Advertisement

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता १० वटा गैंडा मृत फेला, कात्तिकमा मात्रै ४ को मृत्यु

Advertisement

चितवन —चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासको मध्यवर्ती क्षेत्रमा साउनयता हालसम्म १० गैंडा मृत भेटिएका छन् । चितवन निकुञ्ज कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कात्तिक १ गतेयता मात्रै ४ वटा गैंडा मृत फेला परेका हुन् ।

निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापा मगरले मृत फेला परेकामध्ये सबै गैंडाको खाग र खुर भेटिएका कारण उनीहरुको मृत्यु चोरी सिकारीका कारण नभएको बताए । गैंडा लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजीव हो । नेपालमा चितवनमा सवैभन्दा धेरै गैंडा पाइन्छ ।

चितवन निकुञ्जको पश्चिम क्षेत्र भिम्ले पोस्टनजिक पोकली घोलमा कात्तिक १३ गते मंगलबार बिहानपख गस्तीमा गएको निकुञ्ज र सेनाको संयुक्त टोलीले अन्दाजी २५ वर्षको मृत गैंडा भेटाएको थियो । उक्त पोथी गैंडा दलदलमा परेर मरेको सूचना अधिकारी अविनास थापा मगरले बताए । यसअघि कात्तिक ६ मा निकुञ्जको पश्चिम क्षेत्र मै पर्ने कलकत्ता टापुमा एउटा वयस्क गैंडा र उमेर यकिन हुन नसकेको गैंडाको एउटा बच्चा मृत फेला परेको पनि उनले बताए । ती गैंडा सडेगलेको अवस्थामा भेटिएका थिए ।

 

‘सायद बाढीले बगाएका कारण यी दुइटा गैंडा मरेको हुन सक्छ,’ सूचना अधिकारीसमेत रहेका संरक्षण अधिकृत थापा मगरले भने । त्यसको एक दिनअघि कात्तिक ५ मा चितवन निकुञ्जको मध्यवर्ती क्षेत्र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका–१२ दाउन्नेदेवि मध्यवर्ती उपभोक्ता समितिअन्तर्गतको अरुणखोलाको पश्चिम किनारमा अन्दाजी २० वर्षको पोथी गैंडा मृत फेला परेको उनले जानकारी दिए । यी चारसमेत गरेर यो आर्थिक वर्षको साउनयता हालसम्म १० गैंडा मृत भेटिएको उनले बताए ।

‘खाग खुर सही सलामत अवस्थामा रहेका कारण चोरी सिकारीले नभई यी गैंडा कालगति या घटना दुर्घटनामा परेर मरेका हुन्,’ संरक्षण अधिकृत थापा मगरको भनाइ छ । तस्करहरूले गैंडाको नाकमाथि हुने सिंग जस्तो वस्तु खागका लागि गैंडा मार्ने गर्दछन् । दुर्लभ वन्यजन्तु गैंडा जोगाउन चोरी सिकारी ठूलो चुनौती बन्ने गरेको छ । पछिल्ला वर्षहरूमा चोरी सिकार भने नियन्त्रणमा आएको छ । तर गत वर्ष मात्रै दसैं तिहारको समय पारेर तस्करहरूले खाल्डोमा पारेर मारेका र खाग पनि लगेका दुईवटा गैंडा मृत फेला परेका थिए ।

‘विगतका वर्षहरूमा चाडपर्वको समयमा दुर्लभ वन्यजन्तुको चोरी सिकार हुने तथ्यलाई मध्यनजर गरी गस्ती तथा स्विपिङ कार्यलाई निरञ्तरता दिई निकुञ्ज सुरक्षा बढाइएको छ,’ सूचना अधिकारी अविनास थापा मगरले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । गैंडा दुर्लभ वन्यजन्तु भएका कारणले यसलाई मारे, खाग, खुर, छाला जस्ता यसको अंगको ओसार पसार तथा कारोबार किनबेच गरे १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैद हुने कानुनी प्रवधान छ ।

नेपालको तराई क्षेत्रका निकुञ्जहरूमा गरेर कुल ७५२ गैंडा छन् । जसमध्ये चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासको वनक्षेत्रमा मात्रै ६९४ गैंडा रहेको पछिल्लो गणनाले देखाएको छ । गैंडाको चोरी सिकार नियन्त्रणमा आए पनि अन्य कारणहरूले हुने मृत्यु पछिल्ला वर्षहरूमा बढेको छ । निकुञ्जको तथ्यांकअनुसार माओवादी सशस्त्र संषर्घका कारण सुरक्षा पोस्ट खुम्चिएको समयमा आर्थिक वर्ष ०५८/५९ सालमा वर्षमै ३७ गैंडा चोरी सिकारीले मारेका थिए । चोरी सिकार नभए पनि आर्थिक वर्ष ०७५/७६ मा भने कालगति या अन्य कारणले ४३ गैंडा मरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज