Advertisement

रुसी राष्ट्रपति पुटिनसँग कुरा गर्ने ट्रम्पको संकेत

Advertisement

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने संकेत गरेका छन् । एनबीसी न्युजसँगको कुराकानीमा ट्रम्पले अहिलेसम्म विश्वका करिब ७० जना नेताहरूसँग कुराकानी गरिसकेको उल्लेख गर्दै पुटिनसँग पनि वार्ताको सम्भावना रहेको बताएका हुन् ।

ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग ‘राम्रो संवाद’ भएको बताएका छन् । त्यस्तै उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुराकानी गरेको बताएका छन् । तर ट्रम्पले कुराकानीबारे विस्तृत भने केही नभनेको एनबीसीले जनाएको छ । पुटिनसँग अहिले संवाद नभएको उल्लेख गर्दै उनले भनेका छन्, ‘मलाई लाग्छ, हामी कुराकानी गर्नेछौँ ।’

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पलाई बधाई दिएका छन् । राष्ट्रपति पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले एक कार्यक्रमका अवसरमा ट्रम्पलाई बधाई दिएका हुन् । रुसी समाचार संस्था तासका अनुसार बिहीबार भल्दाई इन्टरनेसनल डिस्कसन क्लबमा आयोजित एक कार्यक्रममा पुटिनले ट्रम्प निर्वाचित भएकोमा बधाई दिएका हुन् ।

पुटिनको भनाइ उद्धृत गर्दै तासले लेखेको छ, ‘म यो अवसरलाई सदुपयोग गर्दै अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा ट्रम्पलाई बधाई दिन चाहन्छु । मैले पहिले पनि भनिसकेको छु कि अमेरिकी नागरिकको विश्वास भएका राष्ट्राध्यक्षसँग हामी काम गर्नेछौँ ।’ यद्यपि राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई औपचारिक रूपमा बधाईको पत्र भने पठाएका छैनन् ।

अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै कतिपयले युक्रेन-रुस युद्ध रोकिन सक्ने बताएका छन् । त्यसो त चुनावी प्रचारप्रसारका क्रममा ट्रम्प आफैंले पनि आफू राष्ट्रपति भए एकदिनमै युद्ध रोक्ने दाबी गरेका थिए । ट्रम्पले आगामी जनवरी २० मा दोस्रो कार्यकालका रूपमा अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् ।

रुसी राष्ट्रपति पुटिनले ट्रम्पसँगको छलफलका लागि तयार रहेको समेत बताएका छन् । गत जुलाईमा ट्रम्पमाथि भएको सांघातिक आक्रमणको प्रसंगमा पुटिनले ट्रम्पलाई साहसी व्यक्तिका रूपमा समेत प्रशंसा गरेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने संकेत गरेका छन् । एनबीसी न्युजसँगको कुराकानीमा ट्रम्पले अहिलेसम्म विश्वका करिब ७० जना नेताहरूसँग कुराकानी गरिसकेको उल्लेख गर्दै पुटिनसँग पनि वार्ताको सम्भावना रहेको बताएका हुन् । ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग 'राम्रो संवाद' भएको बताएका छन् । त्यस्तै उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुराकानी गरेको बताएका छन् । तर ट्रम्पले कुराकानीबारे विस्तृत भने केही नभनेको एनबीसीले जनाएको छ । पुटिनसँग अहिले संवाद नभएको उल्लेख गर्दै उनले भनेका छन्, 'मलाई लाग्छ, हामी कुराकानी गर्नेछौँ ।' यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पलाई बधाई दिएका छन् । राष्ट्रपति पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले एक कार्यक्रमका अवसरमा ट्रम्पलाई बधाई दिएका हुन् । रुसी समाचार संस्था तासका अनुसार बिहीबार भल्दाई इन्टरनेसनल डिस्कसन क्लबमा आयोजित एक कार्यक्रममा पुटिनले ट्रम्प निर्वाचित भएकोमा बधाई दिएका हुन् । पुटिनको भनाइ उद्धृत गर्दै तासले लेखेको छ, 'म यो अवसरलाई सदुपयोग गर्दै अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा ट्रम्पलाई बधाई दिन चाहन्छु । मैले पहिले पनि भनिसकेको छु कि अमेरिकी नागरिकको विश्वास भएका राष्ट्राध्यक्षसँग हामी काम गर्नेछौँ ।' यद्यपि राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई औपचारिक रूपमा बधाईको पत्र भने पठाएका छैनन् । अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै कतिपयले युक्रेन-रुस युद्ध रोकिन सक्ने बताएका छन् । त्यसो त चुनावी प्रचारप्रसारका क्रममा ट्रम्प आफैंले पनि आफू राष्ट्रपति भए एकदिनमै युद्ध रोक्ने दाबी गरेका थिए । ट्रम्पले आगामी जनवरी २० मा दोस्रो कार्यकालका रूपमा अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् । रुसी राष्ट्रपति पुटिनले ट्रम्पसँगको छलफलका लागि तयार रहेको समेत बताएका छन् । गत जुलाईमा ट्रम्पमाथि भएको सांघातिक आक्रमणको प्रसंगमा पुटिनले ट्रम्पलाई साहसी व्यक्तिका रूपमा समेत प्रशंसा गरेका छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज