Advertisement

गौरिगंगा कि मनिसाले भुटानमा जारी साफ च्याम्पियनसिप मा कराते बाट रास्ट्र लाई स्वर्ण पदक दिलाएकि छन ।

Advertisement


२०८१ श्रावण ०४
भुटानको राजधानि थिम्पुमा हुदैगरेको ८ औँ दक्षिण एसियाली कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै कैलाली जिल्ला गौरिगंगा कराँते कि खेलाडी मनिषा बोहराले देशको लागि स्वर्ण पदक दिलाउन सफल भएकि छन्। भुटानमा भएको ५६ औँ राष्ट्रिय कराँते प्रतियोगिता तथा ८ औँ दक्षिण एसियाली कराँते प्रतियोगितामा जिल्ला र प्रदेश बाट स्वर्णपदक जित्दै राष्ट्रिय प्रतियोगितामा गौरिगंगाका कराँते खेलाडी १४/१५ बर्ष मुनिका ६१ केजि तौलमा मनिषा बोहरा र ४० केजि तौलमा कंचन बोहरा भएका थिए । जसमध्ये ५६ औँ राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्णपदक जितेर राष्ट्रिय टोलिमा पर्न सफल मनिषा बोहरा ८ औँ साफ च्याम्पियनसिप सहभागी हुने अवसर प्राप्त गरेकि हुन्। कंचन बोहरा फाइनलमा अन्तिम ६ सेकेन्डमा १ अंक को फरकमा हार बेहर्नु परेको थियो ।भने उनले सुदुरपश्चिमलाइ रजत पदक दिलाउन सफल भएकि थिइन। मनिषा बोहरा र कंचन बोहरा एकदमै होनहार अनुशासित खेलाडी भएको कराँते प्रशिक्षक अशोक चन्दले बताएका हुन् । यस अघि पनि मनिषा बोहरा र कंचन बोहराले गौरिगंगाका लागि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा अहिले सम्मकै पहिलो दुइ स्वर्णपदक जिल्लामा र प्रदेशमा २ कांस्य पदक दिलाएका थिए ।कंचन बोहरा यस अघि एसियाली गोजुरियो कराँते प्रतियोगिता कासय र इन्डोनेपाल प्रतियोगिता स्वर्ण पदक दिलाइ सकेकि थिइन। नेपाल ओपन अन्तराष्ट्रिय कराँते प्रतियोगिता बाट पनि ३ वटा पदक दिलाएका छन्।

प्रशिक्षक अशोक चन्द यसो भन्छन् ।
गौरिगंगा नगरपालिकामा कराँते प्रशिक्षण गराउन लागेको करिब २ बर्ष हुन लाग्यो मैले यस पालिकामा कराते खेलाउँदै गर्दा आज सम्म मैले कुनै खेलाडि बाट मासिक पैसा उठाएको छैन। मैले उत्पादन गरेका खेलाडीले देशका खेल्नु मेरा लागि गौरवको हो । तर दुःख को कुरा यतिका पदक आफै जसोतसो गरेर भोकै प्यासै यस पालिकालाइ पदक दिलाउदा पनि एउटा खेलाडीलाइ धन्यवाद दिन पनि सकेको छैन ।

गौरिगंगा नगरपालिकाले खेलकुदमा यति धेरै बजेट छुट्याइएको हुन्छ तर आज सम्म कराँते खेल यसपालिकाको खेल भित्र पर्न सकेको छैन । यस अगाडि छनोट खेलकुदमा जादा २० हजार नगर प्रमुखले यस पालिका बाट सहयोग गर्नुभएको थियो। तेस बेला पनि साथि भाइ बाट चन्दा संकलन गरेर खेलाडि लगेको थिए। अहिले छनोट भइसकेपछि पनि  पालिकामा निबेदन दिएको थिए। तर सहयोगको लागि केहि सुनुवाइ नभएपछि फेरि साथिभाइ ,सामुदायिक वन तथा खेलाडी प्रेमीहरु बाट चन्दा संकलन गरेर खेलाडिलाइ भुटान पठाएको थिएँ। खेल समाग्री नै महंगो पर्ने  हुदा पनि हामिलाई गार्हो भएको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज