Advertisement

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता १० वटा गैंडा मृत फेला, कात्तिकमा मात्रै ४ को मृत्यु

Advertisement

चितवन —चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासको मध्यवर्ती क्षेत्रमा साउनयता हालसम्म १० गैंडा मृत भेटिएका छन् । चितवन निकुञ्ज कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कात्तिक १ गतेयता मात्रै ४ वटा गैंडा मृत फेला परेका हुन् ।

निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापा मगरले मृत फेला परेकामध्ये सबै गैंडाको खाग र खुर भेटिएका कारण उनीहरुको मृत्यु चोरी सिकारीका कारण नभएको बताए । गैंडा लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजीव हो । नेपालमा चितवनमा सवैभन्दा धेरै गैंडा पाइन्छ ।

चितवन निकुञ्जको पश्चिम क्षेत्र भिम्ले पोस्टनजिक पोकली घोलमा कात्तिक १३ गते मंगलबार बिहानपख गस्तीमा गएको निकुञ्ज र सेनाको संयुक्त टोलीले अन्दाजी २५ वर्षको मृत गैंडा भेटाएको थियो । उक्त पोथी गैंडा दलदलमा परेर मरेको सूचना अधिकारी अविनास थापा मगरले बताए । यसअघि कात्तिक ६ मा निकुञ्जको पश्चिम क्षेत्र मै पर्ने कलकत्ता टापुमा एउटा वयस्क गैंडा र उमेर यकिन हुन नसकेको गैंडाको एउटा बच्चा मृत फेला परेको पनि उनले बताए । ती गैंडा सडेगलेको अवस्थामा भेटिएका थिए ।

 

‘सायद बाढीले बगाएका कारण यी दुइटा गैंडा मरेको हुन सक्छ,’ सूचना अधिकारीसमेत रहेका संरक्षण अधिकृत थापा मगरले भने । त्यसको एक दिनअघि कात्तिक ५ मा चितवन निकुञ्जको मध्यवर्ती क्षेत्र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका–१२ दाउन्नेदेवि मध्यवर्ती उपभोक्ता समितिअन्तर्गतको अरुणखोलाको पश्चिम किनारमा अन्दाजी २० वर्षको पोथी गैंडा मृत फेला परेको उनले जानकारी दिए । यी चारसमेत गरेर यो आर्थिक वर्षको साउनयता हालसम्म १० गैंडा मृत भेटिएको उनले बताए ।

‘खाग खुर सही सलामत अवस्थामा रहेका कारण चोरी सिकारीले नभई यी गैंडा कालगति या घटना दुर्घटनामा परेर मरेका हुन्,’ संरक्षण अधिकृत थापा मगरको भनाइ छ । तस्करहरूले गैंडाको नाकमाथि हुने सिंग जस्तो वस्तु खागका लागि गैंडा मार्ने गर्दछन् । दुर्लभ वन्यजन्तु गैंडा जोगाउन चोरी सिकारी ठूलो चुनौती बन्ने गरेको छ । पछिल्ला वर्षहरूमा चोरी सिकार भने नियन्त्रणमा आएको छ । तर गत वर्ष मात्रै दसैं तिहारको समय पारेर तस्करहरूले खाल्डोमा पारेर मारेका र खाग पनि लगेका दुईवटा गैंडा मृत फेला परेका थिए ।

‘विगतका वर्षहरूमा चाडपर्वको समयमा दुर्लभ वन्यजन्तुको चोरी सिकार हुने तथ्यलाई मध्यनजर गरी गस्ती तथा स्विपिङ कार्यलाई निरञ्तरता दिई निकुञ्ज सुरक्षा बढाइएको छ,’ सूचना अधिकारी अविनास थापा मगरले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । गैंडा दुर्लभ वन्यजन्तु भएका कारणले यसलाई मारे, खाग, खुर, छाला जस्ता यसको अंगको ओसार पसार तथा कारोबार किनबेच गरे १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैद हुने कानुनी प्रवधान छ ।

नेपालको तराई क्षेत्रका निकुञ्जहरूमा गरेर कुल ७५२ गैंडा छन् । जसमध्ये चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासको वनक्षेत्रमा मात्रै ६९४ गैंडा रहेको पछिल्लो गणनाले देखाएको छ । गैंडाको चोरी सिकार नियन्त्रणमा आए पनि अन्य कारणहरूले हुने मृत्यु पछिल्ला वर्षहरूमा बढेको छ । निकुञ्जको तथ्यांकअनुसार माओवादी सशस्त्र संषर्घका कारण सुरक्षा पोस्ट खुम्चिएको समयमा आर्थिक वर्ष ०५८/५९ सालमा वर्षमै ३७ गैंडा चोरी सिकारीले मारेका थिए । चोरी सिकार नभए पनि आर्थिक वर्ष ०७५/७६ मा भने कालगति या अन्य कारणले ४३ गैंडा मरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज