Advertisement

बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बमजनलाई १० वर्ष कैद सजाय

Advertisement

जिल्ला अदालत सर्लाहीले रामबहादुर बमजनलाई बाल यौन दुरूपयोगको कसूरमा १० वर्ष कैद सजाय सुनाएको छ।

सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बमजनलाई १० वर्ष कैद सुनाएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।

उनका अनुसार पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश दिएको छ।

पुस २४ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टीलफले बमजनलाई काठमाडौंबाट पक्राउ गरेको थियो।

असार १० गते न्यायाधीश भण्डारीको इजलासले बमजनलाई दोषी ठहर गरेको थियो। दुई प्रतिवादी ज्ञानबहादुर र डिगबाहदुर सफाइ पाएका थिए।

रौतहटकी गंगामाया तामाङले आफू आश्रममा बस्दा बलात्कार गरेको आरोप लगाउँदै बमजनविरूद्ध जाहेरी दिएकी थिइन्।

बालबालिका सम्बन्धी ऐनको हद म्याद अनुसार उनीविरूद्ध मुद्दा दायर गरिएको थियो। आफू बालिका हुँदा भएको यौनशोषण तथा बलात्कारविरूद्ध १८ वर्ष पुगेपछि उजुरी दिन पाइने कानुनी व्यवस्था छ। गंगामायाले यही कानुनी व्यवस्था अनुसार १८ वर्षपुगेपछि जाहेरी दिएकी थिइन्। बमजनले २०७३ साल साउन २० गते आफूमाथि बलात्कार गरेको उनको आरोप थियो। उक्त जाहेरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रहरी अनुसन्धानप्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बमजनविरूद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय र मनासिव क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेको थियो।

१४ वर्षदेखि १६ वर्षसम्मका बालिकालाई बलात्कार गरे १२ देखि १४ वर्षसम्मको कैद सजाय हुने कानुनी व्यवस्था छ।

गंगामायाले पहिलोपटक झण्डै ६ वर्षअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूमाथि बमजनले बलात्कार गरेको आरोप लगाएकी थिइन्। त्यसपछि सेतोपाटीले तीन महिना लामो अनुसन्धानपछि २०७५ साल पुस ११ गते बमजनका कर्तुतको फेहरिस्त तयार पारेर एकैसाथ चार स्टोरी प्रकाशित गरेको थियो।

सेतोपाटीमा समाचार प्रकाशन भएपछि आफ्ना छोरी, छोरा र बावु बेपत्ता पारेको भन्दै पाँचपरिवारले त्यतिवेलै प्रहरीमा उजुरी दिएका थिए। बमजन विरूद्ध विभिन्न प्रहरी कार्यालयमा आफ्नो आश्रममा बस्ने पाँच अनुयायीलाई बेपत्ता पारेको, तीमध्ये कम्तीमा एक जनाको हत्या गरेको लगायतका आरोप छन्।

उनलाई प्रहरीले गत पुस २४ गते बूढानीलकण्ठबाट पक्राउ गरेको थियो। पक्राउ परेका बमजनमाथि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले विभिन्न कसुरमा छानबिन गरिरहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज