मिश्रलाई ६० दिन नै हिरासतमा राख्ने सरकारको रणनीति, आपराधिक उपद्रवको मुद्दा पनि चलाइयो
Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सरकारले ६० दिन नै हिरासतमा राख्ने रणनीति लिएको छ । मिश्रविरुद्ध सातौँपटक आपराधिक उपद्रव कसुरमा सात दिन र राज्यविरुद्धको कसुरमा पाँच दिन म्याद थप गरेपछि उनलाई ६० दिनसम्म नै हिरासत राख्ने रणनीतिमा प्रहरी देखिएको हो ।
गत १५ चैतमा राजावादी आन्दोलनमा तीनकुनेमा भएको आगजनी तथा तोडफोडमा मिश्रसहित २५ विरुद्ध बिहीबार जिल्ला अदालत काठमाडौंबाट सातौँपटक म्याद थप भएको छ । म्याद थप गरिनेमा राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कमान्डर दुर्गा प्रसाईं पनि छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले मिश्रसहितका २५ अभियुक्तविरुद्ध दुई फरक–फरक मुद्दामा पाँच र सात दिनको म्याद थप भएको बताए । उनले भने, ‘मिश्रसहितका अभियुक्तविरुद्ध आपराधिक उपद्रवमा सात र राज्यविरुद्धको कसुरमा पाँच दिनको म...












