Advertisement

ताजा अपडेट

आज राति र भोलि देशका धेरै ठाउँमा आरिघोप्टे वर्षाको सम्भावना

आज राति र भोलि देशका धेरै ठाउँमा आरिघोप्टे वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ- जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति र भोलि देशका धेरै ठाउँमा मुसलधारेदेखि आरिघोप्टे वर्षाको सम्भावना रहेको छ । बङ्गालको खाडीमा विकसित प्रणाली उत्तर–पश्चिम सर्दै गरेकाले यसले आज राति र भोलि धेरै ठाउँमा ठूलो पानी पार्ने सम्भावना रहेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिनमार्फत जानकारी गराएको छ । महाशाखाका अनुसार देशभरको हिमाली/पहाडी भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँ तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईका एक/दुई ठाउँमा मुसलधारेदेखि आरिघोप्टे वर्षाको सम्भावना छ । यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ । आरिघोप्टे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानपछि प्राधिकरणले चेतावनी जारी गर...
वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- चालु वर्षको वैशाख १ गतेदेखि हालसम्मको विवरण हेर्दा प्राकृतिक विपद्का कारण ठूलो मानवीय क्षति भएको देखिएको छ। प्राप्त तथ्याङ्कअनुसार यस अवधिमा सर्पदंशबाट मात्रै ३९ जनाको मृत्यु भएको छ। त्यस्तै, चट्याङबाट २५, लेक लागेर २१, आगलागी र वन्यजन्तुको आक्रमणबाट १७–१७ जनाको मृत्यु भएको छ। हावाहुरी र पहिरोका कारण १३–१३ जनाले ज्यान गुमाएका छन् भने बाढीबाट १० र भारी वर्षाका कारण ४ जनाको मृत्यु भएको छ। त्यस्तै ढुंगा पल्टेर २ जना, वन डढेलोबाट १, हिउँ पहिरोबाट १ जनाको मृत्यु भएको छ। वैशाख १ देखि साउन २ गतेसम्म विपद्जन्य घटनाबाट कुल १ सय ६४ जनाको मृत्यु भएको छ भने ३ हजार ३ सय ८९ विपद्का घटना भएका छन्। यस अवधिमा १ जना बेपत्ता भएका छन् भने ९ सय ८१ जना घाइते भएका छन्। त्यस्तै ४ हजा ५ सय ५ परिवार प्रभावित भएका छन्। सबैभन्दा बढी हावाहुरीबाट १ हजार ३ सय ५६, आगलागीबाट एक हजार परिवार प्रभावि...
कैलालीमा महिलामाथि बलात्कार गरेको आरोपमा युवक पक्राउ

कैलालीमा महिलामाथि बलात्कार गरेको आरोपमा युवक पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीमा महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भजनी नगरपालिका–७ हिक्मतपुरका २८ वर्षीय सुनिल डगौरा रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनलाई शनिबार पक्राउ गरिएको हो। प्रहरीका अनुसार डगौरा सापटी लिएको रकम फिर्ता गर्न भन्दै शनिबार राति करिब १० बजे स्थानीय एक महिलाको घर पुगेका थिए। महिलाको आरोपअनुसार उनले घरभित्र प्रवेश गरी कोठा बन्द गरेर जबरजस्ती करणी गरेका हुन्। घटनापछि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिई जबरजस्ती करणी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ....
राजविराज कारागार तनावग्रस्त: जेलरको सरुवाको माग गर्दै कैदीबन्दीको आन्दोलन, आत्मदाह प्रयास

राजविराज कारागार तनावग्रस्त: जेलरको सरुवाको माग गर्दै कैदीबन्दीको आन्दोलन, आत्मदाह प्रयास

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
सप्तरी- सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त बनेको छ। राजविराज नगरपालिका-६ स्थित कारागारमा जेलर मण्डलले चौकीदार नियुक्तिका नाममा आर्थिक अनियमितता गरेको तथा कैदीबन्दीबाट रकम असुलेको आरोप लगाउँदै उनीहरू तीन दिनदेखि आन्दोलनमा छन्। आन्दोलनरत कैदीबन्दीहरूले जेलरको तत्काल सरुवा र घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। आन्दोलन नियन्त्रणका लागि प्रहरीले बल प्रयोग गर्न खोजेपछि स्थिति थप तनावपूर्ण बनेको थियो। त्यसक्रममा केही कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। आत्मदाहको प्रयासपछि प्रहरी पछि हटेको स्रोतले जनाएको छ। राजविराज-१५ मुसहरनियाँका कैदी धर्नेन्द्रप्रसाद साहले आफूलाई चौकीदार बनाइदिने भन्दै चौकीदार कामेश्वर यादवले बाहिरका विनोद यादवमार्फत जेलर रूपक मण्डलको ना...
बझाङमा सम्बन्धविच्छेदका मुद्दा सबैभन्दा बढी, अदालतमा जबरजस्ती करणीका मुद्दासमेत बढे

बझाङमा सम्बन्धविच्छेदका मुद्दा सबैभन्दा बढी, अदालतमा जबरजस्ती करणीका मुद्दासमेत बढे

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- जिल्ला अदालत बझाङमा आर्थिक वर्ष २०८२-८३ मा सम्बन्धविच्छेद, अंश तथा जबरजस्ती करणीसम्बन्धी मुद्दामा उल्लेख्य वृद्धि भएको छ। मंगलबार पत्रकारहरूसँग वार्षिक कार्यप्रगति सार्वजनिक गर्दै अदालतले आर्थिक वर्षभर अंश तथा सम्बन्धविच्छेदका ३९ वटा मुद्दा दर्ता भएको जनाएको छ। त्यसपछि जबरजस्ती करणी तथा करणीसम्बन्धी २२ र जग्गासम्बन्धी २१ वटा मुद्दा दर्ता भएका छन्। त्यसैगरी अंशबन्डाका १३, बालविवाह तथा बहुविवाहका १०, लागूऔषधका १०, चोरीका ९, अभद्र व्यवहारका ८, कुटपिट, लुटपाट तथा गालीबेइज्जतीका ७, ज्यान मार्ने उद्योगका ६, जालसाजीका ५, चेक अनादर तथा बैंकिङ कसुरका ५, सवारी ज्यान तथा हेलचेक्र्याइँका ५, बाल यौन दुरुपयोगका ४, कर्तव्य ज्यानका ४, आत्महत्या दुरुत्साहनका ४, बकपत्र बहसका ३, आपराधिक उपद्रवका ३, ठगीका २ र जग्गा खिचोलाका २ मुद्दा दर्ता भएका छन्। पालनपोषण, लेनदेन, राजीनामा लिखत पारित, नक्कली नोट...
हराएको वा बिग्रिएको नेपाल टेलिकमको सिम अब अनलाइनबाटै प्रतिस्थापन गर्न सकिने

हराएको वा बिग्रिएको नेपाल टेलिकमको सिम अब अनलाइनबाटै प्रतिस्थापन गर्न सकिने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- नेपाल टेलिकमले हराएको वा बिग्रिएको फिजिकल सिम तथा ई-सिमको सट्टा नयाँ सिम लिन सकिने अनलाइन सेवा सञ्चालनमा ल्याएको छ। यो सेवा शुक्रबारदेखि लागू भएको हो। अब सेवाग्राहीले esim.ntc.net.np पोर्टलमा लगइन गरी ‘Apply for Lost/Damaged SIM’ विकल्पमा क्लिक गरेर आवश्यक विवरण भरेपछि नयाँ फिजिकल सिम वा ई-सिमका लागि आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया पूरा भएपछि ग्राहक स्वयं वा फारममा उल्लेख गरिएको प्रतिनिधिमार्फत टेलिकमको काउन्टरबाट सिम प्राप्त गर्न सकिनेछ। सिम प्रतिस्थापनका लागि ५० रुपैयाँ शुल्क काउन्टरमै बुझाउनुपर्नेछ। यदि प्रतिनिधिमार्फत सिम लिनुपर्ने भए प्रतिनिधिको नाम आवेदनमै उल्लेख गर्नुपर्नेछ। साथै प्रतिनिधिले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात पनि पेश गर्नुपर्ने नेपाल टेलिकमले जनाएको छ। ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको हो। टेलिकमका अनुसार उक...
कमैया मुक्तिको २६ वर्ष पूरा, समस्या जहाँको त्यहीँ, पूर्जा छ, श्रेस्ता छैन

कमैया मुक्तिको २६ वर्ष पूरा, समस्या जहाँको त्यहीँ, पूर्जा छ, श्रेस्ता छैन

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
कमैया मुक्तिको २६ वर्ष पूरा भैसकेको छ । २०५७ साल साउन २ गते आजकै दिन सरकारले अनुचित ऋण (सौकी) मिनाहासहित कमैया मुक्तिको घोषणा गरेको थियो । सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै मुक्त कमैयाले आफ्नै घर, आफ्नै जमिन र सम्मानजनक जीवन पाउने विश्वास गरेका थिए । सरकारले उनीहरूलाई जग्गाको लालपुर्जा दियो, तर त्यसको श्रेस्ता कायम भएन । त्यसयता मालपोत कार्यालय धाउँदा/धाउँदा वर्षौं बिते, समस्या भने जहाँको त्यहीँ छ । मुक्तकमैया मध्ये एक कैलालीकी फूलमति डगौरा थारुका अनुसार यो समस्या धेरै ठाउँमा छ । सयौँ मुक्तकमैया परिवारले अझै पुनःस्थापनाका विभिन्न समस्या भोगिरहेका छन् । कतिपयसँग परिचयपत्र छ, तर पुनःस्थापनामा समेटिएका छैनन् । कतिपयसँग लालपुर्जा छ, तर श्रेस्ता छैन । कतिपयले पाएको जग्गा डुबान र नदी कटानको जोखिममा छ । सरकारी तथ्याङ्कअनुसार दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका ३२ हजार ५०९ परिवारल...
मेक्सिकोमा ७.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

मेक्सिकोमा ७.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ। देशको दक्षिणी प्रशान्त महासागरीय किनार र ग्वाटेमालाको सीमा क्षेत्रमा गएराति ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। भूकम्पको धक्का मेक्सिको सिटीदेखि अल साल्भाडोरसम्म महसुस गरिएको थियो। शक्तिशाली धक्काका बाबजुद कुनैपनि देशमा ठूलो क्षति वा मानवीय क्षतिको विवरण प्राप्त नभएको बीबीसीले जनाएको छ, यद्यपि दक्षिणी मेक्सिकोमा दुई जना घाइते भएको समाचारमा उल्लेख छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार स्थानीय समय अनुसार शुक्रबार बिहान ०८ः४९ बजे गएको भूकम्पको केन्द्रविन्दु चियापासको तटीय क्षेत्र नजिकै रहेको अकिलेस सेर्डानभन्दा ४८ किलोमिटर दक्षिण–पश्चिममा र जमिनको सतहबाट १५.२ किलोमिटर गहिराइमा रहेको थियो। मुख्य भूकम्प जानुअघि समुद्रमा अलि टाढा केन्द्रविन्दु भएको सानो धक्का महसुस गरिएको थियो भने म...
आजदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढीपहिरोको उच्च जोखिम

आजदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढीपहिरोको उच्च जोखिम

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि र पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले उल्लेख्य वर्षा हुने अवस्था बनेको हो। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर...
डडेल्धुरामा बोलेरो जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ३ जना घाइते

डडेल्धुरामा बोलेरो जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ३ जना घाइते

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा- डडेल्धुरामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित तीन जना घाइते भएका छन्। धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान करिब २ बजे भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–७ खस्र्याखानमा सडकबाट करिब ४ सय मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का अन्दाजी ४५ वर्षीय सुगन लोथ्याल र सोही स्थानका अन्दाजी २८ वर्षीय हनु लोथ्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिएका छन्। दुर्घटनामा दार्चुलाको मार्मा गाउँपालिका निवासी ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका–१ का ३५ वर्षीय सरस्वती लोथ्याल तथा जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ का अमृत घरेडी घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्...
आज साउने सङ्क्रान्ति, स्नान-दान र ‘लुतो फाल्ने’ परम्परासहित देशभर मनाइँदै

आज साउने सङ्क्रान्ति, स्नान-दान र ‘लुतो फाल्ने’ परम्परासहित देशभर मनाइँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक अनुष्ठान गरी मनाइँदैछ। आज सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई साउने सङ्क्रान्तिका रूपमा मनाइने परम्परा छ। यही दिनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले दक्षिणायन सुरु हुन्छ। वैदिक सनातन परम्परामा माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई विशेष महत्वका साथ लिइन्छ। असार महिनाभर खेतीपातीमा व्यस्त रहने नेपाली समाजमा हिलोमैलोका कारण लाग्ने छालासम्बन्धी रोगबाट बच्न साउने सङ्क्रान्तिमा ‘लुतो फाल्ने’ परम्परा रहिआएको छ। संस्कृतिविद्हरूका अनुसार काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीलगायत औषधीय गुण भएका वनस्पति राखेर कण्डारक नामक राक्षसको पूजा गरी अगुल्टो फाल्ने चलन रहेको छ। लुतो फाल्ने क्रममा आ–आफ्नो कुल परम्...
कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा गत वर्ष यस रोगसँग मिल्दोजुल्दो लक्षण भएका सात जना बिरामी भेटिए । त्यसपछि स्वास्थ्य कार्यालयले समुदायस्तरमा निगरानी र जनचेतनामूलक कार्यक्रमलाई तीव्र बनाएको छ । लक्षण देखिएका सात जनामध्ये केही स्थानीयवासी र केही रोजगारीका सिलसिलामा भारतबाट फर्किएका थिए । सबैको लक्षणका आधारमा उपचार गरिएको थियो । लामो समयपछि यस्ता बिरामी देखिनुले जिल्लामा जापनिज इन्सेफ्लाइटिसको जोखिम अझै कायम रहेको स्वास्थ्यकर्मीको निष्कर्ष छ । यद्यपि, यस वर्ष हालसम्म जिल्लामा जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिएका छैनन् । स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टका अनुसार विगत चार वर्षदेखि जिल्लामा जापनिज इन्सेफ्लाइटिसका पुष्टि भएका बिरामी भेटिएका थिएनन् । गत वर्ष सात जनामा रोगसँग मिल्दोजुल्दो लक्षण देखिएपछि जोखिमलाई मध्यनजर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज