Advertisement

शिक्षकको आन्दोलनका कारण बझाङका सामुदायिक विद्यालयहरुमा पठनपाठन ठप्प

Advertisement

बझाङ : शिक्षकहरुको आन्दोलनका कारण बझाङका सामुदायिक विद्यालयहरुमा पठनपाठन कार्य ठप्प भएको छ । नेपाल शिक्षक महासंघले देशव्यापी आन्दोलनको घोषणा गरेकाले आफूहरु पनि आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघ बझाङका सचिव कविराज जाशीले बताउनुभयो । शिक्षकहरुको आन्दोलनका कारण जिल्लामा ४४८ ओटा सामुदायिक विद्यालयहरुको पठनपाठन ठप्प भएको छ ।

सदनमा दर्ता भएको नयाँ शिक्षा विधेयकको विरोधमा शिक्षकहरु आन्दोलित भएपछि विद्यालय अनिश्चितकालका लागि बन्द रहेका खप्तड मावि कालुखेतीका शिक्षक गोरख रोकायाले बताउनुभयो । महासंघको देशव्यापी कार्यक्रम अनुसार बझाङका विद्यालय पनि बन्द रहेका उहाँको भनाई छ । विद्यालय बन्द भएपछि बझाङका कक्षा १ देखि १२ सम्मका ७८ हजार ९६३ बालबालिका पठनपाठनबाट वञ्चित भएका छन् ।

नयाँ विधेयकले शिक्षा क्षेत्र तहसनहस पार्ने शिक्षकहरुको आरोप छ । शिक्षा क्षेत्रकै हित विपरीत विधेयक आएकाले आफूहरु आन्दोलनमा उत्रेको शिक्षकहरुको भनाई छ । आन्दोलनका लागि बझाङका शिक्षकहरु काठमाण्डौं पुगेका छन् । जिल्लामा रहेका शिक्षकहरुले पनि आ–आफ्नो ठाउँबाट आन्दोलनमा सरीक भएका छन् । शिक्षकहरु आन्दोलनमा रहेकाले विद्यालय बन्द भएका बताइएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज