Advertisement

कैलालीमा घुमुवा प्रहरीको आतकं, सहयोग नगर्दा सताउने र फसाउने गरेको आरोप

Advertisement

धनगढी : कैलालीमा नेपाल प्रहरीले व्यवसायीलाई दुःख दिन थालेको गुनासो बढेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले सादा पोषाकमा खटाएका घुमुवा प्रहरीहरुले डिल नमिले अनावश्यक दुख दिने गरेको ब्यवसायीहरुले गुनासो गरेका छन् । बैसाख ३ गते धनगढीकी एक ब्युटिपालर सञ्चालिकालाई समेत सादा पोषाकका प्रहरीहरुले अनावश्यक दुख दिएका थिए । काठमाण्डौँबाट ब्युटिपालरका समान ल्याएर धनगढी घरमा राखेकी उनी अर्को दिन धनगढी गाउँ हुँदै चौराहा समान ल्याउँदै गरेकी थिइन् । नाम खुलाए फेरी प्रहरीले सताउने गुनासो गर्दै उनले सो दिन जिल्ला प्रहरी कार्यालय कैलालीका घुमुवाहरुले समानको बिल देखाउँदा देखाउँदै पनि समान तितर बितर गरेको बताइन् । म समान ल्याएर आउँदै थिए दुई जना घुमुवा प्रहरीहरु मोटरसाइकलमा आउनुभयो उनले भनिन् “समान कहाँबाट ल्याएको देखा भन्नुभयो मैले काठमाण्डौँबाट ल्याएको भन्दै बिल देखाए तरपनि उहाँहरुले मेरो समान तितरबितर पार्नुभयो, यति मात्रै नभएर ब्युटिपालरमा अबैध धन्दा गराउने पख तलाई भनेर धम्कीपनि दिएर जानुभयो, मेरो गल्ती भए कार्वाही गर्ने हो तर यसरी मेरो मान मर्दन हुने गरी अपसब्द बोल्ने र अनावश्यक सताउने कामले हामी आतकिंत भएका छौँ ।”

यस्तै धनगढीमा हरि ओम हार्डवयेरका सञ्चालक आशिष गुप्ताले प्रहरीले आफूमाथि ज्यादती गरेको बताएका छन् । गुप्तालाई कैलाली प्रहरीले बैशाख १६ गते सामानसहित पक्राउ गरेर थुनेपछि उनि आफुलाई आतकिंत पारेको बताउँछन् । महेन्द्रनगरबाट भन्सार जाँचपास र सबै किसिमको कर चुक्ता गरेको सामानसहित गुप्तालाई मध्यराति प्रहरीले हत्कडी लगाएर पक्राउ गरेको थियो । समानको सबै राजश्व तिरेको प्रमाण भएपनि प्रहरीले अनावश्यक दुख दिनका लागी पक्राउ गरेको गुप्ताले गुनासो गरेका छन् । बैशाख १६ गते युपी ३१ टि ७७११ नम्बरको ट्रकमा महेन्द्रनगरबाट धनगढी ल्याइएको सामान र ट्रक प्रहरीले चोरीको सामान हो भन्दै समातेर लग्यो’, उनले भने, ‘मलाई मध्यरातमा हत्कडी लगाएर लगे । बिल र कागजात देखाउँदा पनि मानेनन् ।’ कञ्चनपुरको गड्डाचौकी नाका हुँदै धनगढी ल्याइएको १२ किसिमको कृषि उपकरणको प्रज्ञापन पत्र, भिसिटिएस लगायतका कागजपत्र देखाउँदा देखाउँदै पनि प्रहरीले मध्यरातमा हत्कडी लगाएर आफूसहित ट्रक र सामान जिल्ला प्रहरी कार्यालय लगेको गुप्ताको भनाइ छ । प्रहरीले सहयोग नगरेको भन्दै आफुलाई अबैध समानको नाममा पक्राउ गरेको उनले बताए । प्रहरीले मलाई अनावश्यक दुःख दियो, उनले भने “अपराधीझैँ मलाई हत्कडी लाएर लगे, घुमुवा प्रहरी गजेन्द्र चन्दले त मेरो कानमा पेस्तोल समेत लगाएर तर्साए, सही बाटोबाट काम गर्दा समेत यसरी राज्यबाटै अपहेलित हुनुपर्दा कसरी ब्यवसाय गर्न सकिन्छ ।”

गुप्ताले ट्रकमा २२८ थान कृषि उपकरण ल्याइएको बताएका छन्। भन्सारमा गर्नुपर्ने प्रक्रिया पूरा गरेर आयात गरिएको सामान दुराग्रह राखेर जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले बरामद गर्दै आफूसँग समेत दुर्व्यवहार गरिएको गुप्ताको गुनासो छ । बैशाख १६ गते साँझ ७ बजे पसलमा पुगेको गाडीबाट सामान झार्दाझार्दै प्रहरी टोली पुगेको थियो । प्रहरी टोलीले राति २ः३० बजे गुप्तालाई नियन्त्रणम लिएर सामान समेत बरामद गरेको थियो । भ्याटसहित २७ लाख ४३ हजार बराबरको सामान कैलाली प्रहरीले कैलाली भन्सार दाखिला गरेको छ भने आफूलाई दुई दिनसम्म हिरासतमा राखिएको गुप्ताले बताए । उनि भन्सार कार्यालयमा दाखिला भएको सामान र ट्रकको ४० लाख ४९ हजार धरौटी बुझाएर दुई दिनपछि हिरासत मुक्त भएका हुन् ।

कैलाली प्रहरीले भने व्यवसायी गुप्ताकै कमजोरीका कारण सामान बरामद गरिएको जनाएको छ । प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा गुप्ताको पसलमा पुग्दा महेन्द्रनगरबाट ल्याइएको भनिएको सामानको प्रज्ञापन पत्र, भिसिटिएस र अन्य बैध कागजात गुप्ताले देखाउन नसकेकाले समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक पदम बहादुर बिष्टले बताए । ट्रकबाट सामान झारिसकेपछि प्रहरी टोली पुग्दा गुप्ताका ट्रक चालक भाग्नुबाटै प्रहरीलाई शकां उत्पन्न भएको बिष्टले बताए । प्रहरीले मागेका कागजपत्र गुप्ताले ल्याउन नसक्दा आवश्यक अनुसन्धानका लागी कैलाली भन्सार कार्यालय बुझाइएको उनले बताए ।

प्रहरीले भन्सार कार्यालय पठाइएको समान बारे अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । समानको बिल तथा अन्य कागजपत्र माग गरिएको कार्यालयले जनाएको छ । कार्यालयका एक कर्मचारीले समान भन्सारनै बुझाउनुपर्ने स्थिती नरहेको बताए । समान नेपालबाटै आएको देखिन्छ यसमा प्रहरीले भन्सारमै बुझाउनुपर्ने थिएन ति कर्मचारीले भने “बुझाइसकेपछि हामीले अनुसन्धान गर्नै पर्छ, यसको अनुसन्धान भइरहेको छ, अब सबै प्रक्रिया पुरा गरेर सरकारी वकिलको राय पछि फैसला हुने छ ।” ४० लाख धरौटी बुझाइसकेका गुप्ताले फेरी भन्सार कार्यालयले ८० लाख रकम बुझाएपछि मात्रै मुद्धा अगाडी बढाउन खोजेको बताउका छन् । मैले ४० लाख धरौटी बुझाइसके अब मुद्धा अगाडी बढाइदिनुस भन्छु भन्सारका कर्मचारीले ८० लाख अझँ धरौटी मागिरहेका छन् गुप्ताले भने “अब मुद्धा अगाडी बढाउनकै लागी म कहाँबाट ८० लाख ल्याउनु, कसरी मुद्धा लड्नु, ब्यापार गर्ने की मुद्धा लड्ने मलाई निकै फसादमा पारेका छन्, गलत गर्ने भन्दा काम गर्नेका बिरुद्ध सबै लाग्दा साह्रै गाह्रो भयो ।”

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज