Advertisement

अमेरिकाविरुद्ध नेपालको ऐतिहासिक ‘क्लिन स्विप’

Advertisement

काठमाडौँ —नेपालले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा सोमबार अमेरिकामाथि ऐतिहासिक ‘क्लिन स्विप’ गरेको छ । नेपाल सिरिजका तीनै खेलमा विजयी रह्यो ।

डलासमा भएको अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले पराजित गरेको हो । सुरुवाती दुई खेल जितेर नेपालले यसअघि नै सिरिजमाथि कब्जा गरिसकेको थियो ।

अमेरिकाले नेपालसामु जितका लागि १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो र त्यसलाई नेपालले १८.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागि कुशल भुर्तेलले ४० र कुशल मल्लले ४४ रन बनाए । उनीहरूले तेस्रो विकेटका लागि ७४ रनको निर्णायक र नटआउट साझेदारी गरे ।

नेपालले पहिलो विकेटका लागि ३३ रन जोडेको थियो र अनिल साहले ११ बलमा १३ रन बनाए । उनी जसदीप सिंहको बलमा एलबीडब्लू धरासमा परे । त्यसपछि अर्का ओपनर आसिफ सेखले कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरे । आसिफ ३९ बलमा ५० रन बनाएर जसदीपकै बलमा आउट भए । उनले ३९ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे ।

टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले पाँच विकेट गुमाएर १ सय ५६ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको हो । स्कोरबोर्डमा सात रन मात्र छँदा पहिलो विकेट गुमाएको अमेरिकाका लागि ओपनर साइतेज मुकामलले सर्वाधिक ६८ रन बनाए र उनले नै टिमको इनिङ्स बुने । उनले ५१ बलको सामना गरेर पाँच चौका र दुई छक्का प्रहार गरे । उनी सोमपाल कामीको बलमा बोल्ड भए ।

अर्का ओपनर तथा कप्तान मोनान्क पटेल दुई रन बनाएर सोमपालकै बलमा एलबीडब्लू भएका थिए । यस्तै एन्ड्रेस गुस पनि दुई रन मात्र बनाएर रिजन ढकालको बलमा आउट भए । लगत्तै एरोन जोन्स १३ रन बनाएर ललित राजवंशीको बलमा पेभिलियन फर्के ।

सयन जहाँगीर नौ रन बनाए सोमपालकै शिकार बने । अमेरिकाका लागि अन्त्यतिर मिलिन्द कुमारले उपयोगी ४३ रन बनाए । उनले ३५ बलको मात्र सामना गरेर चार चौका प्रहार गरे । सोमपालको नाममा तीन विकेट रह्यो भने रिजन र ललितले एक/एक विकेट लिए ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज