Advertisement

दान लिने निर्णयमा अडिग ओली, विरोध गर्नेलाई स्पष्टीकरण

Advertisement

४ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी मीनबहादुर गुरुङबाट केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णय नफेरिने प्रष्ट पारेका छन् ।

केन्द्रीय मुख्यालय च्यासलमा आइतबार साँझ सचिवालय बैठक राखेर अध्यक्ष एवं प्रधानमन्त्री ओलीले गुरुङबाट प्राप्त हुने दान स्वीकार्ने निर्णय नफेरिने प्रष्ट पारेका हुन् । गत २५ असोजमा ओली र गुरुङ दम्पतीले कीर्तिपुरमा केन्द्रीय कार्यालय भवन शिलान्यास गरेका थिए ।

केन्द्रीय कार्यालय शिलान्यास गर्दै व्यवसायी गुरुङले एक वर्षभित्रै अत्याधुनिक भवन निर्माण गरेर हस्तान्तरण गर्ने घोषणा गरेका थिए । तर मुद्दा खेपिरहेका व्यवसायीबाट दानमा केन्द्रीय कार्यालय भवन स्वीकार्ने निर्णयको आलोचना भइरहेको छ ।

एमालेभित्रै व्यवसायीबाट दानमा केन्द्रीय कार्यालय भवन स्वीकार्ने निर्णय सच्याउनुपर्ने आवाज उठेको छ । स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले सार्वजनिक रुपमै पार्टी निर्णय सच्याउनुपर्ने माग राखेकी छन् ।

तर सचिवालय बैठकले उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ‘उहाँहरुले के कति कारणले त्यस्तो बोल्नुभएको हो ? त्यसमा स्पष्टीकरण सोध्ने निर्णय भएको छ’, महासचिव शंकर पोखरेलले भने ।

महासचिव पोखरेलका अनुसार पूर्वउपाध्यक्ष भीमबहादुर रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको छ । यद्यपि रावलसँग सोधिने स्पष्टीकरणको विषय चाहिँ केन्द्रीय कार्यालय भवनबारे मात्र होइन । लामो समयदेखि पार्टी निर्णय विपरीत गतिविधि गर्दै आएकाले रावलसँग स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

नेताहरुका अनुसार आइतबारको सचिवालय बैठकको मुख्य एजेण्डा गुरुङबाट भवन स्वीकार्ने निर्णय विपरीत बोल्नेहरुलाई स्पष्टीकरण सोध्ने हो । ‘स्थानीय तहको उपनिर्वाचनबारे पनि छलफल भयो । निर्णय चाहिँ केही भएन । मुख्य एजेण्डा भने स्पष्टीकरण सोध्ने नै हो’, एक पदाधिकारीले भने ।

ती पदाधिकारीका अनुसार अध्यक्ष ओलीले पार्टीभित्र अराजकता बढेकाले स्पष्टीकरण आवश्यक रहेको बताएका थिए । ‘नेताहरु अराजक हुन मिल्दैन । पार्टीले गरेको निर्णयबारे जथाभावी बोल्नु गलत हो’, ओलीको भनाइ उधृत गर्दै ती पदाधिकारीले भने ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सात बजे बालुवाटारमा भेट्ने कार्यक्रम रहेको भन्दै ओलीले बैठक टुंग्याएका थिए । ‘चाँडै अर्को बैठक बस्छ र त्यहाँ थप कुरा गरौला । अहिले स्पष्टीकरणको निर्णय भयो’, ओलीको भनाइ थियो ।

बैठक छोटै चलेपनि उपचुनावको सन्दर्भ, राष्ट्रिय राजनीति लगायतबारे केही कुरा भएको थियो । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, सचिवहरु योगेश भट्टराई र रघुबीर महासेठले संक्षेपमै भएपनि आफ्नो कुरा राखेका थिए ।

अरु पदाधिकारीले कुरा राख्न चाहेपनि बैठक सकिएको थियो । ‘मूल एजेण्डा स्पष्टीकरण नै भयो, अरु कुरा पछि गरौंला भनेर बैठक सकियो’, अर्का एक पदाधिकारीले भने ।

केन्द्रीय कार्यालय भवन स्वीकार्ने निर्णयमा अरु नेताहरुले बोल्दा ध्यान दिनुपर्ने सन्देश दिनकै निम्ति आइतबारको बैठक बसेको देखिएको उनी बताउँछन् । ‘बाहिर कुरा उठिरहँदा जिम्मेवार नेताहरुले पनि विरोध गरेको देखियो, त्यही भएर आजको बैठकले प्रष्ट पार्ने काम गरेको छ’, उनी भन्छन् ।

एमालेको सचिवालय बैठक यसअघि दशैं फुलपाती (गत २४ असोजमा) बसेको थियो । त्यो बैठकमा केन्द्रीय कार्यालय भवन निर्माण गर्न जग्गा दानमा लिने निर्णय भएको थियो । त्यसको भोलिपल्टै कीर्तिपुरमा १० रोपनी १४ आना क्षेत्रफलमा एक अर्ब बराबरको केन्द्रीय कार्यालय भवन गुरुङबाट स्वीकार्ने निर्णय सहित शिलान्यास भएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज