Advertisement

सेती अस्पतालमा क्यान्सर शिविर सुरु

Advertisement

धनगढी : सेती प्रादेशिक अस्पतालमा क्यान्सर शिविर सुरु भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मङ्गलवार बिहानदेखि शिविर सुरु भएको हो।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चिकित्सकहरूले धनगढीमा क्यान्सरका बिरामीहरुको परिक्षण, उपचार तथा शल्यक्रिया गर्ने छन्। जटिल प्रकृतिका बिरामीहरूलाई विपी कोइराला क्यान्सर अस्पताल बोलाइने छ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उप–निर्देशक युरोलोजिस्ट डाक्टर उमेश नेपालले धनगढीको सेती प्रादेशिक अस्पतालमा महिनाको एक दिन शिविर सञ्चालन हुने बताए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति अनुसार सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र गण्डकी प्रदेशको पोखरामा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रत्येक महिना शिविर सञ्चालन गर्ने छ।

सुदूरपश्चिम प्रदेशको प्रादेशिक अस्पताल सेतीमा महिनाको एक दिन विपी कोइराला क्यान्सर अस्पतालका चिकित्सकहरूबाट क्यान्सरको परीक्षण, उपचार तथा शल्यक्रिया गरिने भएको हो। उनले भने, ‘यूरोलोजिस्ट सम्बन्धी, सर्जिकल सम्बन्धी, अङ्कोलोजी, मेडिकल अङ्कोलोजी, आइने सम्बन्धी, पाठेघरको मुखको क्यान्सर (भिआइए) जाँच र नाँक,कान, घाँटीको विशेषज्ञ आउने भएको छ। यतीको जाँच आज हुन्छ।’

सेती प्रादेशिक अस्पतालका प्रमुख डाक्टर शेरबहादुर कमरले सुदूरपश्चिमका क्यान्सरका सम्भावित बिराहीहरूको परीक्षणको काम सुरु भएको बताए। रेफरल अस्पतालमा क्यान्सरका बिरामीहरू आउने गरेको बताए। उनले भने, ‘हाम्रोमा १२ सय बिरामी दैनिक आउने गरेका छन्। फोक्सोको क्यान्सर, रगतको क्यान्सर, पेटको क्यान्सर यतै पत्ता लाग्छ। उपचारका लागि क्यान्सर अस्पतालहरूमा पठाउने गरेका छौ। नसर्ने रोगहरूमा क्यान्सरका बिरामीहरू बढ्दै गएका छन्। लक्षणका आधारमा हामीले परीक्षण गर्ने गरेका छौ।’ सेतीमा पाठेघरको क्यान्सरको परीक्षण हुने गरेको छ।

क्यान्सरका बिरामीहरूले मासिक पाँच सय रुपैयाँ नेपाल सरकारबाट पाउने गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज