Advertisement

दान लिने निर्णयमा अडिग ओली, विरोध गर्नेलाई स्पष्टीकरण

Advertisement

४ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी मीनबहादुर गुरुङबाट केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णय नफेरिने प्रष्ट पारेका छन् ।

केन्द्रीय मुख्यालय च्यासलमा आइतबार साँझ सचिवालय बैठक राखेर अध्यक्ष एवं प्रधानमन्त्री ओलीले गुरुङबाट प्राप्त हुने दान स्वीकार्ने निर्णय नफेरिने प्रष्ट पारेका हुन् । गत २५ असोजमा ओली र गुरुङ दम्पतीले कीर्तिपुरमा केन्द्रीय कार्यालय भवन शिलान्यास गरेका थिए ।

केन्द्रीय कार्यालय शिलान्यास गर्दै व्यवसायी गुरुङले एक वर्षभित्रै अत्याधुनिक भवन निर्माण गरेर हस्तान्तरण गर्ने घोषणा गरेका थिए । तर मुद्दा खेपिरहेका व्यवसायीबाट दानमा केन्द्रीय कार्यालय भवन स्वीकार्ने निर्णयको आलोचना भइरहेको छ ।

एमालेभित्रै व्यवसायीबाट दानमा केन्द्रीय कार्यालय भवन स्वीकार्ने निर्णय सच्याउनुपर्ने आवाज उठेको छ । स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले सार्वजनिक रुपमै पार्टी निर्णय सच्याउनुपर्ने माग राखेकी छन् ।

तर सचिवालय बैठकले उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ‘उहाँहरुले के कति कारणले त्यस्तो बोल्नुभएको हो ? त्यसमा स्पष्टीकरण सोध्ने निर्णय भएको छ’, महासचिव शंकर पोखरेलले भने ।

महासचिव पोखरेलका अनुसार पूर्वउपाध्यक्ष भीमबहादुर रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको छ । यद्यपि रावलसँग सोधिने स्पष्टीकरणको विषय चाहिँ केन्द्रीय कार्यालय भवनबारे मात्र होइन । लामो समयदेखि पार्टी निर्णय विपरीत गतिविधि गर्दै आएकाले रावलसँग स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

नेताहरुका अनुसार आइतबारको सचिवालय बैठकको मुख्य एजेण्डा गुरुङबाट भवन स्वीकार्ने निर्णय विपरीत बोल्नेहरुलाई स्पष्टीकरण सोध्ने हो । ‘स्थानीय तहको उपनिर्वाचनबारे पनि छलफल भयो । निर्णय चाहिँ केही भएन । मुख्य एजेण्डा भने स्पष्टीकरण सोध्ने नै हो’, एक पदाधिकारीले भने ।

ती पदाधिकारीका अनुसार अध्यक्ष ओलीले पार्टीभित्र अराजकता बढेकाले स्पष्टीकरण आवश्यक रहेको बताएका थिए । ‘नेताहरु अराजक हुन मिल्दैन । पार्टीले गरेको निर्णयबारे जथाभावी बोल्नु गलत हो’, ओलीको भनाइ उधृत गर्दै ती पदाधिकारीले भने ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सात बजे बालुवाटारमा भेट्ने कार्यक्रम रहेको भन्दै ओलीले बैठक टुंग्याएका थिए । ‘चाँडै अर्को बैठक बस्छ र त्यहाँ थप कुरा गरौला । अहिले स्पष्टीकरणको निर्णय भयो’, ओलीको भनाइ थियो ।

बैठक छोटै चलेपनि उपचुनावको सन्दर्भ, राष्ट्रिय राजनीति लगायतबारे केही कुरा भएको थियो । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, सचिवहरु योगेश भट्टराई र रघुबीर महासेठले संक्षेपमै भएपनि आफ्नो कुरा राखेका थिए ।

अरु पदाधिकारीले कुरा राख्न चाहेपनि बैठक सकिएको थियो । ‘मूल एजेण्डा स्पष्टीकरण नै भयो, अरु कुरा पछि गरौंला भनेर बैठक सकियो’, अर्का एक पदाधिकारीले भने ।

केन्द्रीय कार्यालय भवन स्वीकार्ने निर्णयमा अरु नेताहरुले बोल्दा ध्यान दिनुपर्ने सन्देश दिनकै निम्ति आइतबारको बैठक बसेको देखिएको उनी बताउँछन् । ‘बाहिर कुरा उठिरहँदा जिम्मेवार नेताहरुले पनि विरोध गरेको देखियो, त्यही भएर आजको बैठकले प्रष्ट पार्ने काम गरेको छ’, उनी भन्छन् ।

एमालेको सचिवालय बैठक यसअघि दशैं फुलपाती (गत २४ असोजमा) बसेको थियो । त्यो बैठकमा केन्द्रीय कार्यालय भवन निर्माण गर्न जग्गा दानमा लिने निर्णय भएको थियो । त्यसको भोलिपल्टै कीर्तिपुरमा १० रोपनी १४ आना क्षेत्रफलमा एक अर्ब बराबरको केन्द्रीय कार्यालय भवन गुरुङबाट स्वीकार्ने निर्णय सहित शिलान्यास भएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज