दुबईक्षेत्रीय समितीको अध्यक्षमा अशोक बोगटी
। सुदूरपश्चिमेली नेपाली समाज यूएईको दुबईक्षेत्रीय समितिको अध्यक्षमा अशोक बोगटी सर्वसम्मत चयन भएका छन् । सुदूरपश्चिमेली नेपाली समाज यूएईको छैटौं केन्द्रिय कार्यसमितिको पाँचौं मासिक बैठकले बोगटीको नेतृत्वमा २० सदस्यीय कार्यसमिति गठन गरेको हो ।
नयाँ कार्यसमितिमा उपाध्यक्ष सरिता साउँद, सचिव चन्द्रिका ओझा, सहसचिव गोबिन्द खड्का, कोषाध्यक्ष अविनास बोगटी र सहकोषाध्यक्ष विद्य बिष्ट चयन भएका छन्। सदस्यहरुमा करिश्मा बोहरा, पूजा खत्री, दिपा नागरी, देवकी जोशी, निर्मला बिष्ट, महेन्द्र शाही, आनन्द ऐर, राज्यश्वरी बिक, मथुरा भुल, सुनिता भण्डारी, तारा भुल, कोपिला गौतम, टीका बिष्ट र मनोज बिष्ट रहेका छन् ।
बैठक समाजका अध्यक्ष प्रकाशदत्त बडुको अध्यक्षतामा बरदुबईस्थित लुम्बिनी ड्रीम गेस्ट हाउसमा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थापक सदस्य जनकराज भट्ट, दामोदर ठगुन्ना, शिवराज तिमील्सैना लगायत केन्द्रीय पद...











