Advertisement

कैललाीको कर्णाली नदीको विपतमा ‘मोटर बोट’ प्रयोगमा रोक

Advertisement

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिकाले २०८० फागुन १८ गते स्काई बर्ड एड्भेन्चर स्पोट्स प्रालिलाई पत्र पठायो। नगरपालिकाले चिसापानी क्षेत्रमा हुने विपद् तथा दुर्घटनमा परेकाको उद्दारमा सहयोग गर्न भनेको हो।

स्काई बर्डले २०८० चैत ४ गते बर्दिया राष्ट्रिय निकुञ्जलाई आवश्यक सहजिकरणका लागि भनेर पत्र पठाएको छ। उक्त पत्रमा लम्किचुहा नगरपालिकाको क्षेत्रमा बोट सञ्चालनको अस्थायी अनुमति माग गरिएको छ। पुल क्षेत्रमा विपद् तथा दुर्घटनाहरू हुन सक्ने भएकाले अस्थायी पार्किङ (पोट) स्थापनाका लागि आग्रह गरिएको छ। तर, बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रमा स्काई बर्डले मोटर बोट सञ्चालन गर्न पाएको छैन।

कर्णाली नदी तथा राष्ट्रिय निकुञ्जको क्षेत्रमा हुने दुर्घटना तथा विपद्मा समेत बोट प्रयोग गर्न नेपाली सेनाले रोक लगाएको हो। स्काई बर्ड एड्भेन्चरका प्रबन्धक निर्देशक केशव गाहले बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालय, विभाग, पर्यटन मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसम्म पनि सो क्षेत्रका विपद्मा बोटबाट उदारका लागि आग्रह गरेको बताए। उनले भने, ‘चाडपर्वको समयमा कर्णाली पुल क्षेत्रमा जोखिम हुन्छ। दुर्घटना हुने गरेको छ। उदारका लागि लिखित र मौखिक आग्रह गरेको छु। तर, कुनै पनि निकायबाट अनुमति आएको छैन। लिखित निवेदन फाँटफाँटमा मात्र जाने हुँदैछ।’

कैलाली र सुर्खेतको सिमा क्षेत्रमा पर्ने कर्णाली नदीमा चार करोडको लागतमा ‘मोटर बोट’ सञ्चालनमा ल्याइएको छ। कैलालीको मोहन्याल गाउँपालिका–७ र सुर्खेतको पञ्चपुरी नगरपालिका–११ क्षेत्रमा पर्ने कर्णाली नदीमा ‘मोटर बोट’ सञ्चालनको अनुमती छ। मोहन्याल गाउँपालिकाले उक्त क्षेत्रमा बोट सञ्चालन गर्न तथा विपद्मा परेकाको उदार गर्न अनुमति दिएको छ। तर, बर्दिया जिल्लाको सीमा क्षेत्रमा बोट सञ्चालनको अनुमति छैन।

राष्ट्रिय निकुञ्जको कानुनमा बोट सञ्चालनको व्यवस्था नभएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर सिन्धु प्रसाद ढुङ्गानाले निकुञ्जको कानुनमा बोट सञ्चालनको व्यवस्था नभएको बताए। उनले भने, ‘निकुञ्जको नियमावलीमा मोटर बोट चलाउन पाउदैन। तर, विपद्को उदारमा रोकिएको छैन। मोटर बोट कोर एरियामा चलाउन मिल्दैन। उहाँले हामीलाई सोध्नु भएन। कानुनी विषयमा जोडेर विपद्का घटनाहरुमा जोड्नु भएन।’

कैलालीको मोहन्याल गाउँपालिका–७ र सुर्खेतको पन्चपुरी–११ को क्षेत्रमा पर्ने कर्णाली नदीमा बोट सञ्चालनका लागि स्काई बर्ड एड्भेन्चर स्पोर्टले सङ्घीय पर्यटन मन्त्रालयबाट स्वीकृति लिएको छ। तर, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा भने बोट सञ्चालनका लागि अनुमति छैन। राष्ट्रिय निकुञ्ज क्षेत्रमा हुने घटनामा समेत बोट प्रयोग गर्न पाइएको छैन। प्रबन्ध निर्देशक गाहाले भने, ‘अछामबाट आउदै गरेको मोटरसाइकल दुर्घटना हुँदा उदार गरेको थिए। चाँड पर्वको समयमा बढी दुर्घटना हुने गरेको छ। उदारमा सहयोग गर्न खोजेको हो। तर, मैले अनुमति पाएको छैन। निकुञ्जको क्षेत्रमा आउन पाउदैन भन्दै आएको छ। उदारमा जान पाउनुपर्ने हो। पुलबाट मान्छे खसेको बेला पनि जान पाएन।’

सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सिमानामा रहेको कर्णाली नदीको विपद्मा ‘मोटर बोट’ प्रयोगमा रोक लगाइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षामा रहेको नेपाली सेनाले कर्णाली नदीमा ‘मोटर बोट’ सञ्चालनमा रोक लगाएको हो।

राष्ट्रिय निकुञ्जको क्षेत्रमा विपद्का घटना हुँदा पनि ‘मोटर बोट’ सञ्चालन गर्न सकिएको छैन। लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा रहेको राष्ट्रिय निकुञ्जले कैलाली क्षेत्रको भागमा समेत ‘मोटर बोट’ सञ्चालन गर्न दिएको छैन।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज