Advertisement

ट्रेन्डिङ

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: जलवायु परिवर्तन र प्लास्टिक प्रदूषण न्यूनीकरणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज बझाङका प्रमुख जिल्ला अधिकारी श्री कैलाश बहादुर ठकुराठी र सहायक प्रमुख जिल्ला अधिकारी श्री सत्य कुमारी जोशीलाई बाँसबाट निर्मित वातावरणमैत्री कप (Bamboo Cup) हस्तान्तरण गरिएको छ। उक्त भेट जिल्ला प्रशासन कार्यालय, बझाङको कार्यकक्षमा सम्पन्न भएको हो। कपहरू IFRC र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सञ्चालित “परिवर्तक – The Changemaker” अभियान अन्तर्गतको “Green Growth: From Trash to Tree” कार्यक्रम मार्फत तयार पारिएका हुन्। कप हस्तान्तरण कपिल बिष्टद्वारा गरिएको हो, जो “परिवर्तक – The Changemaker” अभियानका अभियानकर्ता (campaigner) हुनुहुन्छ, साथै सुङकुडा क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष समेत हुनुहुन्छ। भेटका क्रममा **प्रमुख जिल्ला अधिकारी श्री ठकुराठीले युवाले उठाएका यस्त...
४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

Breaking News 1, Breaking News 2, Breaking News 3, कर्णाली प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, मुगु, समाचार
४४ लाखको सडक योजनामा २३ लाख रुपैयाँ बजेट हिनामिना भएको छ। नभएको काम भएको देखाएर सडक आयोजनाको बजेट हिनामिना गरेको आरोपमा त्यसमा संलग्न ११ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको छ। मुगुको सोरु गाउँपालिकामा सडक निर्माण गर्दा वास्तविक कामभन्दा बढी मूल्यांकन गरी रकम हिनामिना गरेको अख्तियारको दावी छ। गाउँपालिकामा आर्थिक वर्ष ०७७/७८ मा मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाको वडा नं १० स्थित शहीदगेटदेखि कोटसम्म सडक निर्माण योजनामा भ्रष्टाचार भएको हो। आरोपपत्रमा उल्लेख भए अनुसार आयोजनाको कुल लागत अनुमान ४३ लाख ९५ हजार तयार गरी निर्माण योजनामा उपभोक्ता समिति गठनपूर्व नै योजना सम्झौता गरी कार्यादेश दिइएको थियो। स्वीकृत लागत अनुमानबमोजिम कार्य नभएको, स्थलगत गई यथार्थपरक नापजाँच गर्नुपर्नेमा सो नगरी कम काम भएकोलाई बढी काम गरेको भनी प्राविधिक ...
राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजसंस्था पुनर्स्थापनाको प्रदर्शनमा सहभागी गराउने पूर्वपञ्च नेता नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको प्रयास असफल भएको छ । आन्दोलनमा सहभागी हुन सुवेदीले पठाएको पत्रको जवाफ दिनसमेत आवश्यक नठानिएको रास्वपाले प्रतिक्रिया दिएको छ । राजावादीले १५ चैत्रमा तीनकुनेमा हिंसात्मक प्रदर्शन गरेपछि उनीहरूको आन्दोलनमाथि प्रश्न छन् । सुवेदीले मंगलबारको मितिमा पठाएको पत्र रास्वपा कार्यालयमा बुधबार दर्ता भएको थियो । दर्ता नम्बर १०६ रहेको उक्त पत्र रास्वपाका कार्यबाहक सभापति डोलप्रसाद अर्याललाई सम्बोधन गरेर पठाइएको छ । हालको व्यवस्थाअन्तर्गत निष्पक्ष न्याय पाउन सकिनेमा सभापति रवि लामिछानेले शंका गरेको सन्दर्भ उल्लेख गर्दै सुवेदीले पत्रमा १५ जेठदेखि आयोजना हुने आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् । पार्टी कार्यबाहक प्रवक्ता मनीष झाले पत्रक...
आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

Breaking News 1, Breaking News 2, Breaking News 3, कर्णाली प्रदेश, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ७ मा निर्माणाधीन सार्वजनिक खानेपानी योजना भत्काउने बिरुद्ध प्रहरीमा उजुरी दिइएको छ । केही समुहले बन्दै गरेको योजनामा निर्माण को अन्तिम चरणमा रहेको कलेक्सन च्याम्बर सहित अन्य निर्माण सामग्रीमा पुर्ण क्षति पुर्‍याएको र योजना अवरुद्ध गर्ने उद्देश्यले तोडफोड गरेको भन्दै उपभोक्ता समितिले उजुरी दिएका हुन्। गत सोमबार बिहान १० :३० बजेको समयमा आठबिसकोट नगरपालिका-८ की निर्वाचित वडा सदस्य बल कुमारी बुढाको नेतृत्वमा आएको महिला पुरुष सहित ८३ जनाको समुहले आठविसकोट नगरपालिका वास इकाई सबैको लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना अन्तर्गत सञ्चालित आठविसकोट नगरपालिका वडा नम्वर ७ को लाँता गगुनपानी जेबीचौर खानेपानी तथा सरसफाइ योजनाको खानेपानी मुहान भएको आठविसकोट नगरपालिका वडा नं ८ स्थित लाँता भन्ने स्थानमा निर्माण को अन्तिम चरणमा रह...
आजको मौसम कस्तो रहला ?

आजको मौसम कस्तो रहला ?

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्नेछ ।...
बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीमा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ । मंगलबार गोदावरी नगरपालिका- १ मा कोठा भाडामा बस्दै आएकी २४ वर्षीया चन्द्रा आचार्यले सडकमै छोरालाई जन्म दिएकी थिइन् । आचार्यलाई सुरक्षित प्रसूति गराउन प्रहरी जवान चन्द्रिका देउवाले सहयोग गरेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रसंशा पत्र र रेकर्डमा जनिने गरी पुरस्कृत गरेको हो । कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरे । ‘बाटोमा व्यथा लागेर छट्पटाइरहेकी महिलालाई प्रसूति गराउन सघाएर सुरक्षित रूपमा अस्पतालसम्म पुर्‍याएर उत्कृष्ट कार्य गरेकाले प्रहरी जवान देउवालाई पुरस्कृत गरिएको हो,’ एसपी राणाले भने । मंगलबार बिहान बाटोमा एक महिला बिरामी परेको खबर प्रहरीलाई प्राप्त भएको थियो । महिला बिरामी रहेको खबर प...
साईबर कानुनबारे गाउँका विद्यार्थीलाई पढाउँदै प्रहरी

साईबर कानुनबारे गाउँका विद्यार्थीलाई पढाउँदै प्रहरी

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
साइबर अपराध हुन नदिन विद्यार्थीमार्फत समुदायमा चेतना फैलाउन प्रहरीले यहाँका विद्यालयमा साइबार कानुनसम्बन्धी कक्षा सञ्चालन गरेको छ । कक्षा नाैदेखि १२ सम्मका विद्यार्थीलाई प्रहरीले पढाउन थालेको छ । सिद्धिचरण नगरपालिका– ११ को जाल्पा माध्यमिक विद्यालयबाट सुरु भएको साइबर अपराध न्यूनीकरणबारे सचेतना कक्षा ओखलढुंगाका सबै पालिकाका विद्यालयमा सञ्चालन हुने जिल्लाका प्रहरी प्रमुख मदन केसीले बताए। जाल्पा माध्यमिक विद्यालयका शिक्षक बेचन अधिकारीले अभियानबाट विद्यार्थीमा चेतना अभिवृद्धि हुनुका साथै समाजमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । ‘प्रहरी मेरो साथी’ भनाइलाई यस्ता अभियानले सार्थक बनाउने उनले बताए । यसैबिच, जिल्लाका दुर्गम क्षेत्रका विद्यालयमा पनि कक्षा सञ्चालन हुनुपर्नेमा स्थानीयले जोड दिएका छन् । यसअघि पनि जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न विद्यालयमा बालविवाह र लागुऔषधविरु...
आठबिसकोटमा चट्याङ लागेर दुई जना घाईते

आठबिसकोटमा चट्याङ लागेर दुई जना घाईते

Breaking News 1, Breaking News 3, घटना, ट्रेन्डिङ, मुख्य समाचार, समाचार
रुकुम पश्चिमको आठबिसकोटमा चट्याङ लागेर दुई जना महिला घाईते भएकी छन्। आज बिहान आठबिसकोट नगरपालिका ८ मा परेको चट्याङको लागेर उक्त वडाका दुई जना महिला घाईते भएको ईलाका प्रहरी कार्यालय आठबिसकोटले जनाएको छ । घाईते हुनेमा वडा नम्वर ८ की ४२ वर्षीया खम्बी चदारा र वडा नम्वर ७ की ४५ वर्षीया शसिली नेपाली रहेको प्रहरीले जनाएको छ । वडा नम्वर ८ का अध्यक्ष खगेन्द्र बिकको घर नजिकै चट्याङ परेको जनाईएको छ । उनीहरुको अहिले आठबिसकोट नगर अस्पतालमा उपचार भैरहेको छ ।...
आज हावाहुरी सहित यिँ प्रदेशमा भारी वर्षा हुने

आज हावाहुरी सहित यिँ प्रदेशमा भारी वर्षा हुने

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं : कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशको एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्चपहाडी तथा हिमाली भेगगका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै...
सरकारको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब

सरकारको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ देखिएको छ । सार्वजनिक ऋण व्यस्थापन कार्यालयले आइतबार सार्वजनिक गरेको वैशाख मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । चालू आवको १० महिनामा मात्रै यो एक खर्ब ८८ अर्ब ३० करोड रुपैयाँले बढेको छ । गत आवको अन्त्यसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ थियो । त्यसमा समीक्षा अवधिमा सरकारको ऋण प्राप्ति तीन खर्ब ९० अर्ब ८३ करोड रुपैयाँ छ भने ऋण भुक्तानी दुई खर्ब ५० अर्ब ७१ करोड रुपैयाँ छ । यसैगरी, विदेशी मुद्राको विनिमय दरमा आएको परिवर्तनले ऋणको दायित्वको ४८ अर्ब १९ करोड रुपैयाँ थपिएको थियो । यसरी वैशाख  मसान्तसम्म सरकारको ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ कायम भएको हो । त्यसमा आन्तरिक ऋण १२ खर्ब ६६ अर्ब ७० करोड रुपैयाँ र विदेशी ऋण १३ खर्ब ५५ अर्ब ६९ करोड रुपैयाँ छ । गत असारसम्म सरकारको आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० कर...
पुल अभावले बागथला–बिजगडा सडक वर्षातमा अवरुद्ध हुने- सरोकारवाला मौन

पुल अभावले बागथला–बिजगडा सडक वर्षातमा अवरुद्ध हुने- सरोकारवाला मौन

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बागथला–बिजगडा सडक खण्डअन्तर्गत रातागडा खोला । तस्बिर : सुरेश धामी बझाङ: बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका हुँदै बुङ्गल नगरपालिका जोड्ने बागथला–बिजगडा सडकखण्डअन्तर्गतको रातागडा खोलामा स्थायी पुल नहुँदा प्रत्येक वर्ष वर्षातको समयमा सडक अवरुद्ध हुने समस्या हुँदै आएको छ । यो सडक बुङ्गल नगरपालिकाको प्रमुख आवागमन मार्ग हो । अधिकांश स्थानमा ग्राभेल गरिएको छ भने केही ठाउँमा कालोपत्रे कार्यसमेत भइरहेको छ । तर रातागडा खोलामा अझै पनि स्थायी पुल निर्माण नहुँदा यातायात सञ्चालनमा अहिले पनि समस्या भइरहेको छ । स्थानीय बासिन्दा महेश जोशीका अनुसार, “यसअघि पनि हरेक वर्ष यही खोलामा पानीको बहाव बढ्दा सडक अबरुद्ध हुने गरेको थियो । गत वर्ष लामो समयसम्म सडक बन्द हुँदा बुङ्गल नगरपालिका भित्र खाद्यान्न, खाना पकाउने ग्यास लगायत दैनिक उपभोग्य सामग्रीको अभाव भएको थियो । यस वर्ष पनि त्यस्तै अवस्था दोहो...
राष्ट्रिय युवा संघ नेपाल : महासचिव पदमा विनय शाहको किन बलियो दाबी ?

राष्ट्रिय युवा संघ नेपाल : महासचिव पदमा विनय शाहको किन बलियो दाबी ?

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
कैलाली: नेकपा एमालेको सबैभन्दा बलियो मानिने जनसंगठन, राष्ट्रिय युवा संघ नेपाल, आफ्नो दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा छ । जेठ ९ देखि ११ गतेसम्म पोखरामा आयोजना हुने यो महाधिवेशनले युवा संघको नयाँ नेतृत्व चयन गर्दैछ । देशभरिबाट १ हजार ९०० प्रतिनिधिहरूको उपस्थितिमा हुने महाधिवेशनमा महासचिव पदका लागि अहिले ७ जनाको दाबी देखिए तापनि विनय शाह सबैभन्दा सशक्त उम्मेदवारका रूपमा अगाडि आएका छन् । महासचिव पदका लागि वर्तमान उपमहासचिव राजन थापा, सचिव निरोज पौडेल, कुबेर अधिकारी, खेम शर्मा, महेश चौलागाईं र पर्वत भण्डारीले पनि आ-आफ्नो दाबी गरेका छन् । तर, उमेर हदबन्दी र संगठनभित्रको सन्तुलनका हिसाबले थापाको उम्मेदवारी असहज देखिँदै गएको छ । बाँकी दावेदारहरूमध्ये संगठनभित्रको स्वीकार्यता, दृष्टिकोण र कार्यशैलीका हिसाबले विनय शाह सबैभन्दा सशक्त उम्मेदवारको रूपमा स्थापित हुँदै गएका छन् । पार्टीले हाल ३३९ सद...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज