Advertisement

ट्रेन्डिङ

सरकारको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब

सरकारको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ देखिएको छ । सार्वजनिक ऋण व्यस्थापन कार्यालयले आइतबार सार्वजनिक गरेको वैशाख मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । चालू आवको १० महिनामा मात्रै यो एक खर्ब ८८ अर्ब ३० करोड रुपैयाँले बढेको छ । गत आवको अन्त्यसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ थियो । त्यसमा समीक्षा अवधिमा सरकारको ऋण प्राप्ति तीन खर्ब ९० अर्ब ८३ करोड रुपैयाँ छ भने ऋण भुक्तानी दुई खर्ब ५० अर्ब ७१ करोड रुपैयाँ छ । यसैगरी, विदेशी मुद्राको विनिमय दरमा आएको परिवर्तनले ऋणको दायित्वको ४८ अर्ब १९ करोड रुपैयाँ थपिएको थियो । यसरी वैशाख  मसान्तसम्म सरकारको ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ कायम भएको हो । त्यसमा आन्तरिक ऋण १२ खर्ब ६६ अर्ब ७० करोड रुपैयाँ र विदेशी ऋण १३ खर्ब ५५ अर्ब ६९ करोड रुपैयाँ छ । गत असारसम्म सरकारको आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० कर...
पुल अभावले बागथला–बिजगडा सडक वर्षातमा अवरुद्ध हुने- सरोकारवाला मौन

पुल अभावले बागथला–बिजगडा सडक वर्षातमा अवरुद्ध हुने- सरोकारवाला मौन

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बागथला–बिजगडा सडक खण्डअन्तर्गत रातागडा खोला । तस्बिर : सुरेश धामी बझाङ: बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका हुँदै बुङ्गल नगरपालिका जोड्ने बागथला–बिजगडा सडकखण्डअन्तर्गतको रातागडा खोलामा स्थायी पुल नहुँदा प्रत्येक वर्ष वर्षातको समयमा सडक अवरुद्ध हुने समस्या हुँदै आएको छ । यो सडक बुङ्गल नगरपालिकाको प्रमुख आवागमन मार्ग हो । अधिकांश स्थानमा ग्राभेल गरिएको छ भने केही ठाउँमा कालोपत्रे कार्यसमेत भइरहेको छ । तर रातागडा खोलामा अझै पनि स्थायी पुल निर्माण नहुँदा यातायात सञ्चालनमा अहिले पनि समस्या भइरहेको छ । स्थानीय बासिन्दा महेश जोशीका अनुसार, “यसअघि पनि हरेक वर्ष यही खोलामा पानीको बहाव बढ्दा सडक अबरुद्ध हुने गरेको थियो । गत वर्ष लामो समयसम्म सडक बन्द हुँदा बुङ्गल नगरपालिका भित्र खाद्यान्न, खाना पकाउने ग्यास लगायत दैनिक उपभोग्य सामग्रीको अभाव भएको थियो । यस वर्ष पनि त्यस्तै अवस्था दोहो...
राष्ट्रिय युवा संघ नेपाल : महासचिव पदमा विनय शाहको किन बलियो दाबी ?

राष्ट्रिय युवा संघ नेपाल : महासचिव पदमा विनय शाहको किन बलियो दाबी ?

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
कैलाली: नेकपा एमालेको सबैभन्दा बलियो मानिने जनसंगठन, राष्ट्रिय युवा संघ नेपाल, आफ्नो दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा छ । जेठ ९ देखि ११ गतेसम्म पोखरामा आयोजना हुने यो महाधिवेशनले युवा संघको नयाँ नेतृत्व चयन गर्दैछ । देशभरिबाट १ हजार ९०० प्रतिनिधिहरूको उपस्थितिमा हुने महाधिवेशनमा महासचिव पदका लागि अहिले ७ जनाको दाबी देखिए तापनि विनय शाह सबैभन्दा सशक्त उम्मेदवारका रूपमा अगाडि आएका छन् । महासचिव पदका लागि वर्तमान उपमहासचिव राजन थापा, सचिव निरोज पौडेल, कुबेर अधिकारी, खेम शर्मा, महेश चौलागाईं र पर्वत भण्डारीले पनि आ-आफ्नो दाबी गरेका छन् । तर, उमेर हदबन्दी र संगठनभित्रको सन्तुलनका हिसाबले थापाको उम्मेदवारी असहज देखिँदै गएको छ । बाँकी दावेदारहरूमध्ये संगठनभित्रको स्वीकार्यता, दृष्टिकोण र कार्यशैलीका हिसाबले विनय शाह सबैभन्दा सशक्त उम्मेदवारको रूपमा स्थापित हुँदै गएका छन् । पार्टीले हाल ३३९ सद...
हुलाकी राजमार्गकेन्द्रित अभियानपछि माओवादी मध्यपहाडी लोकमार्गमा 

हुलाकी राजमार्गकेन्द्रित अभियानपछि माओवादी मध्यपहाडी लोकमार्गमा 

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
प्रमुख प्रतिपक्ष दल माओवादीले शुक्रबारदेखि बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्गकेन्द्रित जनतासँग माओवादी जागरण अभियानको थालनी गरेको छ । तराईका जिल्लामा हुलाकी राजमार्गकेन्द्रित अभियान सकेपछि माओवादी पहाड उक्लिएको हो ।  पाटनमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यपहाडी लोकमार्गआसपासमा बस्ने नागरिकका समस्या सुनेर सिंहदरबारसम्म पु¥याउने र सरकारका गलत काममाथि खबरदारी गर्ने बताए । ‘मध्यपहाडका समस्या सिंहदरबारलाई सुनाउन यो अभियान चलाएको हो । राजमार्गकेन्द्रित माओवादीका अभियान तराई, पहाड र हिमालका बासिन्दाका कुरा सुन्ने र उनीहरूलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्ने रहेको छ,’ हुलाकी मार्गमा बसोबास गर्ने नागरिकका समस्या सुनेर वर्तमान सरकारसमक्ष प्रस्तुत गरेको बताउँदै प्रचण्डले भने । प्रचण्डले पछिल्लोपटक सरकारको नेतृत्व गर्दा सुशासनको पक्षमा काम गरेकाले बिचौलिया, दलालले सरकारबा...
प्रचण्ड देउवा टेलीफोन वार्ता पछि जनार्दन बुढानिलकण्ठमा

प्रचण्ड देउवा टेलीफोन वार्ता पछि जनार्दन बुढानिलकण्ठमा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
प्रमुख प्रतिपक्षी दल माओवादीले कांग्रेस सभापति तथा सत्तागठबन्धनका मुख्य नेता शेरबहादुर देउवासँग एकैदिन दुईपटक संवाद गरेको छ । शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवाको गृहजिल्ला डडेल्धुराबाट टेलिफोन संवाद गरेलगत्तै पार्टीका उपमहासचिव जनार्दन शर्माले बुढानीलकण्ठस्थित निवासमै पुगेर समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् । दुई सत्तारूढ दल कांग्रेस र एमालेबिच केही विषयमा मतभेद भइरहेका वेला विपक्षी दलका नेताहरूले देउवासँग संवाद गरेका हुन् । प्रचण्डको टेलिफोन वार्तालगत्तै शर्माले अलग्गै राजनीतिक भेटवार्ता गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । यद्यपि, दुवै पक्षले दुई वार्ताको विषयवस्तुबारे प्रस्ट पारेका छैनन् । कांग्रेसले भने भेटलाई सामान्य शिष्टचारका रूपमा अथ्र्याएको छ । मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान उद्घाटनका क्रममा डडेल्धुरा पुगेका प्रचण्डले देउवासँग टेलिफोन संवाद गर्...
राज्यमन्त्री खड्काले डडेल्धुरामा रिफ्रेस सेन्टर उद्घाटन, सडक सुरक्षामा नयाँ मोड

राज्यमन्त्री खड्काले डडेल्धुरामा रिफ्रेस सेन्टर उद्घाटन, सडक सुरक्षामा नयाँ मोड

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेमा निर्माण गरिएको ‘रिफ्रेस सेन्टर’ आइतबार औपचारिक रूपमा उद्घाटन गरेकी छन्। यह केन्द्र सवारी चालक, सहचालक र यात्रुहरूको सुविधाका लागि बनाइएको हो, र यसले प्रदेशका सात पहाडी जिल्लामा सवारी आवतजावतको प्रमुख प्रवेशद्वारको रूपमा कार्य गर्ने अपेक्षा गरिएको छ। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खड्काले शान्ति सुरक्षा सुदृढ बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखिन्। उनले सुदूरपश्चिममा फैलिँदो लागुऔषध दुव्र्यसनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै स्थानीय तहहरूलाई अझ बढी जिम्मेवार र सक्रिय बन्न आग्रह गरिन्। उक्त अवसरमा मन्त्री खड्काले जिल्ला प्रहरी कार्यालय डडेल्धुरालाई लागुऔषध परीक्षणका लागि १०० थान चेकजाँच किट हस्तान्तरण गरिन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्र...
सुदूरपश्चिमका सांसद संग प्रचण्डले डडेलधुरामा छलफल गर्ने

सुदूरपश्चिमका सांसद संग प्रचण्डले डडेलधुरामा छलफल गर्ने

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
डडेल्धुरा :  नेकपा माओवादी सुदूरपश्चिम संसदीय दल नेताको विवाद साम्य हुन सकेको छैन। अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विवाद टुंग्याउन छलफलका लागि माओवादीका १० सांसदलाई काठमाडौँ बोलाए पनि छलफल नै अघि बढ्न सकेन। दल नेताको समस्या समाधान गर्न २४ गते दाहालले सांसदहरूलाई काठमाडौँ बोलाएका थिए। तर उनी बाथरुममा लडेर घाइते भएपछि सबै सांसदहरूसंग वार्ता हुन नसकेको हो। दाहाललाई भेट्न काठमाडौँ गएका सांसदमध्ये माओवादी सुदूरपश्चिमका खगराज भट्ट समूहका सांसदहरूले मात्रै दाहाललाई आइतबार भेटेका थिए। दल नेतामा भट्टलाई पुनर्बहाली गर्ने दाहालको पुरानै आश्वासन उनीहरूले पाए। ‘विगतमा भएको निर्णय कार्यान्वयन गराउने आश्वासन दिनुभयो। पार्टीको निर्णय मान्न सबै तयार हुनुभएको छ,’ भट्ट समूहका एक सांसदले भने, ‘अहिले सबै सांसदहरूसँग छलफल गर्न सकिएन।’ उनका अनुसार अब डडेल्धुरामा जेठ १ गते दाहालले सबै सांसदसँग छलफल गर...
आजको मौसम: यी ठाउँमा हावाहुरी सहित वर्षाको सम्भावना

आजको मौसम: यी ठाउँमा हावाहुरी सहित वर्षाको सम्भावना

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । मधेस र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।...
आज बुद्ध जयन्ती: देशभर सार्वजनिक बिदा

आज बुद्ध जयन्ती: देशभर सार्वजनिक बिदा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतमको २५६९ औँ जन्म जयन्ती आज नेपालसहित विश्वका विभिन्न मुलुकमा मनाइँदैछ। बुद्ध जन्मजयन्तीका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ। नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिपूर्वक बुद्धजयन्ती मनाउँछन्। बुद्ध जयन्तीमा बुद्धको पूजा, आराधना एवं प्रवचन गर्ने गरिन्छ। इसापूर्व ५६३ अर्थात् २५६८ वर्षअघि वैशाख शुक्ल पूर्णिमाका दिन कपिलवस्तु जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको छोराका रूपमा सिद्धार्थ गौतमको जन्म भएको थियो।...
हुलाक डाँडामा फोहोर जलाइँदै, नगरपालिका विरुद्ध विरोधको तयारी

हुलाक डाँडामा फोहोर जलाइँदै, नगरपालिका विरुद्ध विरोधको तयारी

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा: धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व बोकेको हुलाक डाँडामा अमरगढी नगरपालिकाले २०७९ मंसिर १० गतेदेखि फोहोर जलाउँदै आएको छ। नगर प्रमुख डिलीराज जोशी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद उपाध्याय नेतृत्वको पालिकाले पटक–पटक ताकेता गर्दा पनि समस्या समाधान नगरेको स्थानीयको गुनासो छ। हुलाक डाँडा गोरखा भर्ती पदमार्ग, धार्मिक स्थल तथा पर्यटक आकर्षणको केन्द्र भएकाले वातावरणीय र सामाजिक दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ। तर, त्यही ठाउँमा फोहोर जलाउँदा प्रदूषण, जनस्वास्थ्यमा असर र आगलागीको खतरा बढिरहेको छ। नगरपालिकाले फोहोर व्यवस्थापनका लागि वैकल्पिक स्थानमा जमिन खरिद गरिसकेको भए पनि हालसम्म त्यसको प्रयोग नगरी पुरानै स्थानमा फोहोर जलाउँदै आएको छ। यसबाट नगरपालिकाको उदासीनता र गैरजिम्मेवारपन झल्किएको छ। स्थानीय बासिन्दाहरूले मेयर डिलीराज जोशीलाई अघिल्लो निर्वाचनमा असहयोग गरेको भन्दै...
विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि बझाङमा विशेष गोष्ठी सम्पन्न

विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि बझाङमा विशेष गोष्ठी सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: जिल्ला प्रशासन कार्यालय बझाङको सभाहलमा आज "विपद् व्यवस्थापन र योजना पुनर्निर्माण" विषयक एकदिने विशेष गोष्ठी भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुखहरू, प्राविधिक इञ्जिनियरहरू, तथा सम्बन्धित सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । गोष्ठीको अध्यक्षता प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहरा उपस्थित रहनुभएको थियो । कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्थानीय तहका प्रमुखहरू र प्राविधिक इञ्जिनियरहरूबीच गहन छलफल र अन्तरक्रिया भएको थियो । गोष्ठीका क्रममा विपद् व्यवस्थापन, योजना पुनर्निर्माण, भौतिक संरचना निर्माण तथा पुनर्स्थापनाका लागि आवश्यक दीर्घकालीन रणनीति, स्रोत व्यवस्थापन, र पूर्वतयारीबारे व्यापक छलफल गरिएको थियो । जिल्लाभरिका स्थानीय तहका प्रतिनिधिहरूले आफ्नो क्षेत्रका स...
‘पेटिकोट बेचेर रक्सी खान्छन्’: बुंगल नगरपालिकाका मेयरको विवादास्पद अभिव्यक्ति

‘पेटिकोट बेचेर रक्सी खान्छन्’: बुंगल नगरपालिकाका मेयरको विवादास्पद अभिव्यक्ति

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ: २०८२ साल बैसाख २४ गते बझाङको जिल्ला प्रशासन कार्यालयको आयोजनामा मदिरा नियन्त्रणसम्बन्धी एक महत्वपूर्ण बैठक सम्पन्न भयो । सो बैठकमा जनप्रतिनिधि, सरकारी कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि, नागरिक अगुवा, राजनीतिज्ञ तथा स्थानीय समुदायको बाक्लो उपस्थिति रहेको थियो । बैठकको मुख्य उद्देश्य बझाङ जिल्लामा मदिरा सेवन र यसको दुर्व्यसनबाट उत्पन्न हुने सामाजिक समस्या समाधान गर्न आवश्यक रणनीति तयार गर्नु थियो । उक्त कार्यक्रममा बुंगल नगरपालिकाका मेयर जयबहादुर धामीको अभिव्यक्ति भने अहिले विवादको भुमरीमा परेको छ । मेयर धामीले आफ्नो मन्तव्य राख्ने क्रममा 'मेरा बुंगलबासि श्रीमतीको पेटिकोट सम्म बेचेर रक्सी खान्छन्' भनी दिएको टिप्पणीले स्थानीय समुदायमा आक्रोश सिर्जना गरेको छ । बझाङको स्थानीय संस्कृति र परम्परामा 'पेटिकोट' शब्दलाई अश्लील तथा अपमानजनक मानिने भएकाले, एक जिम्मेवार जनप्रतिनिधिबाट यस्तो ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज