षा लगायतका आधारभूत सुविधा उपलब्ध गराउने उद्देश्यले कोरिडोर निर्माण गर्न लागिएको हो। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा अछामको कालेकाँडा, दैलेख, जाजरकोट, सुर्खेत र सल्यान जिल्लाका नदी तथा खोलाका किनारलाई राउटे कोरिडोरका रूपमा विकास गरिनेछ। सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले यी स्थानमा राउटे समुदाय बढी हिँडडुल गर्ने भएकाले त्यही क्षेत्रमा कोरिडोर बनाउन लागिएको बताए। मन्त्री भण्डारीका अनुसार पछिल्लो १० वर्षयता राउटे समुदाय यी जिल्लामा बढी बसाइँ सर्ने गरेका छन्। कोरिडोरमार्फत उनीहरूको सुरक्षा सुनिश्चित गर्ने, काठका सामग्रीको बजार व्यवस्थापन गर्ने, वृक्षरोपण...
टप इन्ड टी–२० सिरिजमा आज नेपाल मेलबर्न स्टार्ससँग भिड्दै

टप इन्ड टी–२० सिरिजमा आज नेपाल मेलबर्न स्टार्ससँग भिड्दै

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौँ- अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल खेल्दैछ। नेपालले अष्ट्रेलियाको बिग बास लिग टिम मेलबर्न स्टार्ससँग खेल्नेछ। खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुने छ। यसअघि नेपालले बंगलादेश ए र एनटी स्ट्राइकसँग पराजय भोगिसकेको छ। मेलबर्न स्टार्सले भने खेलिएका दुई खेलमा एक जित र एक हार व्यहोरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली अष्ट्रेलिया पुगेको हो। टोलीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र शहाब आलम रहेका छन्। आमाको निधनका कारण अनुपस्थित ललित राजबंशीको स्थानमा आलम अष्ट्रेलिया गएका हुन्। अगस्ट १४ देखि २४ तारिखसम्म अष्ट्रेलियाको डार्विनमा भइरहेको प्रतियोगिताम...
मध्यमदेखि भारी वर्षाको सम्भावना, मनसुन कमजोर तर प्रभाव जारी

मध्यमदेखि भारी वर्षाको सम्भावना, मनसुन कमजोर तर प्रभाव जारी

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले हाल मनसुन केही कमजोर बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम भने जारी छ। हाल देशभर सामान्यतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भएको छ। सोमबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई तथा पहाडी भूभागसहित देशका अन्य पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, लुम्बिनी प्रदेशको तराई, कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।...
देशभर ९४ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा कम

देशभर ९४ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा कम

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ-देशभर यस वर्ष १ भदौसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यो दर गत वर्षको सोही अवधिको ९८.४४ प्रतिशतको तुलनामा करिब ४ प्रतिशत कम हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ७६ हजार ४ सय ६६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १२ लाख ९५ हजार ८ सय ८७ हेक्टरमा रोपाइँ भएको छ । प्रदेशगत तथ्यांकअनुसार, कोशीमा ९४.४२ प्रतिशत, मधेशमा ८६.३५ प्रतिशत, बागमतीमा ९७.२७ प्रतिशत, गण्डकीमा ९४.८३ प्रतिशत, लुम्बिनीमा ९८.०७ प्रतिशत, कर्णालीमा ९९.३४ प्रतिशत र सुदूरपश्चिममा ९९.७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । धान उत्पादनको प्रमुख भण्डारका रूपमा चिनिने मधेश प्रदेशमा अन्य प्रदेशको तुलनामा रोपाइँ कम भएको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा भने कुल १ लाख ७६ हजार १ सय ५१ हेक्टरमध्ये १ लाख ७५ हजार ६ सय ५२ हेक्टरमा धान रोपाइँ भइसकेको छ, जुन करिब शतप्रतिशत हो ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज