Advertisement

कैलाली कारागारमा क्षमता भन्दा झण्डै तेब्बर कैदीबन्दी

Advertisement

धनगढीः जिल्ला कारागार कैलाली कैदीबन्दीले भरिएको छ।

ठेलमठेल हुने गरी जिल्ला कारागार कैदीबन्दीले भरिएको हो। १५० जना क्षमताको कारागारभित्र अहिले झण्डै ६ सयको संख्यामा कैदीबन्दी छन्। अहिले कारागारभित्र ५ सय ५७ जना कैदीबन्दी छन्। साढे ७ सयको संख्यामा कैदीबन्दी भएपछि एक सय ५० जना कैदीबन्दीलाई नयाँ कारागार कोहलपुरमा राखिएको छ। १९९७ सालमा बनेको जिल्ला कारागार कैलाली जीर्ण अवस्थामा छ।

पछिल्लो समय अपराधका घटना बढ्दै गएपछि जिल्ला कारागार कैलाली कैदीबन्दीले भरिन पुगेको हो। विशेष गरी लागुऔष, जबरजस्ती करणी, हत्या, चोरी, कुटपिट, बैंकिङ कसुर लगायत अपराधमा दोषी ठहर भएकाहरु कैदीबन्दी जिवन विताइरहेको जिल्ला कारागार कैलालीका जेलर दिपक पाण्डेले बताए। १५० जना क्षमताको जीर्ण कारागारभित्र अहिले ५ सय ५७ कैदीबन्दी हुँलिएका छन्।

जेलभित्र शौचालय जान समेत निकै लामो समय पालो कुर्नुपर्ने एक कैदीबन्दीले बताए। जिल्ला कारागारमा ५५७ जम्मा कैदीहरू रहेकोमा १७७ जना लागुऔषधसँग सम्बन्धीत मुद्दाका छन्। कैलाली जिल्ला अदालतमा गत आर्थिक वर्षमा ५३९ मुद्दा लागुऔषधसँग सम्बन्धीका दर्ता भएका थिए।

जिल्ला अदालतले ४३१ मुद्दाको अन्तिम सुनुवाइ गरेको छ। १०८ मुद्दाको अन्तिम सुनुवाइ हुन बाँकी छ। कैलाली जिल्ला अदालतले कैद भुक्तानीका लागि पठाएका १४० कैदी हाल जिल्ला कारागारमा छन्। थप ३७ जना थुनुवा रहेका छन्। उनीहरूलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ। कारागारमा रहेका १७७ जनामा ३७ जनाको अन्तिम सुनुवाइ भएको छैन। १४० जनाको मात्र अन्तिम सुनुवाइ भएको छ।

१४० जना लागुऔषध मुद्दामा दोसी ठहर भएर कारागारमा कैद जीवन बिताइरहेका छन्। कारागारमा ४९६ पुरुष, ५८ महिला र २ जना बालक छन्। कारागार प्रशासनका अनुसार १५० जनालाई कोहलपुर जेलमा स्थानान्तरण गरिएको छ। कैलाली कारागारमा कैदीको संख्या धेरै भएपछि उनीहरूलाई कोहलपुरको नयाँ जेलमा पठाइएको हो।

कोहलपुर कारागार स्थानान्तरण गरिएका कैदीमा अधिकाँस लागुऔषध मुद्दाका छन्। कैलाली जिल्ला अदालतमा दर्ता भएका लागुऔषधका मुद्दामा हिरोइनका ५१०, गाँजा–चरेसका २४ र अन्य पाँच रहेका छन्। जिल्ला अदालतमा गत आर्थिक वर्षमा दर्ता भएका ५३९ मुद्दामा ४३१ मुद्दा फर्छाैट भएका छन्। १०८ मुद्दाको अन्तिम सुनुवाइ हुन बाँकी छ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज