Advertisement

अछाम

चितामा आमा जलिरहिन्, उनीहरू टोलाइरहे

चितामा आमा जलिरहिन्, उनीहरू टोलाइरहे

अछाम
अछामः आमाको चितामा दागबत्ती दिए। अनि, थचक्क बसे। एकले अर्कोको मलिन अनुहार हेरे। दाइले भाइलाई अँगालो हाले। अनि, दाजुभाइले आँसु झारे। त्यसपछि, चुपचाप टोलाइरहे। मलामीमा सन्नाटा छायो। दाजुभाइको त्यो अबोधपना र प्रेम देखेर मलामीका आँखा रसाए। ढुंगाचाल्नाकी सरिता जैसीले अस्पताल नपुग्दै बाटोमै बच्चा जन्माइन्। साल आएन। अनि, ज्यान गयो। चार छोराछोरी टुहुरा भए। सबैभन्दा जेठी छोरी मनिषा हुन्। दुई छोरा छन्। ९ वर्षका युवराज र ७ वर्षका लक्ष्मण। दाजुभाइले आमा सरिताको चितामा दागबत्ती दिएका थिए। विज्ञापन सरिताका पति अपांग छन्। त्यसैकारण, नवजात शिशु र अरू तीन छोराछोरीको स्याहारसुसार र भविष्यलाई लिएर मलामीहरू पनि चिन्तित बने। टुहुरा दाजुभाइलाई सान्त्वना त दिए। तर, टुहुरा बालबालिकाको भविष्य भने अनिश्चित नै छ। बिहीबार सुत्केरी व्यथा लागेपछि सरितालाई स्ट्रेचरमा बोकेर ढु...
हेलिकप्टर मार्फत अछाममा सुत्केरीको उद्धार

हेलिकप्टर मार्फत अछाममा सुत्केरीको उद्धार

Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, घटना, ट्रेन्डिङ, ताजा अपडेट, सुदूरपश्चिम
अछाम । यहाँको एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । ढकारी गाउँपालिका– ६ ढुङ्गाचाल्नाकी ३१ वर्षीया कौशीकुमारी बुढालाई सुत्केरी ब्यथा लागेर ढुङ्गाचाल्ना स्वास्थ्य चौकीमा ल्याइएकामा सुत्केरी हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । ग्रामीण सडक खराब भएकाले एम्बुलेन्सद्वारा उद्धार गर्न नसकिने भएकाले सुत्केरीको हेलिकप्टरमार्फत उद्धारगरी थप उपचारका लागि सुर्खेत लगिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।...
रक्सी खाएपछि अछामका समन्वय प्रमुख र कांग्रेसका नेता बिच हानाहान

रक्सी खाएपछि अछामका समन्वय प्रमुख र कांग्रेसका नेता बिच हानाहान

Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवर र नेपाली कांग्रेस अछामका प्रवक्ता पदम शाहबीच झगडा हुदाँ कुँवर घाइते भएका छन् । आइतबार राति जिल्ला समन्वय समितिको कार्यालयस्थित सरकारी निवासमा संगै मदिरा सेवन गरेका कुँवर र शाहबीच विवादपछि कुटपिट भएको हो। कुटपिटका क्रममा समन्वय प्रमुख कुँवरको टाउकोमा गम्भीर चोट लागेको छ। घटनापछि कुँवरलाई जिल्ला अस्पताल अछाममा भर्ना गरिएको छ भने शाहलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता (डिएसपी) इश्वरीप्रसाद भण्डारीका अनुसार मदिरा सेवनपश्चात व्यक्तिगत विवादले उग्र रूप लिएपछि सरकारी निवासमै झगडा भएको थियो। प्रहरीले दुबै जनामाथि थप अनुसन्धान गरिरहेको छ। घटनाका दुबै जना नेपाली कांग्रेसका नेता भएकोले पार्टीभित्र समेत यो घटना बारेमा चर्चा चलेको छ। अहिले कुँवरको स्वास्थ्य अवस्था सामान्य रहेको छ।...
अछामको मंगलसेनमा खरिद ऐनविपरीत ३३ लाख ५८ हजारका औषधि खरिद

अछामको मंगलसेनमा खरिद ऐनविपरीत ३३ लाख ५८ हजारका औषधि खरिद

अछाम, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछामको मंगलसेन नगरपालिकाले खरिद ऐनविपरीत औषधि खरिद गरेको छ। नगरपालिकाले सूचना समेत जारी नगरेरै ३३ लाख ५८ हजार ५८४ मूल्यका औषधि खरिद गरेको हो। सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उप–नियम १ (क) मा २० लाख रुपैयाँसम्मको औषधिजन्य मालसामान उत्पादकले राष्ट्रियस्तरको समाचार पत्रमा सूचना प्रकाशित गरेर तोकिएको विक्री मूल्यमा सोझै खरिद गर्न सकिने व्यवस्था छ। आपुर्ति हुने औषधि डब्लुएचओ सटीफाइड हुनुपर्ने, औषधिको उत्पादन मिति, ब्याच नम्बर र म्याद समाप्त मिति उल्लेख गरेर सम्वन्धित विषय विज्ञबाट मुचुल्का उठाएर राख्नुपर्नेमा त्यस्तो कुनै काम गरिएको छैन्। साथै खरिद गरिएका औषधिको गुणस्तर म्याद सम्बन्धमा एकीन आधार समेत फेला परेको छैन्। औषधिको खर्च घटाउँदा माग फारमको आधारमा घटाउनुपर्नेमा एकमुष्ट घटाउने काम भएको समेत पाइएको छ।...
अछामको चौरपाटी गाउँपालिका द्वारा नयाँ शाखा सडक उद्घाटन

अछामको चौरपाटी गाउँपालिका द्वारा नयाँ शाखा सडक उद्घाटन

अछाम, मुख्य समाचार, सुदूरपश्चिम
अछामको चौरपाटी गाउँपालिकाले यस आर्थिक वर्ष को बजेट कटौती भए पछि पालिकाको आफ्नै स्काइभेटर लाई प्रयोग गर्दै धमाधम बिकास निर्माणका कार्यहरुलाई निरन्तरता दिई अघि बढेको छ ।  सोहि क्रम मा आज पनि गाउँ पालिका का अध्यक्ष भिम बहादुर साउद ले आज गाउँपालिका वडा न.१ अन्तर्गत पर्ने पातल देखि चिनेसाझ सम्म को १ किलोमिटर दुरी मा रहेको स्थानीय सरकार आएको महसुस नै नभएका बस्तिमा  सडक निर्माण को उद्घाटन गरेका छन। उक्त उद्घाटन कार्यक्रम मा सोही वडा का वडाअध्यक्ष वीर बहादुर थापा सहित ८५ वर्ष का  ज्येष्ठ नागरिक र थुप्रै महिला दिदिबहिनी हरुको समेत  उपस्थिती रहेको थियो ।  बर्सौ देखि सडक को प्रतीक्षा मा रहेका चिनेसाझ गाउँका बासिन्दाहरु खुसिले हर्सित भएका छन । अब पालिका सम्म जोड्ने उक्त बाटो पाएको मा त्यहा को जनजीवन सहज हुने स्थानिहरु बताउछन । यसको सम्पुर्ण श्रेय पालिका अध्यक्ष ...
ढकारी गाउँपालिका को गाउँ सभाको १३ औ अधिबेशन सम्पन्न

ढकारी गाउँपालिका को गाउँ सभाको १३ औ अधिबेशन सम्पन्न

अछाम, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम जिल्ला को ढकारी गाउँपालिकाको गाउँ सभाको १३ औ अधिबेशन सफलतापुर्ब सम्पन्न भएको छ । गाउँपालिका को आर्थिक वर्ष २०८१/०८२ को निति तथा कार्यक्रम पनि प्रस्तुत गरेको छ । " स्वास्थ्य , शिक्षा , कृषि र पुर्वाधार  , ढकारी का बलिया आधार " भन्ने मुल नारा लाई   स्थापित गर्ने कुरा यस बर्ष को नीति तथा कार्यक्रम ले प्रष्ट गरेको गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउद ले कार्यक्रम मा बोलेका छन ।  नेपाल सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय आकांक्षा अनुरुप गाउँपालिका को सन्तुलित समन्यायिक र समाबेशी विकास गरि उच्च आर्थिक वृद्धिदर हासिल गर्ने र गरिबी निवारण गर्ने लक्षका साथ ढकारी गाउँपालिकाले लिएको " स्वास्थ्य , शिक्षा , कृषि र पुर्वाधार  , ढकारी का बलिया आधार " को नारालाई साकार पार्न वर्तमान अर्थतन्त्रको संकट र अनियन्त्रित महङ्गीबाट नागरिक लाई सुरक्षित र सिथिल अर्थतन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज