Advertisement

सहकारीपीडितले गरे मुग्लिनमा लामिछानेविरुद्ध प्रदर्शन

Advertisement

चितवन —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारीपीडितले शुक्रबार दिउँसो उनकै निर्वाचन क्षेत्र मुग्लिन बजारमा प्रदर्शन गरेका छन् ।

उनको निर्वाचन क्षेत्रअन्तर्गतको इच्छाकामना गाउँपालिकाको मुग्लिन बजारमा ‘सहकारीपीडितलाई न्याय दे’ लगायतका नाराबाजी गर्दै लामिछानेविरुद्ध प्रदर्शन भएको हो । लामिछाने आफ्नो निर्वाचन क्षेत्रमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न गएका बेला ब्यानरसहित प्रदर्शन गरिएको हो ।

मुग्लिन बजारमा उनले तेस्रो सार्वजनिक सुनुवाइ गरेका हुन् । कार्यक्रम सकेर फर्कने क्रममा लामिछानेविरुद्ध प्रदर्शन भएको प्रत्यक्षदर्शी स्थानीय सुशान्त केसीले बताए । उनका अनुसार रवि लक्षित प्रदर्शन भएपछि उनी अर्कै बाटोबाट चितवन फर्किएका थिए । रास्वापा समर्थक तथा प्रदर्शनकारीबीच केही विवाद र धकेलाधकेलसमेत भएको थियो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निराला भण्डारीले सुनुवाइ कार्यक्रमपछि वैकल्पिक बाटोबाट लामिछानेलाई भरतपुर पठाएको उनले बताइन् । चितवन भरतपुर महानगरपालिका–३ मा मुख्य कार्यालय रहेको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट अवैधानिक रूपमा गोरखा मिडियामा करोडौं रुपैयाँ गएको पुष्टि भएको छ । गोर्खा मिडियामा लामिछाने राजनीतिमा आउनुअघि साझेदार रहेका थिए ।

सहारा चितवनका पीडित बचतकर्ताहरूले संघर्ष समिति नै गठन गरेर डेढ वर्षदेखि आन्दोलन गर्दै आएका छन् । तर मुग्लिनको प्रदर्शनमा संघर्ष समिति सामेल नभएको संयोजक शालिकराम दुवाडीले बताए । ‘हामी त्यहाँ गएका हैनौं । हामीले आज प्रदर्शन गर्ने निर्णय या कुनै तयारी गरेका थिएनौं । अन्य पीडितहरूले प्रदर्शन गरेका होलान्,’ दुवाडीले भने ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज