Advertisement

खप्तड छेडेदह गाउँपालिकामा एम्बुलेन्स र जेसिभीको पूजा सम्पन्न, सेवा विस्तारमा नयाँ गति

Advertisement

बाजुरा — बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज एक विशेष समारोहका साथ नयाँ एम्बुलेन्स र जेसिभी (JCB) को पूजा तथा उद्घाटन सम्पन्न गरिएको छ। गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले यी दुई महत्वपूर्ण सवारी साधन सञ्चालनमा ल्याएको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। विधिपूर्वक पूजापाठ गरी एम्बुलेन्सलाई स्वास्थ्य सेवा तथा जेसिभीलाई भौतिक पूर्वाधार निर्माणका लागि सञ्चालनमा ल्याइएको घोषणा गरियो।

गाउँपालिका अध्यक्ष दिल बहादुर रावत ले कार्यक्रममा बोल्दै भने, “हामी गाउँपालिकालाई आत्मनिर्भर, सुव्यवस्थित र सेवा–मुखी बनाउन लागि परेका छौं। आजबाट सञ्चालनमा ल्याइएको एम्बुलेन्सले दुर्गम बस्तीका नागरिकलाई आपत्कालीन स्वास्थ्य सेवामा सहज पहुँच दिनेछ भने जेसिभीले स्थानीय विकास निर्माण कार्यलाई गति दिनेछ।”

त्यस्तै, गाउँपालिका उपाध्यक्ष बिशु देवि नाथ ले भनिन्, “यो पहल हाम्रो योजनाबद्ध कामको एउटा हिस्सा हो। अब हाम्रा नागरिकलाई आकस्मिक स्वास्थ्य सेवा लिन पहाड पार गर्नुपर्ने बाध्यता हट्नेछ। साथै, स्थानीय पूर्वाधार निर्माणमा पनि ठुलो सहजता आउनेछ। हामी समग्र गाउँपालिकालाई सेवा प्रवाहमा सक्षम बनाउन निरन्तर लागिरहेकै छौं।”

त्यस्तै नि.प्रमुख प्रशासकीय अधिकृत नन्द बहादुर रावत ले एम्बुलेन्स सेवा सञ्चालनसँगै आकस्मिक अवस्थामा बिरामीलाई तत्काल नजिकको स्वास्थ्य संस्था वा जिल्ला अस्पतालसम्म पुर्याउन सहज हुने विश्वास व्यक्त गरे। यस्तै, प्राविधिक शाखाका प्रतिनिधिहरूले जेसिभी प्रयोगबाट बाटो मर्मत, साना पूर्वाधार निर्माण, डोजर कार्य लगायतका सेवामा गुणस्तर र तीव्रता आउने बताए।

गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटबाट एम्बुलेन्स तथा जेसिभी खरिद गरेको हो। समारोह अन्त्यपछि स्थानीयबासीहरूले गाउँपालिकाको यो पहललाई सराहना गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज