कैललाीको कर्णाली नदीको विपतमा ‘मोटर बोट’ प्रयोगमा रोक
धनगढी : कैलालीको लम्कीचुहा नगरपालिकाले २०८० फागुन १८ गते स्काई बर्ड एड्भेन्चर स्पोट्स प्रालिलाई पत्र पठायो। नगरपालिकाले चिसापानी क्षेत्रमा हुने विपद् तथा दुर्घटनमा परेकाको उद्दारमा सहयोग गर्न भनेको हो।
स्काई बर्डले २०८० चैत ४ गते बर्दिया राष्ट्रिय निकुञ्जलाई आवश्यक सहजिकरणका लागि भनेर पत्र पठाएको छ। उक्त पत्रमा लम्किचुहा नगरपालिकाको क्षेत्रमा बोट सञ्चालनको अस्थायी अनुमति माग गरिएको छ। पुल क्षेत्रमा विपद् तथा दुर्घटनाहरू हुन सक्ने भएकाले अस्थायी पार्किङ (पोट) स्थापनाका लागि आग्रह गरिएको छ। तर, बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रमा स्काई बर्डले मोटर बोट सञ्चालन गर्न पाएको छैन।
कर्णाली नदी तथा राष्ट्रिय निकुञ्जको क्षेत्रमा हुने दुर्घटना तथा विपद्मा समेत बोट प्रयोग गर्न नेपाली सेनाले रोक लगाएको हो। स्काई बर्ड एड्भेन्चरका प्रबन्धक निर्देशक केशव गाहले बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालय, ...







