Advertisement

गोदावरीमा नगरप्रमुखसहित सवारी भाडाको नाममा झण्डै १२ लाख स्वाहा

Advertisement

कैलालीको गोदावरीमा कार्यालय र नगरप्रमुख सवारीसाधन भाडाको नाममा झण्डै १२ लाख रुपैयाँ खर्च गरिएको छ। सो रकम कार्यालय र नगरप्रमुख बिरेन्द्र भट्टको सवारीसाधन भाडा प्रयोजनमा खर्च गरिएको हो।

२०६९ फागुनदेखि २०८० जेठ १७ गतेसम्म मात्र कार्यालय र नगरप्रमुखको प्रयोजनका लागि सवारी भाडामा ११ लाख ८१ हजार २५० रुपैयाँ राज्यकोषको रकम खर्च गरिएको छ। यो आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ (११) विपरीत गरिएको खर्च रकम हो। 

सरकारी रकम खर्च गर्दा वा कुनै आर्थिक कारोबार गर्दा कार्यालय प्रमुखले सरकारी रकमको हिनामिना हानीनोक्सानी वा वापरबाही हुन नपाउने गरेर सरकारी सम्पत्ति नगद, जिन्सी सुरक्षित राख्न उचित प्रबन्ध मिलाउनुपर्ने सो नियमावलीमा उल्लेख छ। तर गोदावरी नगरपालिकाले भने कार्यालय प्रयोजन र नगरप्रमुखको प्रयोजनको नाममा ११ लाख ८१ हजार २५० रुपैयाँ खर्च गरेको छ।

कार्यालयको सामान्य कामकाजमा जाँदा पनि गाडी भाडामा लिएर प्रयोग गर्ने गरेको पाइएको छ। एक जना व्यक्ति मात्र सामान्य काममा जानुपर्ने अवस्थामा समेत गाडी नै भाडामा लिएर राज्यकोषको रकम दुरुपयोग गर्ने काम हुँदै आएको छ। कार्यालयबाट हुने प्रायोजसो कार्यक्रम, तालिम, गोष्ठी लगायतमा सहभागि हुन पनि गाडी भाडामा लिने काम भइरहेको छ।

कार्यालय प्रयोजनको नाममा एक महिनामा ८८ हजार २ सयका दरले गाडी भाडा तिरेर एक वर्षमा १० लाख ५८ हजार चार सय रुपैयाँ खर्च गरिएको छ। २०८० जेठ १७ गते नगरप्रमुखको प्रयोजनको लागि भनेर दैनिक ६५ सयका दरले सवारी भाडा तिर्ने गरी २९ हजार २५० रुपैयाँ खर्च गरिएको छ।

२०६९ माघ १० गते नगरप्रमुखको प्रयोजनकै लागि भनेर २९ हजार २५० रुपैयाँ खर्च गरिएको थियो। सोही वर्षको फागुन १९ गते सोही शिर्षकमा २३ हजार चार सय रुपैयाँ खर्च गरिएको छ। २०८० बैशाख १९ गते नगरप्रमुखकै प्रयोजन शिर्षकमा थप ४० हजार ९५० रुपैयाँ खर्च गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज