Advertisement

ताजा अपडेट

भूगोल होइन, नेताबाट ठगिएका हौं- एमाले उम्मेदवार दिपक साउँद

भूगोल होइन, नेताबाट ठगिएका हौं- एमाले उम्मेदवार दिपक साउँद

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- दिपक साउँदले अछामवासी जनता भूगोलले नभई गलत नेतृत्वका कारण पछि परेको बताएका छन्। अछाम क्षेत्र नं-१ प्रतिनिधि सभा सदस्यका उम्मेदवार साउँदले जिल्लाको साफेबगर नगरपालिका- १२ बल्यालत मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्। सभामा बोल्दै उनले बारम्बार निर्वाचित भएर सत्तामा पुगेका नेताहरू जनताप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाएका छन् । “हामी भूगोलबाट होइन, नेता तथा जनप्रतिनिधिबाट ठगिएका हौं,” उनले भने, “हाम्रो भूगोल अथाह सम्भावनाले भरिएको छ, आत्मनिर्भर बन्न सक्ने आधार छ, तर सही प्रतिनिधित्व नहुँदा नागरिक अपेक्षाअनुसार विकास हुन सकेन। साउँदले अछाम भौगोलिक रूपमा धनी जिल्ला भएको उल्लेख गर्दै कृषि र पर्यटन क्षेत्रमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने बताए। उनले ग्रामीण चौखुट्टे-रामारोशन सडक स्तरोन्नति गर्ने, खप्तड जाने सडक निर्माण गरी छोटो दूरीमा आवागमनको व्यव...
धनगढीदेखि गृहजिल्ला बझाङ सम्म ऐन महर जिताऔँ अभियान तिब्र ! कैलाली सम्पर्क मन्च द्वारा १२ वटै पालिकामा जिम्मेवारी

धनगढीदेखि गृहजिल्ला बझाङ सम्म ऐन महर जिताऔँ अभियान तिब्र ! कैलाली सम्पर्क मन्च द्वारा १२ वटै पालिकामा जिम्मेवारी

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
कैलाली : नेकपा एमाले बझाङबाट प्रतिनिधि सभाका उम्मेदवार युवा ऐन महर लाई आसन्न निर्वाचन फागुन २१ गते सम्पन्न हुन गइरहेको निर्वाचनमा अत्यधिक मतका साथ विजयी गराउनका निमित्त नेकपा एमाले बझाङ–कैलाली (धनगढी) सम्पर्क मञ्च द्वारा विशेष सहजीकरण/प्रबन्ध गरिएको छ। बझाङबासी हाल विभिन्न उद्देश्यले कैलाली (धनगढी) मा बसोबास गरिरहनु भएका सम्पूर्ण मतदाताहरुलाई धनगढीदेखि बझाङसम्म जान सहज होस भन्ने उदेश्य ले प्रतेक पालिका मा जिम्मेवारी दिइएको हो । सम्पर्क का लागि तपसिल बमोजिम गर्न सकिने छ । तपसील १) बित्थडचिर गाउँपालिका मुकेश स्याडा : 9868854121 दान बिस्ट : 9863359926 २) केदारस्यु गाउँपालिका भुवन सिंह धामी : 9848693458 ३) तलकोट गाउँपालिका राजेन्द्र रोकाया : 9700967946 सरस्वती धामी : 9848512216 ४) जयपृथ्वी नगरपालिका ऐन बहादुर सिंह : 9848484768 सत्य राज स्नेही : 9848427534 ५) मष्टा गाउँपालिका आ...
बेंगलोरबाट प्रवासी नेपाली बझाङ फर्किए, एमाले उम्मेदवार ऐन महरलाई समर्थन

बेंगलोरबाट प्रवासी नेपाली बझाङ फर्किए, एमाले उम्मेदवार ऐन महरलाई समर्थन

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति
भारत/बेंगलोर आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतको बेंगलोरमा कार्यरत प्रवासी नेपालीहरू स्वदेश फर्किएका छन्। उनीहरूले बझाङ जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदका लागि ऐन महर लाई समर्थन जनाउँदै मतदान गर्न नेपाल फर्किएको बताएका छन्। रोजगारका सिलसिलामा बेंगलोरमा बसोबास गर्दै आएका युवाहरूको एक समूहले निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्ने उद्देश्यले घर फर्किएको जनाएको छ। उनीहरूले “देशको विकास र समृद्धिका लागि सही नेतृत्व आवश्यक रहेको” भन्दै एमाले उम्मेदवार महरप्रति आफ्नो विश्वास रहेको बताए। यसअघि पनि विभिन्न निर्वाचनमा प्रवासबाट मत हाल्न स्वदेश फर्किने क्रम देखिएको भए पनि यस पटक संख्या उल्लेख्य रहेको छ।...
रोयल युनाइटेट युथ पावर कप को प्रथम पुरस्कार दिपेन्द्र गिरि ले ३० हजार हस्तान्तरण गरेका छन !

रोयल युनाइटेट युथ पावर कप को प्रथम पुरस्कार दिपेन्द्र गिरि ले ३० हजार हस्तान्तरण गरेका छन !

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालि जिल्ला को गौरिगङ्गा नगरपालिका अण्डैया मा जारि रोयल युनाइटेड युथ पावर ले आयोजना गरेको २०८२ प्रथम फुटवलकप शिवशक्ति युथ कल्ब रत्तिपुर ले हात पारेको छ । say no to drugs say yas to life भन्ने नारा का साथ आदर्श सुधार केन्द्र को आयोजना मा सुरुवाद भएको सो खेल मा जिल्ला भरि बाट १६ वटा टिम ले भाग लिएका थिए भने उकृष्ट प्रदर्शन गर्दै संघर्शसिल गाउले युथ क्लब र शिवशक्ती युथ क्लब फाइनल प्रबेश गरेका थिए । हिजो भएको अन्तिम खेल मा शिवशक्तिले एक गोल गर्दै ट्रफि उचालेको थियो , प्रथम पुरस्कार तिस हजार थियो । भने दोस्रो हुने लाइ आदर्श सुधार केन्द्र ले पन्ध्र हजार हस्तान्तरण गरेको थियो प्रथम हुनेलाइ समाजसेवि युवा नेता पुर्व खेलाडि खेल प्रेमि नेपाल खेलकुद महासंघ का केन्द्रीय सदस्य दिपेन्द्र गिरिले आफ्नो ब्याक्तिगत तर्फ बाट रु ३० हजार हस्तान्तरण गरेका छन ।...
समृद्ध अछाम, सम्मानित नागरिक लक्ष्यसहित दिपक साउँदको घोषणापत्र सार्वजनिक

समृद्ध अछाम, सम्मानित नागरिक लक्ष्यसहित दिपक साउँदको घोषणापत्र सार्वजनिक

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- नेकपा एमाले अछाम क्षेत्र नं-१ का उम्मेदवार दिपक साउँदले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् सोमबार साउँदले ५ बर्षका लागी आफ्नो विस्तृत घोषणापत्र तथा विकास प्रतिबद्धता सार्वजनिक गरेका हुन् । घोषणापत्र सार्वजनिक गर्दै साउँदले अछामलाई गरिबी, पछौटेपन र बेरोजगारीबाट मुक्त गरी “समृद्ध अछाम, सम्मानित नागरिक” निर्माण गर्ने लक्ष्यसहित स्पष्ट कार्ययोजना अघि सारेका छन्। उनले आगामी निर्वाचन केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र नभई राष्ट्रियता, सुशासन र विकासको दिशामा ऐतिहासिक अवसर भएको बताएका छन्। सुशासन र भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ साउँदले सार्वजनिक प्रशासनलाई पारदर्शी र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने घोषणा गरेका छन्। “भ्रष्टाचार गर्दिनँ, हुन दिन्नँ र सहन्नँ” भन्ने अडानसहित जनताको पैसाको हिसाब जनतामाझै सार्वजनि...
जिल्लाका ठूला नेताबाट आशिर्वाद लिँदै चुनावी मैदानमा उत्रिए एमाले उम्मेदवार दिपक साउँद

जिल्लाका ठूला नेताबाट आशिर्वाद लिँदै चुनावी मैदानमा उत्रिए एमाले उम्मेदवार दिपक साउँद

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका उम्मेदवार दिपक साउँद ले जिल्लाका विभिन्न राजनीतिक दलका प्रभावशाली नेताहरूबाट आशिर्वाद ग्रहण गर्दै आफ्नो चुनावी अभियानको औपचारिक सुरुआत गरेका छन्। साफेबगर नगरपालिकाबाट साउँदले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका चुनावी कमाण्डर गोविन्द बहादुर शाह र पूर्वमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका चुनावी कमाण्डर शेरबहादुर कुँवरसँग आज बिहान भेट गरी शुभकामना तथा आशिर्वाद ग्रहण गरेका हुन्। फरक दलका वरिष्ठ नेतासँग भएको यो भेटघाटलाई जिल्लाको समग्र विकासका लागि दलभन्दा माथि उठेर सहकार्य गर्ने प्रतिबद्धताको संकेतका रूपमा हेरिएको छ। राजनीतिक वृत्तका अनुसार यसले साउँदको अभियानलाई थप विश्वसनीयता र ऊर्जा दिएको छ। साउँदले आफ्नो पहिलो चुनावी सभा चौरपाटी गाउँपालिकाको सोकटबाट सुरु गर्ने भएका छन्। उक्त सभाबाट उनले जिल्लाका समस्या, आवश्यक...
अछाममा राजनीतिक हलचल: पूर्व राज्यमन्त्री मिना साउँदसहित ७५ भन्दा बढी नेताकार्यकर्ता एमालेमा समाहित

अछाममा राजनीतिक हलचल: पूर्व राज्यमन्त्री मिना साउँदसहित ७५ भन्दा बढी नेताकार्यकर्ता एमालेमा समाहित

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- चुनाव नजिकिँदै जाँदा अछामको राजनीतिक माहोल झनै तातिएको छ। यही क्रममा सुदूरपश्चिम प्रदेश सरकारकी पूर्व राज्यमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य मिना साउँदसहित ७५ भन्दा बढी नेता तथा कार्यकर्ता नेकपा एमालेमा समाहित भएका छन्। केन्द्रीय, प्रदेश तथा जिल्ला तहका विभिन्न संगठनमा आवद्ध प्रभावशाली व्यक्तिहरू एकैसाथ एमालेमा प्रवेश गरेपछि अछामको राजनीतिक समीकरणमा उल्लेख्य फेरबदल आएको छ। यो घटनालाई अछाम क्षेत्र नम्बर- १ मा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार रहेका डा. भीम रावलका लागि चुनावकै मुखमै ठूलो धक्काका रूपमा लिइएको छ। लामो समयदेखि स्थापित नेताका रूपमा परिचित रावलका आफ्नै राजनीतिक आधार क्षेत्रबाट नेताहरू बाहिरिन थालेपछि उनको लागि परिस्थिति चुनौतीपूर्ण बनेको विश्लेषण हुन थालेको छ। यता, एमाले उम्मेदवार दिपक साउँद का लागि भने यो समाहित अभियानले थप ऊर्जा र मनोबल ...
बुंगलमा ऐन महरको शक्ति प्रदर्शनः घरदैलोमा थामिनसक्नु भीड

बुंगलमा ऐन महरको शक्ति प्रदर्शनः घरदैलोमा थामिनसक्नु भीड

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङः बझाङको बुंगल नगरपालिका आज असाधारण राजनीतिक माहोलले तातेको छ । प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार तथा नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले बुंगलमा प्रबेस गरि दहबगरबाट घरदैलो अभियान सुरु गर्न पुगेसँगै स्थानीय बासिन्दाको उत्साह देखेर समर्थकहरू नै चकित परे । बिहानैदेखि सडक, गल्ली र चौतारीहरूमा जम्मा भएको भीडले बुंगलमा चुनावी तापमान कति माथि पुगेको छ भन्ने संकेत दिएको छ । दहबगरबाट सुरु गरिएको घरदैलो अभियान सामान्य कार्यक्रम जस्तो देखिएन । स्थानीय युवा, महिला, ज्येष्ठ नागरिकदेखि पहिलो पटक मतदान गर्ने मतदातासम्मको बाक्लो उपस्थिति थियो । धेरैले हात मिलाउँदै, फूलमाला लगाउँदै र नाराबाजी गर्दै स्वागत गरेका दृश्यहरूले बुंगलमा महरप्रतिको समर्थन खुलेर देखिएको समर्थकहरूको दाबी छ । कतिपय स्थानमा त घरदैलो टोली अघि बढ्नै नसक्ने गरी भीड जम्मा भएको बताइएको छ । २०७९ सालको निर्वाचनमा झिनो ९९८ मतान्...
बझाङमा नयाँ शक्तिप्रति आकर्षण बढ्दै : राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार शैलेस सिंह केन्द्रमा

बझाङमा नयाँ शक्तिप्रति आकर्षण बढ्दै : राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार शैलेस सिंह केन्द्रमा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङः आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बझाङको राजनीतिक माहोल नयाँ मोडमा देखिन थालेको छ। वर्षौँदेखि एउटै राजनीतिक ध्रुवमा घुमिरहेको जिल्लाको मतदातामा यसपटक परिवर्तनको चाहना स्पष्ट देखिन्छ । विशेषगरी पुराना दलहरूप्रति असन्तुष्टि व्यक्त गर्दै केही मतदाता नयाँ शक्तितर्फ आकर्षित भइरहेको विश्लेषण गरिएको छ । यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका शैलेस सिंह यतिबेला चर्चाको केन्द्रमा छन् । सामाजिक सञ्जालमार्फत सक्रिय रूपमा आफ्ना धारणा राख्दै आएका सिंहले आफू सामान्य परिवारबाट संघर्ष गर्दै व्यवसाय क्षेत्रमा स्थापित भएको, इमान्दार कमाइबाट सम्पत्ति आर्जन गरेको र शिक्षासँगै विभिन्न क्षेत्रमा लगानी गरी युवालाई रोजगारी सिर्जना गरेको दाबी गर्दै आएका छन् । सिंहले आफ्नो शिक्षण संस्था र व्यवसायमार्फत सयौँलाई रोजगारी दिएको तथा जेहेन्दार विद्यार्...
दार्चुलाको नागुवासीको चुनाव बहिष्कार यथावत

दार्चुलाको नागुवासीको चुनाव बहिष्कार यथावत

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला– नौगाड गाउँपालिका वडा नम्बर १ नागु क्षेत्रका बासिन्दाले सडक निर्माणको माग सम्बोधन नभएसम्म फागुन २१ गतेको चुनाव बहिष्कार गर्ने आफ्नो निर्णय यथावत रहने बताएका छन् । स्थानीयबासीलाई फकाउन माघ २४ गते नागु पुगेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेल नेतृत्वको सरकारी टोली पनि रित्तै फर्किएको छ । सरकारी टोलीले नागुमा नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण, स्वास्थ्य र पशु उपचार सेवा लगायतका कार्यक्रम सञ्चालन गरेर दुई दिनसम्म स्थानीयबासीसँग छलफल गरेपनि सार्थकता पाउन सकेन । स्थानीयबासीले विकास निर्माणको लागि लिखित प्रतिबद्धता मागेका यो कुरा आफ्नो तर्फबाट सम्भव नभएका प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । नागु विकास संघर्ष समितिका संयोजक करनसिंह डडालले दल्लेख–नागु सडक निर्माण नभएसम्म कुनै पनि चुनावमा सहभागी नहुने निष्कर्षमा आफूहरू पुगेको बताउनुभयो । चुनाव बहिष्कारको घोषणापछि सरकारले नागु ...
बोन्ड स्कुल बोर्डिङ स्कुल पबेराको १८ औँ वार्षिकोत्सव सम्पन्न

बोन्ड स्कुल बोर्डिङ स्कुल पबेराको १८ औँ वार्षिकोत्सव सम्पन्न

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ पबेरामा अवस्थित बोन्ड स्कुल बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न भएको छ। शुक्रबार विद्यालय प्राङ्गणमा १८औँ वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बजारी राम चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथि कैलारी गाउँपालिका वडा नम्बर- १ का वडा सदस्य किसुन लाल चौधरी रहनुभएको थियो। विशिष्ट अतिथिमा दिपेन्द्र उच्च माध्यमिक विद्यालय, हसुलियाका प्रधानाध्यापक विनोद भट्टराई सहभागी हुनुहुन्थ्यो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रअ भट्टराईले निजी तथा सामुदायिक विद्यालयबीच प्रतिस्पर्धात्मक वातावरण सृजना गर्दै कैलारी गाउँपालिकामा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा बोन्ड स्कुल बोर्डिङ स्कुललाई बधाई दिँदै आगामी दिनमा अझै उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो। यस अवसरमा कैलारी गाउँपालिका स्तरीय बोर्डिङ एसोसिएसनको खेलकु...
शासक होइन, सेवक बनेर सेवा गर्न चाहन्छु- एमाले उम्मेदवार दिपक साउँद

शासक होइन, सेवक बनेर सेवा गर्न चाहन्छु- एमाले उम्मेदवार दिपक साउँद

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- अछाम क्षेत्र नं. १ का नेकपा (एमाले) उम्मेदवार दिपक साउँदले आफू जनताको शासक होइन, सेवक भएर काम गर्न चाहेको बताएका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी प्रचार- प्रसार अन्तर्गत सञ्चालन भइरहेको घरदैलो कार्यक्रमका क्रममा सोकटमा यस्तो धारणा व्यक्त गरेका हुन्। चौरपाटी गाउँपालिका सोकट गगुडामा आयोजित मतदाता भेटघाट तथा कोणसभामा बोल्दै साउँदले विगतका बारम्बार चुनाव जितेर गएकाहरु सेवम नभई शासक बनेको आरोप लगाए । अब म जनताको सेवक भएर काम गर्न चाहन्छु उनले भने नेता जनसेवक हुनुपर्छ, जनशासक होइन। उनले जनताको आवाज संसदसम्म पुर्‍याउने, स्थानीय समस्या पहिचान गरी प्राथमिकताका आधारमा समाधान गर्ने, तथा शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता जनाए। साउँदले अछाम जिल्लामा अझै पनि आधारभूत सेवा, सडक सञ्जाल, खानेपानी, रोजगारी र गुण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज