Advertisement

रवि लामिछानेले गोरखा मिडियामा बुझ्थे ६ लाखभन्दा बढी तलब, वर्षमा ७४ लाख

Advertisement

काठमाडौं । गोर्खा मिडिया प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछानेले कम्पनीबाट डेढ वर्षको अवधि (१८ महिना)मा १ करोडभन्दा बढी तलब बुझेको भेटिएको छ ।

सहरकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदनले लामिछानेले दुई आर्थिक वर्षमा गरी कुल १ करोड ४ लाख ३६ हजार रुपैयाँ तलबका रुपमा बुझेको तथ्य खुलासा गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा लामिछानेको गोर्खा मिडियाबाट ३० लाख रुपैयाँ तलब बुझेका थिए । आर्थिक वर्ष २०७८/७९मा भने उनले ७४ लाख ३६ हजार ५८७ रुपैयाँ तलब लिएका थिए ।

उनले १ माघ २०७७ देखि १ असार २०७९सम्म गोर्खा मिडियामा आवद्ध थिए । यअनुसार लामिछानले मासिक करिब ६ लाख २० हजार रुपैयाँ तलब बुझेको देखिन्छ ।

रास्वपाका सहममहामन्त्री रहेका विपिनकुमार आचार्यले पनि यो अवधिमा गोर्खा मिडियाबाट ५३ लाख ५३ हजार १६६ रुर्पैयाँ तलब बुझेको प्रतिवेदनमा उल्लेख छ ।

मिडिाका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी)ले आर्थिक वर्ष २०७८/०७९मा ३० लाख रुपैयाा तलबका रुपमा बुझेको विवरणमा उल्लेख छ ।

गोर्खा मिडियाले सञ्चालन अवधिका १४ करोड ९३ लाख २२ हजार रुपैयाँ तलबकै रुपमा खर्च गरेको देखिएको छ ।

विभिन्न सहकारीबाट गोर्खा मिडियामा गैरकानुनी रुपमा आएको ६५ करोड रुपैयाँ अपचलन भएको ठहर गर्दै हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रबि लामछानेमाथि समेत कारवाही गर्न संसदीय समतिको सो प्रतिवेदनले सिफारिस गरेको छ ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज