Advertisement

पहिलोपटक ‘देउडा आइडल’ आयोजना हुँँदै

Advertisement

देउडा सांस्कृतिक मञ्चको आयोजनामा देउडा आईडल २०८० हुने भएको छ । आयोजकले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम बारे जानकारी दिएको हो । सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा संस्कृतिसँगै भेषभुषाको जगेर्ना गर्ने उद्धेश्यले कार्यक्रम आयोजन गर्न लागिएको ंआयोजक संस्थाले जनाएको छ ।

देउडा आईडलको अडिसन कर्णाली र सुदूरपश्चिमका १९ जिल्लामा संचालन हुने छ । प्रत्येक पालिकामा प्रतिभा छनोटका लागि अडिसन हुने आइडका संयोजक महेश कुमार औजीले बताउनुभयो ।

देउडा आईडलको प्रायोजनमा हिमाल डेन्टल हस्पिटल गरेको छ । भने, कार्यक्रमको प्रत्यक्ष प्रशारण टिभी टुडे टेलिभिनले गर्ने भएको छ । पत्रकार सम्मेलनमा बोल्दै टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनक राज पन्तले देउडा आईडल सुदूर र कर्णालीका प्रतिभाहरुका लागि उत्कृष्ट मञ्च भएको बताउनुभयो ।

साथै पन्तले ब्रोडकास्ट पार्टनरको हैसियतले कार्यक्रम सम्पन्न गर्नमा टिभी टुडेले पनि सक्दो सहयोग गर्ने बताउनु भयो । यस्तै वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीले देउडा आईडललाई सफल पार्न सम्पूर्ण देउडा प्रेमी जनताले सहयोग गर्ने बताउनुभयो । जोशीले अबको दश वर्षमा देउडा गीत सारा नेपालीले गाउने बताउनुभयो । कार्यक्रमका संयोजक महेश कुमार औजीले देउडा संस्कृतिलाई जिवन्त बनाउनका लागि देउडा आईडल आयोजन गर्न लागिएको बताउनुभयो ।

लामो समयको प्रयासपछि देउडा आईडल गर्ने अवस्थामा पुगेको औजीको भनाइ थियो । यस्तै गायक तथा संगीत साधक तिलक सिंह पेलाले देउवा आईडल मानसखण्डको संस्कृतिलाई संरक्षण गर्नका लागि कोसेढुंगा सावित हुने बताउनुभयो । देउडा आईडलको पुरस्कार राशी अर्को पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

आईडलको निर्णायक मण्डलमा नन्दकृष्ण जोशी, तिलक सिंह पेला र टिका पुन रहनु हुने भएको छ । दिनेश खड्काले निर्देशक गर्ने देउडा आइडल मंसिरदेखि टेलीभिजनमा प्रशारण गर्ने तयारी गरिएको छ । आइडल सम्बन्धि थप जारी अर्को पत्रकार सम्मेलनमार्फत गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज