देशभर मनसुनी प्रभाव, पहाडी क्षेत्रहरूमा भारी वर्षाको सम्भावना
काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तथा मध्य नेपालमा सामान्यभन्दा उत्तरतिर, र पूर्वी भागमा सरदर स्थानको आसपासमा रहेको छ।
यसको प्रभावले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायतका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो: अधिकांश पहाडी भूभागमा तथा केही अन्य स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र कोशी, बागमती तथा गण्डकी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हिमपातसहितको वर्षा हुन सक्नेछ।
राति: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
सावधानी: कोशी, बागमती, गण्डकीलगायत पहाडी क्षेत्रहरूमा भारी वर्षाक...











