Advertisement

ट्रेन्डिङ

सुदूरपश्चिममा बजेट ल्याउने मिति सारेको सार्यै, फेरि नयाँ मिति तोकियो

सुदूरपश्चिममा बजेट ल्याउने मिति सारेको सार्यै, फेरि नयाँ मिति तोकियो

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी – साउन १ गते देखि नै कार्यान्वयमा आउनुपर्ने बजेट अझै ल्याउन नसकेको सुदूरपश्चिम सरकारले पुनः बजेट ल्याउने नयाँ मिति तोकेको छ । तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट पास हुन नसकेपछि बनेको नयाँ सरकारले पुनः बजेट ल्याउने मिति तोकेको हो । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश सरकारले भदौ ३१ गते चालू आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको जनाएको छ । पटक–पटक बजेट ल्याउने मिति तोक्दै आएको प्रदेश सरकारले यसअघि भदौ १०, भदौ १५, २० गते हुँदै २५ गतेभित्रै बजेट ल्याउने जनाएको थियो । पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री कमलबहादुर शाहले गत असार १ गते सदनमा प्रस्तुत भएको बजेटमा सामान्य पुनरावलोकन गरेर बजेट ल्याउने तयारी गरेको जानकारी दिए । उनले बजेट संवैधानिक र कानुनी प्रक्रियामा रहेर आउने बताए । उनले सदनको सम्मान गर्दै सदनमा पास भईसकेका प्राथमिकता, नीति र कार्यक...
पूर्वमुख्यमन्त्री केदार कार्की आजदेखि आमरण अनसन बस्ने

पूर्वमुख्यमन्त्री केदार कार्की आजदेखि आमरण अनसन बस्ने

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
भदौ २४, विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आज (मंगलबार) ४ बजेदेखि आमरण अनसन बस्ने बताएका छन् । विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै उनले पार्टीको झण्डा नराखी प्रदेश सभा भवन अगाडि आमरण अनसन बस्ने बताएका हुन् । कार्कीले आफू मर्ने तर अनसन छोडेर नभाग्ने बताए । ‘मर्छु अनसनको बिचबाट छोडेर हिँड्दिन,’ उनले भने । उनले आफूले गरेको आमरण अनसनमा सबै दलले समर्थन गर्ने दाबी गरे । ‘कांग्रेसले पनि समर्थन गर्छ । माओवादीका साथीहरू, एमालेका साथीहरू, एकीकृत समाजवादी र जसपाका साथीहरू सबै आउन सक्नुहुन्छ,’ कार्कीले भने, ‘कांग्रेसको त नगरसभापति र जिल्लाको उपसभापति पत्रकार सम्मेलनमै आउनु भएको छ । प्रेस युनियनले पत्रकार सम्मेलन नै गरिहरेको छ । मैले उठाएको एजेण्डा जनताको एजेण्डा भएको कारण सबैले सहयोग गर्नुहुन्छ ।’ कतिपय आफ्ना समर्थकहरूले रिले अनसन, आमरण अनसन बस्छु भनेर प्रस्...
कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
धनगढीः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।...
अस्पताल सुरु नहुँदै  गेटामा लुट : मन्त्री, निर्देशक र बायोमेडिकल इन्जिनयरको मिलेमतोमा ७० करोडको खरिद

अस्पताल सुरु नहुँदै गेटामा लुट : मन्त्री, निर्देशक र बायोमेडिकल इन्जिनयरको मिलेमतोमा ७० करोडको खरिद

अन्तर्राष्ट्रिय, कैलाली, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
काठमाडौँ : सुदूरपश्चिमाञ्चल क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने महत्त्वाकाङ्क्षी योजना अनुसार २०७३ बाट कैलालीमा गेटा मेडिकल कलेजको निर्माण सुरु भए पनि सात वर्ष त पूर्वाधार निर्माणमै बित्यो। ६ सय शय्याको अस्पताल सञ्चालनको लक्ष्य लिएर करिब ६ अर्ब सरकारी कोषबाट रकम खर्चिएर भौतिक पूर्वाधार बन्यो। ६ सय लक्ष्य राखिएको अस्पतालमा तीन सय शैयाहुँदै एक सय शय्या सञ्चालन गर्ने भन्दै आर्थिक वर्ष २०८०-०८१ मा करिब ७० करोड बराबरको मेसिन, औजार तथा उपकरण खरिद भयो। अस्पतालको निर्माणको चरणबाटै आर्थिक रूपमा गेटा पटक-पटक विवादमा पर्दै आएको थियो नै। जब अस्पतालका लागि मेडिकल औजार तथा उपकरणको खरिद सुरु भयो सुविधा सम्पन्न अस्पताल बनाउने बहानामा अस्पताल नेतृत्वले खरिदमा लुटै मच्यायो। उकेराले प्राप्त गरेको खरिद विवरणमा त्यस्तो कुनै टेन्डर देखिएन जुन मिलेमतोमा नभएको होस्। गेटाका लागि प...
आज गणेश चतुर्थी मनाईदै, के छ यस्को पौराणिक कुरा

आज गणेश चतुर्थी मनाईदै, के छ यस्को पौराणिक कुरा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट
काठमाडौँ: भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइँदै छ। सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। सनातन समाजमा कुनै काम सुरु गर्दा ‘श्रीगणेश गरेको’ भन्ने चलन छ। ठूलो भुँडी भएकाले लम्बोदर, हात्तीको आकृतियुक्त मुहार भएकाले गजानन, विघ्न हटाउने भएकाले विघ्ननाशक, गणका पति भएकाले गणपति, सबै देवताका प्रिय भएकाले सुरप्रिय र विनायकजस्ता अनेकौँ नामले गणेश पुजिन्छन् । यस अवसरमा आज काठमाडौँ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ। शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ। भाद्र शुक्ल चतुर्थीमा चन्द्रमा हेर्नु हुँदैन भन्ने मान्यता छ। चन्द्रमा ...
बझाङमा चरेस सहित एकजना पक्राउ

बझाङमा चरेस सहित एकजना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, सुदूरपश्चिम
जिल्ला प्रहरी कार्यालय बझाङले लागुऔषध (चरेश) सहित एक जना पक्राउ गरेको छ । बुङगल नगरपालिका गिराैबाट बुङगल नगरपालिका बिजगडा बजार जाँदै गरेको अवस्थामा रैसल्ली बस्ने बर्ष अन्दाजी ४१ का उज्ज्वल जाग्रीलाई पक्राउ गरेको डिएसपी युवराज भण्डारीले बताउनु भयाे । लागू अाैषध चरेस जस्तो देखिने कालो पदार्थ बरामद गरि पक्राउ गरेर जार्गीलाई जिल्ला प्रहरी कार्यालय ल्याएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उनलाई मिति २०८१।०५।२१ गते राती अन्दाजी २३;०० बजेको समयमा पक्राउ गरेको हाे । जाग्री गिरौबाट बुङ्गल नगरपालिका ४ बिजगडाबजार तर्फ लैजादै गरेको अवस्थामा कालो कलरको झोला भित्र पहेंलो प्लाष्टीकको कट्टामा चरेश जस्तो देखिने कालो पदार्थ कट्टा सहित ९ किलो ४ सय ३९ ग्राम तौल बराबरको लागु औषध चरेश लुकाई छिपाई लैजादै गरेको अवस्थामा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय बाट खटिगएको प्र.नि.किशोर जोशीको कम...
कञ्चनपुरमा एक जनाको वेवारिसे लास फेला

कञ्चनपुरमा एक जनाको वेवारिसे लास फेला

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट
कञ्चनपुर : कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका-११ गड्डाचौकीस्थित मुलनहरमा नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरूष बुधवार मृत अवस्थामा फेला परेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
महाकाली नदिमा हाम फालेर एक युवती बेपत्ता

महाकाली नदिमा हाम फालेर एक युवती बेपत्ता

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, दार्चुला, सुदूरपश्चिम
दार्चुला – दार्चुला स्थित महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छिन । बिहीबार दिउँसो ४ बजेतिर नौगाड गाउँपालिका–४ सिप्टीकी १७ वर्षीया किशोरी ममता टमटाले रिङ्नेताल क्षेत्रबाट महाकालीमा हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंह अनुसार गाउँबाट सदरमुकाम आमासँगै आइरहेकी किशोरीले महाकालीमा हाम फालेकी थिइन । दुई बहिनी र दुई दाजुभाइ रहेकी टमटाको घरमा बुवा र दाइको पहिले नै निधन भइसकेको बेपत्ता किशोरीका आफन्तले बताएका छन् । महाकाली आसपासमा रहेका प्रहरी युनिटहरुलाई समेत बेपत्ता भएकी किशोरीको खोजी गर्न निर्देशन दिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।...
जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा आवतजावतमा समस्या

जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा आवतजावतमा समस्या

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : खाेड्पे चैनपुर सडक खण्ड अन्तर्गत जयपृथ्वी राजमार्ग अन्तर्गत रहेको बझाङकाे परिङगाल नजिकै पहिराे खस्दा सडक अवरुद्ध भएको हाे । आज विहान सडक माथिबाट पहिराे खस्ता आवतजावतमा समस्या परेको छ । जसका लागि जिल्ला प्रशासन बझाङले अवरुद्ध सडक खुलाउन सडक कार्यालयकाे डाेजरलाई सम्पर्क गरेको र चाडैं सडक खुल्ने प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुईकेलले बताउनु भयाे । माेषम परिवर्तनका कारण अहिले सडक जतासुकै अवरुद्ध हुँदै आएको छ । यसरी सडक अवरुद्ध हुदा यात्रुले भने दुख पाउने गरेका छन ।...
‘हेर्ने कथा’ले भेट्टाएका प्रकाश घर फर्किए, मालिक टासी लामाले १० लाख दिने

‘हेर्ने कथा’ले भेट्टाएका प्रकाश घर फर्किए, मालिक टासी लामाले १० लाख दिने

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
१३ भदौ, धनगढी– चर्चित कार्यक्रम ‘हेर्ने कथा’ले भेट्टाएका भोजपुरको षडानन्द नगरपालिका-१० का प्रकाश तामाङ गोरखाको चुमभ्याली छाडेर घर फर्किएका छन् ।   ‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’ शीर्षकको पछिल्लो सत्य कथाका मुख्य पात्र प्रकाश गोरखाको चुमनुब्री गाउँपालिका-७ छेकम्पारस्थित मालिकको घरबाट बिदा भएर भोजपुरका लागि हिँडेका हुन् ।     उनलाई छेकम्पारबाट स-सम्मान बिदा गरिएको हो । उलाई छेकम्पारमा बिदाइका क्रममा चुमनुब्री वडा नम्बर ८ का अध्यक्ष टसी दोर्जे लामा, स्थानीय साथीभाइ र मालिकलेसमेत खादा लगाइदिएका थिए ।   चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई मालिक टासी लामाले १० लाख रुपैयाँ दिने भएका छन् । त्यसैगरी गाउँपालिकाको तर्फबाट प्रकाशलाई एक लाख रुपैयाँ दिने उनले बताए । उक्त रकम प्रकाशले बैंक खाता खोलेपछि मालिक टासी लामाले जम्मा गरिदिने भएका ...
सुतिरहेका करनलाई पहिरो संगै सेतिले बगाएपछि

सुतिरहेका करनलाई पहिरो संगै सेतिले बगाएपछि

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ परिङ्गाल मालुझेलमा रहेको झोलुङ्गे पुलस्थित पश्चिमतिर बस्दै आएका ३६ वर्षीय करन गिरी मुनीबाट राति १२ बजे पहिरो खस्दा घरसहित सेती नदीमा खस्नुभएको हो। रातिको समयमा ठूलो आवाजसहित खसेको पहिरोले मालुझेलसहित निदाइरहेका करन गिरी र घर एक्कासी सेती नदीमा लगेको थियो । सेती नदीमा खसेपछि गुहार माग्नुभएका गिरीलाई स्थानीय  दिपेन्द्र खड्का, अर्जुन गिरी र सुरक्षाकर्मीले उद्दार गर्नुभएको थियो । करनको शरिरभर चोट लागेको उहाँका दाई लक्ष्मिराज गिरीले जानकारी दिनुभयो । उहाँलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको पनि उहाँका दाई लक्ष्मिराज गिरीले जानकारी दिनुभयो । घटना राति भएकाले थप विवरण आउन बाँकी छ ।...
प्रदेश कृषि बिभाग र जिल्ला समन्वय कैलालिको सहकार्यमा कृषक संग रास्वपा कार्यक्रम सम्पन्न

प्रदेश कृषि बिभाग र जिल्ला समन्वय कैलालिको सहकार्यमा कृषक संग रास्वपा कार्यक्रम सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा कृषक संग राष्ट्रिय स्वतन्त्र पार्टी कार्यक्रम सम्पन्न भएको छ । कृषि पेशा गरिरहेका कृषकहरुलाई कृषि बारे आधारभूत ज्ञान प्रदान गर्ने उदेश्यले गरिएको सो कार्यक्रम आज कैलालीको घोडाघोडी नगरपालिका भागेश्वरी हलमा सम्पन्न भएको हो । धान खेतिमा लाग्ने विभिन्न रोगहरु र त्यसको समाधानका उपायहरु, तरकारी खेती तथा फलफूल खेती गर्ने तरिका त्यसमा लाग्ने रोग र त्यसका समाधानका उपायहरु र कृषक संग संबंधित विभिन्न कुराहरु कृषि विशेषज्ञद्वारा कृषकलाई जानकारी गराएको राष्ट्रिय स्वतन्त्र पार्टिका प्रदेश प्रवक्ता सन्तोष जोशिले बताउनुभयो । सुदूरपश्चिम प्रदेशको कृषि बिभाग र कैलाली जिल्ला समन्वय समितिको सहकार्य तथा पहलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको सो कार्यक्रममा प्रदेश कृषि बिभाग प्रमुख कृष्ण न्यौपाने, रास्वपा कैलाली जिल्ला संयोजक महेश चौधरी, रास्वपा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज