Advertisement

खडेरीले धनगढीमा पानीको हाहाकार, ट्याङ्करमा बोकेर आपूर्ति गरिदै

Advertisement

धनगढी उपमहानगरपालिका–१२ जुगेडाको सिद्धनाथ माध्यमिक विद्यालयको नल्कामा पानी सुक्यो। विद्यार्थी र शिक्षकहरूलाई खान र शौचालयमा प्रयोग गर्न समस्या भयो। विद्यालयमा तीन सय ८० फिट गहिरो गाडिएका नल्कामा पानी सुकेको हो। विद्यालयमा खानेपानीको नल्का सुकेपछि विद्यार्थीहरूले घरबाट बोतलमा पानी बोकेर आउने गरेका छन्।

विद्यालयको शौचालयमा प्रयोगका लागि धनगढी उपमहानगरपालिकाले ट्याङ्करमा पानी पुर्‍याएको छ। खडेरीका कारण विद्यालयमा पानीको हाहाकार भएको हो। सिद्धनाथ माध्यामिक विद्यालयमा कक्षा १० कि विद्यार्थी माया थापाले सबै विद्यार्थीहरूले घरबाट खानेपानी बोतलमा ल्याउने गरेको बताइन। उनले भनिन्, ‘विद्यालयमा पानी छैन। अस्तिसम्म राम्रो थियो। अचेल पानी छैन। विद्यार्थीहरू बाहिरबाटै ल्याउनु हुन्छ। नल्काको पानी सुकेको हो।’ अर्का विद्यार्थी पवन रावतले नगरपालिकाले ट्याङ्करबाट ढुवानी गरेको पानी शौचालयमा प्रयोग गर्दै आएको बताए। उनले भने, ‘विस्तारै–विस्तारै पानी सुकेको हो। हामीले घरबाट पानी ल्याउदै आएका छौ। मैले पनि घरबाट पानी ल्याएको हो। झोलामा बोतल छ।’

विद्यालयमा खानेपानीको स्रोत सुकेपछि ६ सय विद्यार्थी समस्यामा परेका छन्। धनगढी–१२ जुगेडाको सिद्धनाथ माध्यमिक विद्यालयसँगै अन्य क्षेत्रका नल्कामा पनि पानी सुकेको छ। नेपाल खानेपानी संस्थानले जुगेडामा रहेको ट्याङ्कीबाट पानी वितरण सुरु नभएको र नल्कामा पानी सुकेपछि नागरिक समस्यामा परेका छन्। खडेरीका गाडिएका नल्कामा पानी सुकेको छ। भूमिगत पानीको सतह घट्दै गएपछि अधिकांश हातेपम्प सुकेका हुन्। एक स्थानीय महिलाले भनिन्, ‘सबैका नल्का सुकेका छन्। हाम्रो गहिरो भएर मात्र पानी आउछ। टोलका सबै जना हाम्रो नल्काको पानी खान्छन्। पहिलाको जस्तो मोटरमा हाम्रो नल्काबाट पनि पानी आउदैन्।’ उनले खानेपानी संस्थानको पानी घरमा वितरण गरिएको भएपनि फिल्टर नभएको बताइन्। उनले भनिन, ‘पानीको समस्या सबैलाई छ। धान रोपेका छैनौ। मान्छेलाई खान गाह्रो भयो, धान रोप्न त पाएकै छैनौ।’

जमिन मुनि पानीको सतह घट्दै गएपछि धनगढीको जुगेडा, बेला, बडहेरा, सन्तोषीटोल, शान्तिटोल, मनेहरालगायतका स्थानमा खानेपानी अभाव भएको हो। वर्षभरि पानी आउने धारा, नल्का (चापाकल), बोरिङलगायतमा कहीँ पानी आएको छैन। पहिले ५०–६० फिटमै पानी आउनेमा अचेल २ सय फिटसम्म नल्का गाड्दा पनि पानी आएको छैन। कम वर्षा, वन फँडानी, पानीको जथाभाबी दोहन र चुरे फेदीमा बढेको तीव्र बस्ती विकासले जमिनमा पानीको सञ्चय घट्दै गएको छ। धनगढी–१२ जुगेडाको सिद्धनाथ माध्यामिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर शाहीले उपमहानगरपालिकाले ट्याङ्कीमा आपूर्ति गरेको पानीले विद्यार्थी तथा शिक्षकहरूले शौचालयमा प्रयोग गर्दै आएका बताए। उनले भने, ‘अत्यधिक गर्मीका कारण पानीको सतह घटेको छ। प्राविधिक पनि बोलाएको हुँ। तर, सतह घटेकाले मर्मत भएन। उपमहानगरपालिकाले ट्याङ्करमा पानी ल्याएको छ। त्यो पानी माथि विद्यालयको ट्याङ्कीमा पठाएका छौ। यो तत्कालका लागि हो। दीर्घकालीन समाधान होइन। उपमहानगरपालिकाले दीर्घकालीन समाधान खोज्नुपर्छ।’ शाहीले सिद्धार्थ नगर क्षेत्रका धेरै घरहरूका नल्कामा पानी सुकेको बताए। उनले जुगेडा क्षेत्रमा पानीको हाहाकार भएको बताएका छन्।

यता, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले भूमिगत पानीको स्रोत बचाउनका लागि प्राकृतिक ताल, पोखरी, वन क्षेत्रको संरक्षण र वृक्षरोपण गर्न आवश्यक रहेको बताए। उनले नागरिकलेसमेत उक्त काममा सहयोग गर्नुपर्ने बताएका छन्। उनले भने, ‘धनगढीको सिद्धार्थ माविमा पानीको हाहाकार भएको छ। जुगेडा क्षेत्रका नागरिकका घरहरूका नल्कामा पनि पानी आउन छोडेको छ। खडेरीका कारण यस्तो भएको हो। पानीको पुनर्भरण कम भएकाले भूमिगत पानीको सतह घट्दै गएको छ। भूमिगत पानीको स्रोत बचाउन हामीले ताल, पोखरीको संरक्षण, नदी–नालाहरूको संरक्षण र वृक्षरोपणका कार्यक्रम गर्दै आएका छौ। नागरिकले पनि सहयोग गर्न जरुरी छ।’

चुरे तथा भावर क्षेत्रमा नदीजन्य पदार्थको बढ्दो दोहन, वन फँडानी र प्राकृतिक तालको अतिक्रमणले पानीको पुनर्भरण हुन नपाएर पानीको सतह नै घट्दै गएको पाइएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज