Advertisement

सुरु भयो धनगढी उपमहानगरको हसुलिया–अत्तरिया नगर बस सेवा

Advertisement

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले कैलारीको हसुलियादेखि गोदावरीको अत्तरिया रुटमा नगर बस सेवा सुरू गरेको छ।

आइतबार फूलबारी बसपार्कमा एक कार्यक्रम गरेर नगर बस सेवाको उद्घाटन गरिएको हो। ६ वटा बसबाट नगर बस सेवा सुरू गरिएको छ। उपमहानगरले धनगढीकै के एण्ड के कन्स्ट्रक्सनले नगर बस सेवा चलाउने ठेक्का पाएको छ। असोज १ गतेबाट सुरू हुने नगर बस सेवा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चल्ने छ।

नगर बसमा विद्यालय खुलेको दिन धनगढीका बाल बिकास शिक्षक शिक्षिकाले भने निःशुल्क यात्रा गर्न पाउनेछन्। धनगढी उपमहानगरपालिकाले खरिद गरेको ६ बसबाट कैलारी गाउँपालिकाको केन्द्र हसुलिया–धनगढी र गोदावरीको अत्तरियासम्म नगर बस सेवाको रुट तोकिएको छ।

धनगढीकै के एण्ड के कन्स्ट्रक्सनले वार्षिक २८ लाख ८८ हजार ९१९ रुपैयाँमा नगर बस सेवा चलाउने ठेक्का पाएको उपमहानगरका राजश्व शाखा प्रमुख डिल्लीराज ओझाले बताए। उनले करिब ७ किलोमीटर दुरीमा २० रुपैयाँ तिरेर नगर् बसमा यात्रा गर्न पाइने बताए। २०८१ असोज १ गतेदेखि सुरू हुने नगर बस सेवाको न्यूनतम भाडादर २० रुपैयाँ तोकिएको छ। नगर बस सेवा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म नियमित रुपमा सञ्चालन हुनेछ।

हरेक दिन हसुलियाबाट ६ बजे बस छुट्ने छ। त्यसपछि हरेक ३० मिनेटको अन्तरालमा बस छुट्ने व्यवस्था मिलाइने छ। नगर बस रोकिने स्थानको तय उपमहानगर र कम्पनीले गर्नेछन्। तोकिएको स्थानमा मात्रै यात्रु झर्ने र चढ्ने व्यवस्था मिलाइनेछ। नगर बसको संचालनले फूलबारीको धनगढीसँगक कनेक्टिभिटी बढेको वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालले बताए।

दस वर्ष अर्थात् २०८१ भदौ मसान्तसम्म नगर बस सञ्चालनको ठेक्का के एण्ड के कन्स्ट्रक्सनले पाएको हो। नगर बसले सर्वसाधारणलाई प्रत्यक्ष लाभ मिल्ने  फूलबारीका स्थानीय डेगमान पौडेलले बताए। धनगढी उपमहानगरपालिकाले फूलबारीलाई धनगढीकै हाराहारीमा विकास गर्ने लक्ष्य राखेको छ।

फूलबारीमा अस्पताल निर्माण, खेलकुद ग्रामको विकास, भोकेस्नल तालिम केन्द्र, गौशाला निर्माण जस्ता विकास निर्माणका काम गर्न उपमहानगर अग्रसर रहेको नगर प्रमुख गोपाल हमालले बताए। नगर बस सञ्चालन भएपछि सर्वसाधारणले ठिक समयमा धनगढी ओहोरदोहोर गर्न पाउने भएका छन्। स्थानीय किसानले आफ्नो कृषि उत्पादन सहजै बजारसम्म पुगाउन नगर बस सेवाको सञ्चालनले  सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज