आइतबारदेखि सर्वोच्च अदालतले सेवा पुनः सुरु गर्ने
काठमाडौं- सर्वोच्च अदालतले आगामी आइतबारदेखि सांकेतिक रूपमा सेवा सुरु गर्ने भएको छ। सबै न्यायाधीशहरूको सहभागितामा बसेको पूर्ण बैठक (फुल कोर्ट)ले बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनको दर्ता र नियमित सुनुवाइबाट सेवा पुनः प्रारम्भ गर्ने निर्णय गरेको हो।
गत मंगलबार जेनजी आन्दोलनकारीहरूले गरेको उग्र प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड भएपछि अदालतको सम्पूर्ण सेवा अवरुद्ध भएको थियो।
बिहीबार बसेको आकस्मिक पूर्ण बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “यस अदालतमा मिति २०८२।०५।२९ गते आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र नियमित सुनुवाइ प्रारम्भ हुने जानकारी सर्वसाधारणलाई गराइन्छ।”
बैठकले सर्वोच्च अदालतसहित देशभरका अन्य अदालतमा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटप्रति गहिरो दुःख व्यक्त गरेको छ। विज्ञप्तिमा नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरू करिब नष्ट भएको उल...











