Advertisement

दीपक मनाङेले छाडेको वन मन्त्रालय शेखर पक्षका पौडेललाई, आजै शपथ

Advertisement

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले छाडेको वन तथा वातावरण मन्त्रालय कांग्रेस सांसद भेषबहादुर पौडेलले पाउने भएका छन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार पौडेललाई मन्त्री नियुक्त गर्न लागेको उनको सचिवालयले जनाएको छ।

लमजुङ प्रदेश सभा ‘क’ बाट निर्वाचित पौडेल कांग्रैसभित्र शेखर कोइराला–गगन थापा निकट छन्। नेपाली कांग्रेस लमजुङका पूर्व सभापति पौडेल लमजुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पनि हुन्।

यसअघि उक्त मन्त्रालयमा मनाङबाट निर्विरोध निर्वाचित सांसद मनाङेलाई नियुक्त गरिएको थियो। मनाङेले उक्त मन्त्रालय ‘जुनियर’ भएकोले आफूले नलिने भन्दै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीको हैसियतमा राजीनामा दिएका थिए।

गण्डकीमा कांग्रेसका मुख्यमन्त्री पाण्डेले बहुमत पुर्‍याउन मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बनाएका थिए।

एमाले पनि सरकारमा सहभागी हुने भएपछि मन्त्रालय संख्या बढाएर भदौ १७ गते मनाङेलाई वन तथा वातावरण मन्त्रालय दिएको थियो। उक्त मन्त्रालयको काम पातीघारी र बनमारा हेर्ने भएकाले आफूले नलिने भन्दै मनाङेले अस्वीकार गरेका थिए।

मनाङेले वन तथा वातावरण मन्त्रालय अस्वीकार गरेपछि उक्त मन्त्रालय खाली थियो। गण्डकीमा सरकार गठन गर्दा मुख्यमन्त्री पाण्डेले आफू निकट सांसदलाई मात्र मन्त्री बनाएको भन्दै कांग्रेसभित्र असन्तुष्टि बढेको थियो।

मुख्यमन्त्री पाण्डे पार्टी सभापति देउवा निकट हुन्। गण्डकीमा कांग्रेसका तर्फबाट अर्थमन्त्री बनेका डा. टकराज गुरुङ र सामाजिक विकास मन्त्री बनेका विन्दुकुमार थापा पनि देउवा निकट हुन्। शेखर–गगन निकट सांसद पौडेललाई मन्त्री नियुक्त गरेर मुख्यमन्त्री पाण्डेले पार्टी भित्रको असन्तुष्टि साम्य पार्न खोजेको कांग्रेस निकट नेताहरूको दाबी छ।

लमजुङमा रहेका सांसद पौडेल मन्त्री नियुक्त हुने खबर पाएसँगै पोखरा आउँदैछन्। उनलाई वन तथा वातावरण मन्त्री नियुक्त गरेर आजै शपथ ग्रहण गराउने तयारी रहेको कांग्रेस नेता हरि बरालले बताए।

‘मन्त्री नियुक्त हुने भएकाले माननीय भेषबहादुर पौडेल पोखरा आउँदै हुनुहुन्छ,’ उनले सेतोपाटीलाई भने, ‘आजै शपथ ग्रहण गराएर पदभार ग्रहण गर्ने तयारी छ।’

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज