Advertisement

दीपक मनाङेले छाडेको वन मन्त्रालय शेखर पक्षका पौडेललाई, आजै शपथ

Advertisement

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले छाडेको वन तथा वातावरण मन्त्रालय कांग्रेस सांसद भेषबहादुर पौडेलले पाउने भएका छन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार पौडेललाई मन्त्री नियुक्त गर्न लागेको उनको सचिवालयले जनाएको छ।

लमजुङ प्रदेश सभा ‘क’ बाट निर्वाचित पौडेल कांग्रैसभित्र शेखर कोइराला–गगन थापा निकट छन्। नेपाली कांग्रेस लमजुङका पूर्व सभापति पौडेल लमजुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पनि हुन्।

यसअघि उक्त मन्त्रालयमा मनाङबाट निर्विरोध निर्वाचित सांसद मनाङेलाई नियुक्त गरिएको थियो। मनाङेले उक्त मन्त्रालय ‘जुनियर’ भएकोले आफूले नलिने भन्दै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीको हैसियतमा राजीनामा दिएका थिए।

गण्डकीमा कांग्रेसका मुख्यमन्त्री पाण्डेले बहुमत पुर्‍याउन मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बनाएका थिए।

एमाले पनि सरकारमा सहभागी हुने भएपछि मन्त्रालय संख्या बढाएर भदौ १७ गते मनाङेलाई वन तथा वातावरण मन्त्रालय दिएको थियो। उक्त मन्त्रालयको काम पातीघारी र बनमारा हेर्ने भएकाले आफूले नलिने भन्दै मनाङेले अस्वीकार गरेका थिए।

मनाङेले वन तथा वातावरण मन्त्रालय अस्वीकार गरेपछि उक्त मन्त्रालय खाली थियो। गण्डकीमा सरकार गठन गर्दा मुख्यमन्त्री पाण्डेले आफू निकट सांसदलाई मात्र मन्त्री बनाएको भन्दै कांग्रेसभित्र असन्तुष्टि बढेको थियो।

मुख्यमन्त्री पाण्डे पार्टी सभापति देउवा निकट हुन्। गण्डकीमा कांग्रेसका तर्फबाट अर्थमन्त्री बनेका डा. टकराज गुरुङ र सामाजिक विकास मन्त्री बनेका विन्दुकुमार थापा पनि देउवा निकट हुन्। शेखर–गगन निकट सांसद पौडेललाई मन्त्री नियुक्त गरेर मुख्यमन्त्री पाण्डेले पार्टी भित्रको असन्तुष्टि साम्य पार्न खोजेको कांग्रेस निकट नेताहरूको दाबी छ।

लमजुङमा रहेका सांसद पौडेल मन्त्री नियुक्त हुने खबर पाएसँगै पोखरा आउँदैछन्। उनलाई वन तथा वातावरण मन्त्री नियुक्त गरेर आजै शपथ ग्रहण गराउने तयारी रहेको कांग्रेस नेता हरि बरालले बताए।

‘मन्त्री नियुक्त हुने भएकाले माननीय भेषबहादुर पौडेल पोखरा आउँदै हुनुहुन्छ,’ उनले सेतोपाटीलाई भने, ‘आजै शपथ ग्रहण गराएर पदभार ग्रहण गर्ने तयारी छ।’

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज