Advertisement

लिभरपुल र युभेन्ट्सको लगातार दोस्रो जित

Advertisement

१७ असोज, काठमाडौं । इंग्लिस क्लब लिभरपुल र इटालियन क्लब युभेन्ट्सले युरोपियन च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हात पारेको छ । लिभरपुलले घरेलु मैदानमा बोलोग्नालाई २-० ले पराजित गरेको हो ।

एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि एलेक्सिस म्याक एलिस्टरले ११औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मोहमद सालाहले ७५औं मिनेटमा अर्को गोल थपे । लगातार दोस्रो जितपछि लिभरपुल ६ अंक जोडेर पाँचौ स्थानमा छ ।

यस्तै दश खेलाडी समेटिएको युभेन्ट्सले दुई पटक पछि परेको स्थिति उल्टाउँदै जर्मन क्लब लाइपजिगलाई ३-२ ले पराजित गरेको छ ।

लाइपजिगका लागि बेन्जामिन सेस्कोले ३०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ५०औं मिनेटमा डुसान भ्लाहोभिकले युभेन्ट्सका लागि बराबरी ल गरे । ५९औं मिनेटमा भिएआरको सहयोगमा एम डी ग्रेगोरिओले रातो कार्ड पाएपछि युभेन्ट्स दश खेलाडीमा समेटियो ।

६५औं मिनेटमा सेस्कोले पेनाल्टीमा गोल गरेपछि लाइपजिगले पुन: अग्रता लियो । तर युभेन्ट्स एक खेलाडी कम भएको फाइदा लाइपजिगले उठाउन सकेन ।

६८औं मिनेटमा भ्लाहोभिचले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । ८२औं मिनेटमा फ्रानसिस्को कोन्सेइकाओले गोल गर्दै युभेन्ट्सलाई पहिलो पटक अग्रता दिलाए र त्यही गोल निर्णायक बन्दा युभेन्ट्सले जित हात पारेको हो ।

यस पटक फरक शैलीमा भइरहेको च्याम्पियन्स लिगमा ३६ टोलीको सहभागिता छ र दुई खेल हुँदा ७ क्लबले मात्र शतप्रतिशत जित हात पारेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज