Advertisement

कन्चनपुर

बस दुर्घटना : एकै परिवारका चारजनाको मृत्युु

बस दुर्घटना : एकै परिवारका चारजनाको मृत्युु

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, घटना, ट्रेन्डिङ, डडेल्धुरा, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी: डडेल्धुरामा भएको रात्रि बस दुर्घटनामा परी मृत्यु भएका चारै जना एकै परिवारका भएको खुलेको छ। मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–३, बैतडी ठेगाना भएका ४५ वर्षीया जयमति बोहरा, उनका नाबालक छोरा, २० वर्षीया कमला बोहरा र २२ वर्षीय सहदेव बोहरा रहेका छन्। बस सडकबाट करिब चार सय मिटर तल खसेको थियो। कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडी नगरपालिका–१, हाट जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मङ्गलबार राति ११ः४५ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको थियो । दुर्घटनामा १२ जना घाइते भएका छन् भने दुई जना अझै बेपत्ता छन् । बसमा १८ जना सवार थिए। चालक निदाएकाले बस सडकबाट पल्टिएर खोल्सामा खसेको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्...
महेन्द्रनगरबाट बैतडी हिँडेको बस मध्यराती डडेल्धुरामा दुर्घटना, ४ जनाको मृत्युु केही घाइते

महेन्द्रनगरबाट बैतडी हिँडेको बस मध्यराती डडेल्धुरामा दुर्घटना, ४ जनाको मृत्युु केही घाइते

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, घटना, ट्रेन्डिङ, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा : कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चाैँडीका लागि सवार यात्रुवाहक बस दुर्घटनामा परेको छ । यात्रुबाहक बस डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका ७ खस्रेखानमा मंगलबार राती साढे बाह्र बजे सडकबाट करिब तिनसय मिटर तल खसेर दुर्घटनामा परेको हो । पवनदुत यातायात प्रा.लि.को ना ८ ख १०७८ नम्बरको बस दुर्घटनामा परेको हो ।  दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने केही  घाइते भएका छन् । घाइते हुनेमा बैतडी पुर्चौडी नगरपालिका ७ बस्ने नवराज सआउँद, पुर्चौडी ६ बस्ने राजेन्द्र साउँद, कञ्चनपुर कृष्णपुर नगरपालिका ४ बस्ने दिनेश साउँद, डडेल्धुरा आलिताल गाउँपालिका १ बस्ने मुकुन्द बोहोरा, दार्चुला मार्मा ५ बस्ने बिमला महत, कञ्चनपुर कृष्नपुर नगरपालिका ५ बस्ने धनमति साउँद, पुर्चौडी ८ बस्ने पदम बहादुर बोहरा र बस चालक बिरेन्द्र बोहरा रहेका छन् । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ । &nbs...
कञ्चनपुरमा भन्सार छलीको ८ लाख ३२ हजार मुल्य बराबरको अबैध सामान बरामद

कञ्चनपुरमा भन्सार छलीको ८ लाख ३२ हजार मुल्य बराबरको अबैध सामान बरामद

कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा ८ लाख ३२ हजार मुल्यको अबैध सामान बरामद गरिएको छ। प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छलीका सामान नियन्त्रणमा लिएको हो। वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले मात्रै ४ लाख ७० हजार ५ सय मुल्यको अबैध सामान बरामद गरेको छ। इलाका प्रहरी कार्यालय दोधाराले ३ हजार, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले ८४ हजार ९३५, इलाका प्रहरी कार्यालय बेलडाडीले २८ सय र इलाका प्रहरी कार्यालय गुलरियाले १ लाख ४८ हजार मुल्यको अबैध सामान बरामद गरेको छ। यस्तै प्रहरी चौकी टेडुवाले १६ हजार ४७०, प्रहरी चौकी झिलमिलाले ५ हजार ३ सय, अस्थायी प्रहरी बिट भासीले ८८ हजार ४५०, अस्थायी प्रहरी बिट मझगाउँले २ हजार ७५० र अस्थायी प्रहरी बिट चम्फापुरले १० हजार गरेर ८ लाख ३२ हजार २०५ मुल्य बराबरको अबैध सामान बरामद गरिएको छ।...
कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, घटना, ताजा अपडेट, सुदूरपश्चिम
धनगढीः कञ्चनपुरमा चट्याङ लागेर एकैदिन दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो। कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार दोधारा चाँदनी नगरपालिका–६ बस्ने ३४ वर्षीय यमबहादुर सुनारको मृत्यु भएको छ। ‘बुधबार मध्यान्न १२ बजे सोही नगरपालिकाको भट्टीनालास्थित बजारबाट घर जाने क्रममा पानी परेपछि यमबहादुर र सोही ठाउँका ३६ वर्षीय जगते सुनार रुखमुनि बसेका थिए,’ उनले भने, ‘सोही क्रममा चट्याङ लागेर दुबै जना घाइते भएका थिए। उपचारका क्रममा यमबहादुरको एक बजे मृत्यु भएको छ।’ यस्तै लालझाडी गाउँपालिकामा पनि चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १ नौरंगा बस्ने २८ वर्षीया हिरामति रानाको मृत्यु भएको हो। बिहान साढे १० बजे चट्याङ लागेकोमा उपचारका क्रममा १२ बजे धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको डिएसपी जोशीले बता...
कञ्चनपुरमा तास खेलिरहेका १६ जना पक्राउ

कञ्चनपुरमा तास खेलिरहेका १६ जना पक्राउ

Breaking News 1, कन्चनपुर, ट्रेन्डिङ, ताजा अपडेट, सुदूरपश्चिम
कञ्चनपुर : कञ्चनपुरका वेदकोट र भीमदत्त नगरपालिकाबाट तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वेदकोट नगरपालिका-५ धरमपुरस्थित एक घरमा तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरिएको हो। उनीहरूका साथबाट २३ हजार १ सय ५ रुपैयाँ र १० गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै सोमरबार राति नै भीमदत्त नगरपालिका-१० सुकासालस्थित घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट ४२ हजार ७ सय ७० रुपैयाँ र १० गड्डी तास बरामद गरिएको कञ्चनपुुर प्रहरीले जनाएको छ। उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहको बताइएको छ।...
कञ्चनपुरको दोधरा चाँदनीका बाढी पीडितको बिचल्ली

कञ्चनपुरको दोधरा चाँदनीका बाढी पीडितको बिचल्ली

कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । गत असारको बाढीले घरमा क्षति पुर्याए पछि विस्थापित  भएका कञ्चनपुरको दोधारा चाँदनी ३ पटेराखल्लाका बासिन्दा फेरि बिचल्लीमा परेका छन । असारमा क्षति भएको घर मर्मत गरेर जेनतेन फर्किरहेका पटेराखल्लावासी राम्ररी पुनःस्थापित हुन पाउँदै शुक्रबार फेरि विस्थापित भएका हुन । असार अन्तिम साताको भीषण वर्षासँगै जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि पटेराखल्लाका २७ परिवार विस्थापित भएका थिए । करिब एक महिनासम्म उनीहरू नजिकैको जमुना आधारभूत विद्यालयमा बसे । बाढीले भत्केका घर मर्मत गरेर र हिलो हटाएर उनीहरू घरमा बस्न थालेका थिए । पानी पर्दा भने फेरि उनीहरू विद्यालयमै बास बस्थे । शुक्रबार जोगबुडाको बाढी फेरि बस्ती पसेपछि दोधारा चाँदनी ३ पटेराखल्लाका सबै परिवार विस्थापित भएका हुन् । उनीहरू अहिले नजिकैको जमुना आधारभूत विद्यालयमा बसिरहेका छन् । ‘पटेराखल्लाका बासिन्दा फेरि विस्थापित भएका छन्, यो ठ...

कञ्चनपुरमा एक पुरुष मृत फेला

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, घटना, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
कञ्चनपुरका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका–८ खड्डाघाटका ६० वर्षीय श्रीराम राना खड्डाघाट नदिमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । राना नदिपारि भारतको जङ्गलमा घाँस काट्न गएकोमा अबेर सम्म घर नफर्किँदा उनका छोराले खोज तलास गर्ने क्रममा मृत फेला पारेका हुन् ।...
लगातार आएको बर्षाको बाढीले कैलालीको जनजीवन प्रभावित

लगातार आएको बर्षाको बाढीले कैलालीको जनजीवन प्रभावित

कन्चनपुर, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, सूचना प्रविधि, स्वास्थ्य
लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ। कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन्। पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र उच्च भवनमा सारिएको छ। स्थानीय कृष्ण धमालाका अनुसार भजनीमा केही परिवार रातभरि बस्ती छोडेर सडकमा सरेका छन्। नदी तथा खोलामा पानी बढेपछि राति बस्तीमा रहेका मानिसहरु बालबच्चा र बस्तुभाउसहित हुलाकी सडकमा बसेका हुन्। बाढीले भजनीका सबैजसो वडामा डुबान भएको छ। वडा नं ८ का सबै घर डुबानमा परेका छन्। ‘निरन्तरको वर्षाले बस्ती डुबानमा परेपछि सयौँ परिवार सरसामानसहित सडक तथा उच्च घरमा सरेका हुन्’, उनले भने, ‘कतिपय आफन्तकोमा बसिरहेका छन्।’ बाढीका कारण विशेष गरी कैलालीको दक्षिण तथा पूर्वी क्षेत्र जलमग्न भएको छ । चुरेबाट बग्ने खोला र कर्णाली नदीमा पानीको सहत बढेपछि कैलालीको टीक...
कञ्चनपुर जलमग्न : ३३३ परिवारलाई सुरक्षित स्थानमा सारियो, एक बालकको मृत्यु

कञ्चनपुर जलमग्न : ३३३ परिवारलाई सुरक्षित स्थानमा सारियो, एक बालकको मृत्यु

कन्चनपुर, घटना, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर – कञ्चनपुरमा निरन्तर परिरहेको अविरल वर्षाले अधिकांश क्षेत्र डुबानमा परेका छन् । वर्षाले जिल्लाको भीमदत्त नगरपालिका, दोधरा चाँदनी, पुनर्वास नगरपालिका लगायतका क्षेत्र बढी प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी उमेश जोशीका अनुसार जिल्लामा हालसम्म ३३३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जसमा भीमदत्त नगरपालिका – १८ सुकुम्वासी बस्ती महेन्द्रनगरका २ सय ५० परिवार, दोधरा चाँदनी नगरपालिका – १० का ७२ परिवार, पुर्नवास नगरपालिका – ५ र ७ का ११ परिवार रहेका छन् । चौधर नदी बेलडाँडी गाउँपालिका – ५ इमलियामा पस्दा बेलडाँडी गाउँपालिका –३ , ४, ५ र बेलौरी नगरपालिका – १० क्षेत्र डुबानकाे जाेखिममा परेका छन् । वर्षाले पुनर्वास–धनगढी हुलाकी मार्गको सिमरी क्षेत्रमा दोदा नदी पस्दा बेलौरी – पुनर्वास र धनगढी बिच आवतजावत बन्द भएको छ । यसैबिच वर्षातको पानी घरभित्र पस्दा कृष्णपुर न...
कञ्चनपुरमा जताततै डुबान, नदीको बाढीले बेलडाँडी उच्च जोखिममा

कञ्चनपुरमा जताततै डुबान, नदीको बाढीले बेलडाँडी उच्च जोखिममा

कन्चनपुर, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरमा बाढीको ‘अति उच्च जोखिम’ रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आइतबार राति ११ बजे कञ्चनपुरका अधिकांश स्थानमा अति भारी वर्षा भएको र थप वर्षा हुन सक्ने विभागले जनाएको छ। लगातार परेको अबिरल  बर्षाका कारण बेलडाँडी गाउँपालिकाको अधिकान्स भु-भाग डुवानमा परेको छ र बेलडाँडी गाउँ पालिकाको छेउ भइ बग्ने चौधर नदिको सतह उच्च बढेकाले इमलिया,झिलमिला,बैवाह लगायतका होचा क्षेत्रका बस्तिमा बसोबास गर्नेले उच्च सतर्कता अपनाउन अनुरोध पनि गरेको छ । साथै चौधरा नदि गणेश माबी भुर्सा तिर को नहर फुटाएर  इमलिया,झिलमिला,बैवाह का बस्तिमा गैसकेको छ । जसले गर्दा हजारौं मानिसहरु प्रभावित भएका छन । यसले निकै ठूलो धन जन को क्षति हुने पनि देखिन्छ । विभागले कञ्चनपुर भएर बहने अधिकांश नदीहरूमा तथा डुबान भइरहने होचा भू–भागमा बाढीको ‘अति उच्च जोखिम’ रहेकाले सोम...
विपीन जोशीको घरमा इजरायली राजदूत गोडर

विपीन जोशीको घरमा इजरायली राजदूत गोडर

अन्तर्राष्ट्रिय, कन्चनपुर, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
नेपालका लागि इजरायली राजदूत हनान गोडरले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि इजरायल सरकार लागि परेको बताएका छन्। आइतबार साँझ कञ्चनपुरको महेन्द्रनगरस्थित विपीन जोशीको घरमा पुगेको गोडर नेतृत्वको टोलीले जोशीको पारिवारिका अवस्थाबारे जानकारी लिएको थियो। सो अवसरमा राजदूत गोडारले विपीनलाई इजरायली नागरिक सरह सम्झेर खोजी जारी राखेको बताए।“विपीनले घटनाका बेला धेरैको ज्यान बचाएर आफू हमासको कब्जामा परे”, उनले भने, “यस विषयमा इजरायल सरकार सक्रिय भएर खोजीमा जुटेको छ।” विपीनका भाई नाता पर्ने किशोर जोशीले राजदूत गोडरसँग जोशीको परिवारले रिहाइका लागि पहल गरिदिन र उनको अवस्थाबारेमा जानकारी मागेको बताए। “राजदूतले खोजी जारी राखेका छौँ, ढुक्क हुनुहोस् भने,”, जोशीले भने, “उनले परिवारका हामी सदस्यसँग भेटघाटका लागि यहाँ आउएका रहेछन्।” जोशीले आठ महिनाभन्दा बढी समय बितिसक्दा पनि ...
नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

कन्चनपुर, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
३० वैशाख, धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज