Advertisement

कन्चनपुर

बर्सेनी घट्दो भँगेराको सङख्या

बर्सेनी घट्दो भँगेराको सङख्या

Breaking News 2, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- केही वर्षदेखि भँगेराको सङ्ख्या घटिरहेको छ। सिमेण्टेड पक्की घर बन्ने क्रम बढेपछि बासस्थान अभावमा भँगेराको संख्या घटेको हो। तीव्ररूपमा भइरहेको शहरीकरणका कारण भँगेरा घटिरहेको सरोकारवाला बताउँछन्। गुँड लगाउन ठाउँ नै नभएपछि भँगेरा घट्दै जानु स्वाभाविक भएको शुक्लाफाँटा नगरपालिका- ३ का पहरू दहितले बताए। ‘भँगेराको चिरबिर आवाज सुनिएपछि बिहान भएको थाहा हुन्थ्यो। घरका आँगनमा खेल्दै रमाउँदै गरेका भँगेरा देखिने गरेका थिए। अहिले ती सबै विगत भइसके’, उनले भने, ‘अब न भँगेराको चिरबिर आवाज सुनिन्छ, न त पहिलेजस्तो आँगनमाबिस्कुन खान आउँछन्।’ अहिले आक्कलझुक्कल मात्र भँगेरा देखिने गरेको उनी बताउँछन्। चराविज्ञ हिरूलाल डगौराका अनुसार मोबाइलका टावरबाट निस्कने विकिरणले भँगेराको दिशा पत्ता लगाउने प्रणालीलाई असर गर्छ। प्रजनन क्षमतामा प्रतिकूल असर पर्छ। विकिरणले मष्तिष्कमा असर गर्दा भँगेराको मृत्यु ह...
कञ्चनपुरमा जंगली हात्ती मरेको घटनामा पर्सियाका राना  पक्राउ

कञ्चनपुरमा जंगली हात्ती मरेको घटनामा पर्सियाका राना पक्राउ

Breaking News 1, Breaking News 2, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा जंगली हात्ती मरेको घटनामा एक जना पक्राउ परेका छन् । जिल्लाको लालझाडी गाउँपालिका-४ पर्सियामा जंगली हात्ती मरेको घटनामा पर्सियाकै ओमप्रकाश रानालाई पक्राउ परेका हुन् । फागुन ७ गते रानाकै खेतबारीमा वयस्क भाले हात्ती मरेको अवस्थामा भेटिएको थियो । अनुसन्धानका क्रममा विद्युतीय धरापमा परेर हात्ती मरेको रिपोर्ट आएपछि डिभिजन वन कार्यालय कञ्चनपुरले रानालाई पक्राउ गरेको जनाएको छ । हात्तीको पोस्टमार्टमपछि विद्युतीय धरापबाटै मरेको रिपोर्ट प्राप्त भएपछि रानालाई पक्राउ लालझाडी सब-डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत करुणाकर जोशीले जानकारी दिए । रानालाई मंगलबार पक्राउ गरि बुधबार ८ दिनका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको छ । निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वन्यजन्तु मारेको अभियोगमा ५ देखि १५ वर्ष कैद वा ५ देखि १० लाख सम्म जरिवाना तथा दुवै हुने व्यवस्था छ ।...
कञ्चनपुरमा वनका अध्यक्ष पक्राउ,, काठ तस्करी गरेको आरोप

कञ्चनपुरमा वनका अध्यक्ष पक्राउ,, काठ तस्करी गरेको आरोप

Breaking News 1, Breaking News 2, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा सामुदायिक वनका अध्यक्ष पक्राउ परेका छन् । जिल्लाको लालझाडी गाउँपालिका–४ स्थित जयदुर्गा सामुदायिक वनबाट सालको रुख कटानी गरेको आरोपमा वनका अध्यक्ष दानसिंह कार्की पक्राउ परेका हुन् । लालझाडी सवडिभिजन वन कार्यालयले अध्यक्ष कार्कीलाई पक्राउ गरेको हो । कार्कीले सामुदायिक वन क्षेत्रबाट  सालको रुख काटेर काठ तस्करी गरेको वन कार्यालयको दाबी छ । सामुदायिक अध्याक्षकै संलग्नतामा सालको रुख काटिएपछि उनलाई पक्राउ गरिएको लालझाडी सवडिभिजन वन कार्यालयका प्रमुख करुणकर जोशीले जानकारी दिए । उनका अनुसार उनीसँगै सालको २८.३४ क्यूफिट काठ बरामद गरिएको छ। उनलाई वन ऐन २०७६ तथा वन नियमावली २०७९ अनुसार कारबाही गरिने वन अधिकृत जोशीले बताए ।...
कञ्चनपुरका स्ववियु निर्वाचन सम्पन्न ६ क्याम्पस मध्य ४ मा नेविसंघ र २ मा अखिल क्रान्तिकारी विजयी

कञ्चनपुरका स्ववियु निर्वाचन सम्पन्न ६ क्याम्पस मध्य ४ मा नेविसंघ र २ मा अखिल क्रान्तिकारी विजयी

Breaking News 1, Breaking News 2, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरका ६ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत मंगलबार सम्पन्न स्ववियु निर्वाचनको मतपरिणाम सार्वजनिक भएको हो । जिल्लाको दोधारा चाँदनीस्थित भानु बहुमुखी क्याम्पस, बेलडाँडीको रौलेश्वर आदर्श बहुमुखी क्याम्पस, बेलौरीस्थित महाकाली बहुमुखी क्याम्पस, पुनर्वासको जनता बहुमुखी क्याम्पस, कलकत्तास्थित रामपुर बहुमुखी क्याम्पस र गुलरियाको कञ्चन बहुमुखी क्याम्पसको अन्तिम नतिजा सार्वजनिक भएको निर्वाचन समितिले जनाएको छ । अन्तिम नतिजा अनुसार ४ क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) निर्वाचित भएको छ, भने २ क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले जित हात पारेको छ । विजयी उम्मेदवारहरू • जनता बहुमुखी क्याम्पस, पुनर्वास: नेविसंघका विकास खड्का प्यानलसहित विजयी। • ...
बझाङको बुङ्गल घर भएका बोहरा महेन्द्रनगरबाट बेपत्ता

बझाङको बुङ्गल घर भएका बोहरा महेन्द्रनगरबाट बेपत्ता

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङ घर भएका एकजना महेन्द्रनगरबाट बेपत्ता भएका छन् । भारतबाट घर फर्किएका बुङ्गल नगरपालिकाका अन्दाजी ४२/४३ वर्षीय बीर बहादुर बोहरा महेन्द्रनगर बजारबाट वेपत्ता भएका हुन् । बोहरा फागुन २९ गते साँझ ७ बजेको समयमा महेन्द्रनगरको चमनचोकबाट बेपत्ता भएका उनका काका हरिलाल बोहराले कामना टुडेलाई जानकारी दिए । उनलेे भने मैले पनि चैत ३ गते मात्रै बेपत्ता भएको खबर पाएको हुँ , खोजी कार्य गर्दा अहिलेसम्म भेटिएको छैन । उनीसँगै साथमा भएकाहरू भने घर पुगिसकेका छन् , तर बोहरा अहिलेसम्म सम्पर्कमा नआउँदा परिवार चिन्तामा परेको छ । बोहराको घर परिवारले खोजी कार्य गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय निवेदन दिनुका साथै सबैलाई आग्रह समेत गरेको छ । बोहलाई भेटाएमा नजिक प्रहरीलाई जानकारी गर्न तथा ९८०९४७५७८० मा सम्पर्क गरीदिन अनुरोध गरिएको छ ।...
गेटा बिमानस्थलबाट चरेश लिएर काठमाडौं जान लागेका कञ्चनपुरका नाथ पक्राउ

गेटा बिमानस्थलबाट चरेश लिएर काठमाडौं जान लागेका कञ्चनपुरका नाथ पक्राउ

Breaking News 1, कन्चनपुर, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गेटा बिमानस्थलबाट काठमाडौं जाँदै गरेका एकजना चरेशसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१३ एयरपोर्टमा वुद्ध एयरको उडानद्वारा धनगढीबाट काठमाडौं जान लागेका कञ्चनपुरको वेदकोट नगरपालिका-८ बस्ने २१ वर्षीय भुवन नाथ विमानस्थलमै पक्राउ परेका हुन् । नाथलाई विमानस्थलमा चेकजाँच गर्दा ६ ग्राम ७०० मिलिग्राम चरेशसहित बिमानस्थल सुरक्षा गार्ड गेटाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।...
कञ्चनपुरमा चट्याङ लाग्दा कलुवापुरका रानाको मृत्यु

कञ्चनपुरमा चट्याङ लाग्दा कलुवापुरका रानाको मृत्यु

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुरमा आज चट्याङ लाग्दा पदम रानाको जनाको मृत्यु भएको छ । आइतबार कृष्णपुर नगरपालिका - ७ कलुवापुरका ३२ वर्षीय रानाको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नो घरको अगाडि आँगनमा बसेको बेला चट्याङ लागेर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी थिए ।...
कञ्चनपुरमा एक महिलाको मृत्यु,, हत्या गरेको आरोपमा श्रीमान र सौतासहित ३ जना पक्राउ

कञ्चनपुरमा एक महिलाको मृत्यु,, हत्या गरेको आरोपमा श्रीमान र सौतासहित ३ जना पक्राउ

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–११ मा कसी सुनारको शंकास्पद मृत्यु भएको हो। महाकाली नदी किनारामा बालुवा चालेर जीविकोपार्जन गर्दै आएकी कसीको सुतीरहेको बेला हत्या भएको मृतककी बुहारी र स्थानीयले आरोप लगाएका छन् । आरोपपछि सौता मिरा देवी सुनार, श्रीमान गोपाल सुनार र कान्छी पट्टिका छोरा अर्जुन सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता (डिएसपी)उमेश जोशीले जानकारी दिए । मृतक कसीको शव पोस्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको बताइएको छ। प्रहरी कार्यालय कञ्चनपुरले पोस्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको बताएको छ। बेहोस अवस्थामा फेला परेकी उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।  ...
कञ्चनपुरमा टेलर गाडीको ठक्करबाट बैतडीका साउदको मृत्यु

कञ्चनपुरमा टेलर गाडीको ठक्करबाट बैतडीका साउदको मृत्यु

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा टेलर गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। बैतडीको शिबनाथ गाउपालिका–५ सरमाईली घर भई हाल पुनर्वास नगरपालिका–९ “ख” गाँउ दाजुको घरमा बस्दै आएको ४० वर्षीय सुन्दर सिंह साउदको टेलर गाडीले ठक्करबाट मृत्यु भएको हो । पुनर्वास नगरपालिका–९ “ख” गाँउ खाती चोकमा पुनर्वासबाट धनगढी तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ क ५९२ नम्बरको टेलर गाडीले आइतवार ठक्कर दिँदा साउदको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टेलर गाडी र चालक भीमदत्त नगरपालिका–११ भुजेला बस्ने ३८ वर्षीय पिताम्बर कलौनीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ।...
सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहबाट ३ सय ७२ विद्यार्थी दीक्षित

सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहबाट ३ सय ७२ विद्यार्थी दीक्षित

Breaking News 3, कन्चनपुर, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा ३ सय ७२ विद्यार्थी दीक्षित भएका छन्। प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आइतवार सम्पन्न दीक्षान्त समारोहमा उक्त संख्यामा विद्यार्थी दीक्षित भएका हुन् । समारोहमा मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इन्जिनियरिङ र कृषि विज्ञान संकायका स्नातक तथा स्नातकोत्तर विद्यार्थीहरूले उपाधि प्राप्त गरेका थिए । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कैलालीस्थित गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रूपमा स्तरोन्नति गर्ने योजना रहेको बताए। उनले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रूपमा विकास गर्न आफूले पहिलेदेखि नै पहल गरिरहेको उल्लेख गरे। त्यसैगरी, उनले डडेल्धुराको परशुराम क्षेत्र जोड्ने पुल र सीमा क्षेत्रमा निर्माण हुने अन्य पुलबारे समेत चर्चा गरे। आफ्नो अघिल्लो कार्यकालमा ...
हत्या अभियोगमा फरार कञ्चनपुरका कांग्रेस नेता काठमाडौंबाट पक्राउ

हत्या अभियोगमा फरार कञ्चनपुरका कांग्रेस नेता काठमाडौंबाट पक्राउ

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, समाचार
धनगढी- कञ्चनपुरमा हत्या अभियोगमा फरार रहेका नेपाली कांग्रेसका एक नेतालाई पक्राउ गरिएको छ। जिल्लाको वेदकोट नगरपालिका–१ का ३४ वर्षीय उद्धव बोहरालाई काठमाडौंबाट पक्राउ गरिएको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक(एसपी) चक्रराज जोशीले जानकारी दिए। उनकाअनुुसार बोहरालाई काठमाडौँबाट पक्राउ गरेर कञ्चनपुर ल्याइएको छ। नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला कार्य समिति सदस्य समेत रहेका बोहरामाथि वेदकोटकै हर्कबहादुर खडायतको हत्या गरेको अभियोग छ। एसपी जोशीले बोहरासहितको समूहले २८ कात्तिक २०८० मा वेदकोट नगरपालिका–१ हात्तीथलामा देउसी–भैलो हेरेर फर्किरहेका बेला खडायतलाई घेरा हालेर कुटपिट गरेको बताए। तत्कालीन समयमा पाँच जनाविरुद्ध कर्तव्य ज्यान उद्योग शिर्षकमा मुद्दा दर्ता भएकोमा चक्र बोहरा पक्राउ परेका थिए। तर खडायतको उपचारका क्रममा १० पुस २०८० मा मृत्यु भएपछि भने कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरिएको थिय...
अमृताको पेटको बच्चा उल्टो रहेको आशंका, पाँच सय नहुँदा गर्भ परिक्षण रोकियो

अमृताको पेटको बच्चा उल्टो रहेको आशंका, पाँच सय नहुँदा गर्भ परिक्षण रोकियो

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा पैसा नहुँदा एक गर्भवती महिलाको गर्भ परिक्षण रोकिएको छ । जिल्लाको पुनर्वास नगरपालिका–१० विकास बस्तीकी अमृता चौधरीको पाँच सय रुपैयाँ नहुँदा गर्भ परिक्षण रोकिएको हो । अहिले अमृताको पेटमा नौ महिनाको बच्चा छ। स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूले भिडिओ एक्सरे गर्न सुझाव दिएका छन्। पेटमा रहेको बच्चा उल्टो रहेको आशंका गर्दै स्वास्थ्यकर्मीले परीक्षणका लागि आग्रह गरेका हुन्। यता अमृतासँग भने पैसा छन्। उनका श्रीमान दैनिक ज्यालादारीको काम गर्न धनगढी आउछन्। उनले परिवारको पालन पोषण गर्नु छ। आँखाको शल्यक्रिया गर्दा लिएको ऋणको मासिक १३ हजार किस्ता तिर्दै आएका छन् । आर्थिक अभावका कारण अमृताले भिडिओ एक्सरे गर्न पाएकी छैनन्। श्रीमानले धनगढीमा दैनिक ज्यालाबाट कमाएको रकमले उनीहरू चामल, दाल, नुन, तेल लगायतको सामान खरिद गरेर खाने गरेका छन्। शारीरिक अपाङ्ग रहेकी अमृताको घरमा २ सन्तान...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज