Advertisement

नयाँ रिलिज ‘दान्भी’ भन्दा तेस्रो सातामा प्रदर्शनरत ‘गाउँ आएको बाटो’ लाई धेरै शो!

Advertisement

जेठ २५ गते रिलिज भएको फिल्म ‘गाउँ आएको बाटो’ तेस्रो सातामा प्रदर्शनरत छ। ‘दान्भी’ भने गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म हो।

प्रदर्शनको पहिलो दिनका लागि दुवै फिल्मले पाएको शोमा धेरै अन्तर थिएन। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘गाउँ आएको बाटो’ लाई भन्दा ‘दान्भी’ लाई धेरै शो दिएको थियो।

गाउँ आएको बाटोलाई क्युएफएक्सले काठमाडौंमा १४ र बाहिर २६ शो उपलब्ध गराएको थियो।

दान्भीलाई क्युएफएक्सले काठमाडौंमा १६ र बाहिर ३१ शो दिएको थियो।

यतिबेला भने पहिलो सातामा प्रदर्शनरत ‘दान्भी’ भन्दा तेस्रो सातामा चलिरहेको ‘गाउँ आएको बाटो’ ले धेरै शो पाएको छ।

बुधबारका लागि गाउँ आएको बाटोलाई क्युएफएक्सले काठमाडौंमा ८ शो दिँदा दान्भीलाई ६ शो मात्र दिएको छ। उत्साहजनक शो पाए पनि राम्रो व्यापार गर्न नसक्दा हलले शो घटाएका हुन्।


दान्भीले शुक्रबार र शनिबार राम्रै व्यापार गरे पनि त्यसपछि व्यापारमा गिरावट आएको शो संख्या घटनुले पुष्टि गर्छ। प्राप्त शोमा अग्रिम बुकिङ पनि राम्रो देखिएको छैन।

यता ‘गाउँ आएको बाटो’ भने आफ्नै रफ्तारमा चलिरहेको छ। यो फिल्मसँग एकसाथ प्रदर्शनमा आएको ‘लण्डन टु पेरिस’ केही दिनमै हलबाट हटदा गाउँ आएको बाटोले तेस्रो सातासम्मको यात्रा तय गरेको हो।दान्भी’ मा अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिका निर्वाह गरेकी छन्।

रूपेश तामाङको निर्देशनमा बनेको फिल्ममा पूजासहित कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायत कलाकारको पनि अभिनय छ।

नवीन सुब्बाको निर्देशनमा बनेको ‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई र प्रसन राई मुख्य भूमिकामा छन्। यसले गाउँको कथा प्रस्तुत गर्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज