Advertisement

आइतबारदेखि सर्वोच्च अदालतले सेवा पुनः सुरु गर्ने

Advertisement

काठमाडौं- सर्वोच्च अदालतले आगामी आइतबारदेखि सांकेतिक रूपमा सेवा सुरु गर्ने भएको छ। सबै न्यायाधीशहरूको सहभागितामा बसेको पूर्ण बैठक (फुल कोर्ट)ले बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनको दर्ता र नियमित सुनुवाइबाट सेवा पुनः प्रारम्भ गर्ने निर्णय गरेको हो।

गत मंगलबार जेनजी आन्दोलनकारीहरूले गरेको उग्र प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड भएपछि अदालतको सम्पूर्ण सेवा अवरुद्ध भएको थियो।

बिहीबार बसेको आकस्मिक पूर्ण बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “यस अदालतमा मिति २०८२।०५।२९ गते आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र नियमित सुनुवाइ प्रारम्भ हुने जानकारी सर्वसाधारणलाई गराइन्छ।”

बैठकले सर्वोच्च अदालतसहित देशभरका अन्य अदालतमा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटप्रति गहिरो दुःख व्यक्त गरेको छ। विज्ञप्तिमा नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरू करिब नष्ट भएको उल्लेख गरिएको छ।

यस्तै, सर्वोच्चले संविधानले न्यायपालिकालाई सुम्पेको दायित्वलाई अविचलित ढंगले निर्वाह गर्ने प्रतिवद्धता जनाउँदै, जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूतिलाई कायम राख्दै नागरिकको न्यायप्रतिको अपेक्षा पूरा गर्न अदालतलाई शीघ्र सञ्चालनमा ल्याइने जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज