Advertisement

आठौँ एसियन कराँते प्रतियोगितामा स्वर्ण पदक बिजेता गौरिगंगाकि मनिषालाई सम्मान

Advertisement


२०८१ श्रावण ०९ गते बुधबार
भुटानको राजधानी थिम्पुमा सम्पन्न आठौँ एसियन कराँते प्रतियोगितामा स्वर्ण पदक बिजेता कैलालीकी मनिषा बोहरालाई स्वागत तथा सम्मान गरिएको छ । कैलालीको गौरिगगां नगरपालिका वडा नम्बर १० घर भएकि मनिषा नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएकि थिइन् । नेपाललाई स्वर्ण पदक जिताउन सफल भएकि मनिषालाई उनका प्रशिक्षक सहित स्थानियले गृहनगरमा स्वागत तथा सम्मान गरेका हुन् । नेपाल खेलकुद महासघं गौरिगगां नगर कमिटि अध्यक्ष समेत रहेका कराँते प्रशिक्षक अशोक चन्द लगायतले मनिषालाई स्वागत तथा सम्मान गरेका हुन् ।

भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियन कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण २० रजत र ११ कास्य जित्दै कुल ६२ पदकसहित टिम प्रथम भएको थियो । नेपाललाई पुरुष क्याडेटतर्फ –५२ किलोमा समन श्रेष्ठ, –६३ किलोमा साहिल राई, जुनियर तर्फ –६८ किलोमा निशान तामाङ, त्यसैगरी यू–२१ को –८४ किलोमा गौरव नेपाल, ८४ किलोमा आशिष श्रेष्ठ, पुरुषकै सिनियर तर्फ –५५ किलोमा एलोन श्रेष्ठ, –६७ किलोमा सन्तोष श्रेष्ठ, –८४ किलोमा मोहम्मद सेखु आलम र ८४ किलोमा विप्लब लाल श्रेष्ठले स्वर्ण दिलाए । क्याडेटको महिलातर्फ –४२ किलोमा वर्षा राई, –४७ किलोमा प्रोसिया चौधरी, –६१ किलोमा मनिषा कुमारी बोहरा, महिलातर्फकै जुनियर –४२ किलोमा सुस्मिता वाईवा, –५३ किलोमा समीक्षा ढुंगाना, यू–२१ को –४५ किलोमा प्रियन्का शाही, –५० किलोमा अन्जली महर्जन र –५५ किलोमा जिया कार्कीले स्वर्ण दिलाएका थिए ।

त्यसैगरी महिला सिनियरतर्फ –४५ किलोमा वर्षा बुढामगर,–६१ किलोमा निरुपा तामाङग र  ६८ किलोमा १९औँ एसियाडकी रजत पदक बिजेता एरिका गुरुङले नेपाललाई स्वर्ण पदक दिलाइन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज