Advertisement

सुदूरपश्चिममा बजेट ल्याउने मिति सारेको सार्यै, फेरि नयाँ मिति तोकियो

Advertisement

धनगढी – साउन १ गते देखि नै कार्यान्वयमा आउनुपर्ने बजेट अझै ल्याउन नसकेको सुदूरपश्चिम सरकारले पुनः बजेट ल्याउने नयाँ मिति तोकेको छ । तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट पास हुन नसकेपछि बनेको नयाँ सरकारले पुनः बजेट ल्याउने मिति तोकेको हो । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश सरकारले भदौ ३१ गते चालू आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको जनाएको छ ।

पटक–पटक बजेट ल्याउने मिति तोक्दै आएको प्रदेश सरकारले यसअघि भदौ १०, भदौ १५, २० गते हुँदै २५ गतेभित्रै बजेट ल्याउने जनाएको थियो । पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री कमलबहादुर शाहले गत असार १ गते सदनमा प्रस्तुत भएको बजेटमा सामान्य पुनरावलोकन गरेर बजेट ल्याउने तयारी गरेको जानकारी दिए । उनले बजेट संवैधानिक र कानुनी प्रक्रियामा रहेर आउने बताए । उनले सदनको सम्मान गर्दै सदनमा पास भईसकेका प्राथमिकता, नीति र कार्यक्रमहरुकै आधारमा बजेट ल्याईने बताए ।

निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले निर्धारित समयमै असार १ गते प्रदेश सभामा बजेट पेश गरेको थियो । थियो तर, राजनीतिक घटनाक्रममा आएको फेरबदलले प्रदेश सरकारले बजेट पास गर्न नसक्दा बजेट शून्यताको अवस्था सिर्जना भएको छ । असार २० गते नै अल्पमतमा परेका सोडारीले बजेट नल्याई आफ्नो एक महिने कामचलाउन सरकार चलाएका थिए भने त्यसपछि मुख्यमन्त्री बनेका कमलबहादुर शाहले पनि बजेटलाई ल्याउन ढिलाई गरेका छन ।

सुुरुमा बजेट ल्याउन ढिलो भएको भन्दै सोडारी नेतृत्वको सरकारलाई राजीनामा दिएर मार्ग प्रसस्त गर्न आग्रह गरिरहेका मुख्यमन्त्री शाहले पनि साउन २० गते मुख्यमन्त्री बनेका भएपनि अहिले सम्म बजेट ल्याउन सकेका छैनन् ।

योजना कार्यान्वयन गर्ने बेला सम्म पनि सुदूरपश्चिम सरकारले बजेट ल्याउन नसकेपछि विकास निर्माणका काम प्रभावित भएका छन । योजनाहरू कार्यान्वयनको प्रक्रिया सुरु गर्नुपर्ने समयसम्म पनि बजेट नआएपछि चालू आवको बजेट कार्यान्वयनमा समस्या हुने देखिएको हो । बजट नआउँदा विकास निर्माणका काम रोकिनुका साथै कर्मचारीले पनि २ महिना देखि तलब खान पाएका छैनन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज