Advertisement

लुक्ला हिँडेका पर्यटकका लागि तोकियो खुम्बु जाने गाडी भाडा

Advertisement

सोलुखुम्बु —मौसम खराबीका कारण लुक्लामा जहाज चल्न नसकेपछि विदेशी पर्यटक वैकल्पिक स्थलमार्ग प्रयोग गरी खुम्बु जान थालेसँगै स्थानीय तहले गाडी भाडा निर्धारण गरेको छ । यातायात व्यवसायीले पर्यटकमार्फत मनोमानी भाडा उठाउन थालेको गुनासो बढेसँगै खुम्बु क्षेत्र भ्रमण गर्न आउनेका लागि खुम्बु पासाङल्हामु गाउँपालिकाले भाडादर तोकिदिएको हो ।

गाउँपालिकाले सदरमुकाम सल्लेरीबाट टाक्सिन्दु हुँदै जुभिङ तथा जुभिङबाट थामडाँडासम्मका लागि भाडादर तोकेको छ । गाउँपालिकाले पर्यटकलाई सल्लेरीदेखि जुभिङ दूधकोशीसम्मको १ हजार ३ सय रुपैयाँ र जुभिङदेखि थामडाँडासम्मका लागि १ हजार २ सय रुपैयाँ भाडादर कायम गरेको गाउँपालिकाका प्रवक्ता ल्हाक्पाछिरि शेर्पाले बताए । यससँगै सल्लेरीदेखि थामडाँडासम्मका लागि प्रतियात्रु २ हजार ५ सय भाडा कायम गरिएको छ ।

दूधकोशी नदीमा पक्की पुल नबनिसकेकाले पल्टी गरेर गाडी सेवा सञ्चालन भइरहेको छ । यात्रु ओसार्नका लागि कोशी वारि र पारि छुट्टाछुट्टै गाडी तैनाथ गरिएको छ । रिजर्भका लागि भने जुभिङदेखि थामडाँडासम्म १५ हजार रुपैयाँ भाडादर कायम गरिएको प्रवक्ता शेर्पाले जनाए ।

यसअघि सल्लेरीदेखि थामडाँडासम्म व्यवसायीले ४ हजारसम्म भाडा असुल्ने गरेका थिए । गाउँपालिकाले क्यु सिस्टम तोक्ने, कृत्रिम अभाव सिर्जना गर्ने, कुनै पनि बहानामा महँगो भाडादर कायम गर्नेलगायत कार्य गर्न निषेध गरेको छ । निर्धारित स्टेसनमा काउन्टर स्थापना गरी यात्रुलाई सहजता दिलाउन पनि पालिकाले जारी गरेको सूचनामा भनिएको छ । गन्तव्यमा नपुगी यात्रु ओराल्न नपाइने, मौसम प्रतिकूल भएको समयमा बेलुका नौ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन चलाउन नपाइने, खुम्बु क्षेत्र प्रवेश गर्ने सवारीसाधनले खरिखोला र पैयाँ प्रहरी चौकीमा इन्ट्री गराउन पनि पालिकाले भनेको छ । उडान प्रभावित भएका कारण अहिले सगरमाथा क्षेत्र भ्रमणका लागि आउने पर्यटक मन्थली विमानस्थलमा अलपत्र परेका छन् । कतिपय पर्यटक भने स्थलमार्गबाट सल्लेरी हुँदै लुक्ला गइरहेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज