Advertisement

एकै दिनमा ५० किलो सुन बिक्री, पाँच वर्षयताकै उच्च कारोबार

Advertisement

सुन व्यवसायीहरू अहिले उत्साहित बनेका छन्। मंगलबार एकैदिन ५० किलो भन्दा बढीको सुनको बिक्री गरेपछि व्यवसायीहरू उत्साहित बनेका हुन्।

व्यवसायीहरूका अनुसार वर्षमा १० प्रतिशत बढी सुनको बिक्री धनतेरसको दिन हुने गरेको छ। धनतेरसको दिन घरमा सुन तथा चाँदी भित्र्याउने भन्दै सर्वसाधरणदेखि ठूला व्यापारीहरूले खरिद गर्ने गरेको कारण यस दिन बढी बिक्री हुने गर्छ।

कोभिडपछि (२०७६ पछि) भने धनतेरसको दिन पनि सुनको बिक्री अपेक्षित हुन सकेको थिएन। गत वर्षदेखि सुनको मूल्य अत्याधिक बढेको कारण पनि यो वर्ष धेरै कारोबार नहुने बुझाइ व्यापारीहरूको थियो। तर, यो वर्ष विगत ५ वर्ष यताकै उच्च बिक्री भएको दाबी व्यापारीहरूको छ।

‘सामान्य दिनमा अहिले सुनको बिक्री नै हुन छाडेको थियो, धनतेरसको दिन कारोबार बढेपनि धेरै हुँदैन भन्ने नै थियो, ’ नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्‍न शाक्‍यले भने

६० वर्षदेखि काठमाडौंमा सुनको व्यापार गर्दै आएका शाक्‍यका अनुसार धनतेरस सबैभन्दा बढी सुन बिक्री हुने दिन हो। विगतको वर्षमा गरगहना बढी बिक्री हुने गरेकोमा यो वर्ष ढिक्का सुन बढी बिक्री भएको छ।

किन्न आउने एक व्यक्तिले औसत आठ आनासम्म सुन किनेको उनी बताउँछन्।

‘मैले धेरै साथीहरूसँग सम्पर्क गर्दा औसत आठ आनासम्म सुन किनेको देखिन्छ। धेरै कम किन्नेले चार आना र सबै भन्दा धेरै किन्‍नेले पाँच तोलासम्म खरिद गरेको पाइयो,’ उनले भने।

कोभिड अघिको समयमा अधिकतम ७५ किलोसम्म सुनको बिक्री भएको उनी सुनाउँछन्।

‘कोभिड अघि धनतेरसको दिन ७०/७५ किलोसम्म बिक्री हुने गरेको थियो। त्यसपछि बिक्री राम्रो थिएन यो वर्ष हामीले अपेक्षा गरे भन्दा धेरै बिक्री भयो,’ शाक्‍यले भने।

नेपाल सुन चाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले पनि यो वर्ष धनतेरसको दिन सर्वसाधरणको घुइचो बढी देखिएको बताए।

‘सुनको मूल्य बढेको र अन्य दिन पनि खास कारोबार नभएको कारण यस दिन पनि कम हुने आकलन थियो, आकलन भन्दा बढी आकर्षण देखियो,’  उनले भने।

परिमाणको हिसाबले कोभिड अघिका वर्षको तुलनामा कम बिक्री भए पनि कारोबार मूल्यका हिसाबले भने अहिलेसम्मकै उच्‍च पुगेको व्यवसायीहरूको भनाइ छ।

अहिलेको मूल्यको हिसाबले मंगलबार मात्रै करिब ७५ करोड रूपैयाँको सुन बिक्री भएको छ।

पछिल्लो पाँच वर्षमा सुनको मूल्य दोब्बर भन्दा पनि धेरैले बढेको छ। वर्ष २०७६ को कात्तिकमा सुनको मूल्य प्रतितोला ७०/७१ हजार रूपैयाँ थियो। अहिले बढेर एक लाख ७० हजार रूपैयाँ पुगेको छ।

धनतेरसको दिन सुनको बिक्री बढेको कारण व्यवसायीहरू उत्साहित देखिए पनि बैंकरहरू भने खुसी छैनन्। नेपालमा सुनको वैधानिक आयात बैंकरूले मात्रै गर्न पाउँछन्। तर, बैंकहरूले तिहारलाई लक्षित गरेर आयात गरेको सुन सबै बैंकमा नै छ। व्यवसायीहरूले नयाँ सुन माग नगरेको कारण बैंकमा थन्किएको हो।

बजारको माग नभएको कारण भदौदेखि नै सुन आयात नगरेका बैंकहरूले तिहारलाई लक्षित गरेर सोमबार मात्रै ३२ किलो सुन मगाएका थिए। यो सुन सबै अहिले बैंकमा नै रहेको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए।

बैंकबाट सुन नगएको अवस्थामा कसरी पूरा भयो बजार माग?

नेपाल सुन चाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्मसुन्दर शाक्य मौज्दात सुन बिक्री भएको तर्क गर्छन्।

‘यति धेरै कारोबार भएको छ तर बैंकबाट आयात गरिएको छैन, लामो समय सुनको बिक्री नै हुन सकेको थिएन स्टक नै अहिले बेचेका हुन्।’

तर, स्थानीय बजारको तुलनामा भारतीय बजारमा सुनको मूल्य धेरै सस्तो भएपछि अवैधानिक आयात बढेको पनि व्यवसायीहरूको तर्क छ।

‘अहिले ग्रे–मार्केट बढेको छ, भारतमा तोलामा नै २० हजारसम्म सस्तो पाइन्छ, यस कारण वैधानिक आयात भएको सुनको बिक्री नभएको हुन सक्छ,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका एक पदाधिकारीले भने।

अहिले नेपालमा सुनको आयात गर्दा २० प्रतिशत महसुल लाग्ने गरेको छ। भारतमा भने यस्तो महसुल ६ प्रतिशत मात्रै छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज