Advertisement

सुदूरपश्चिममा २४ घर जलेर पुर्ण क्षति , १९ जंगलमा डढेलो

Advertisement

बैतडीमा जंगलमा लागेको डढेलोमा परि हालै मात्र दुई महिला घाइते भए।

जिल्लाको दशरथचन्द नगरपालिका–१ देउमडाकी ५४ वर्षीया मानमती भुल र ४६ वर्षीया धौली भुल डढेलोमा परेर घाईते हुन पुगेका हुन्। घाइते दुवैलाई  स्थानीयले उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाउने काम गरेका थिए। घरनजिकैको जंगलमा घाँस काट्ने क्रममा हुरीसँगै आएको डढेलोमा परेर दुवै महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

हाल दुबैको अवस्था सामान्य छ। बैतडीमा मात्र नभएर आगलागीका घटना यसैरी सबैतिर फैलिन पुगेको छ। सुदूरपश्चिममा अहिलेसम्म आगलागीबाट २४ वटा घर पूर्ण रुपमा जलेर खरानीमा परिणत भएका छन्। बैशाख सुरु भएयता प्रदेशभित्र आगलागीका घटना भयावह रुपमा बढ्न सुरु भएको हो।

सुदूरपश्चिममा मात्र हिजो (मंगलबार) सम्म दुई सय २० आगलागीका घटना घटेका छन्। ती आगलागीका घटनामा परेर ६ महिलासहित १० जनाको मृत्यु भइसकेको छ। आगलागीका घटना प्रदेशका नौवटै जिल्लामा एकपछि अर्को बढ्दै गएको छ। चैत अन्तिमसातादेखि आगलागी हुन सुरु भएको थियो। त्यसयता १७ महिला र १२ पुरुष गरि २९ जना आगलागीमा परेर घाइते भएका छन्।

दुई सय ४६ परिवार प्रभावित बन्न पुगेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्र धनगढीले संकलन गरेको विवरणमा उल्लेख छ। आगलागीबाट ३३ वटा घरमा आंशिक क्षति पुगेको छ भने २४ वटा घर जलेर खरानीमा परिणत भएका छन्। साथै ६६ वटा गोठमा आगलागी हुँदा ९१ वटा पशुचौपायामा क्षति पुगेको छ। आगलागीबाट अहिलेसम्म पाँच करोड ७८ लाख १९ हजार ७ सय मुल्यको धनमाल जलेर नष्ट भएको अनुमान समेत गरिएको छ।१९ जंगलमा आगलागी

सुदूरपश्चिममा नौवटै जिल्लामा गरि अहिलेसम्म १९ वटा जंगलमा डढेलो लागेको छ। जंगलमा डढेलो लाग्दा जीवजन्तुको अस्थित्व नै संकटमा परेको छ। सामुदायिक, राष्ट्रिय र संरक्षित वन क्षेत्रमा समेत डढेलो लागेको हो। वनमा लागेको डढेलो वस्तीसम्म फैलिँदा धेरैका घर तथा गोठ समेत जलेर धनमाल नष्ट हुन पुगेको छ।

जंगल आगलागीबाट मात्र अहिलेसम्म तीन जना घाइते भएका छन्। यसबाट १८ परिवार प्रभावित भएका छन्। ६ घर आंशिक र ४ घर पूर्ण रुपमा जलेर नष्ट भएका छन्। ६ गोठमा आगो सल्केर यसबाट ६ पशुचौपायामा क्षति पुगेको छ। जंगल आगलागीबाट मात्र मंगलबारसम्म २३ लाख ६० हजार मुल्यको धनसम्पती जलेर नष्ट भएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज