Advertisement

भारतले नेपालको इन्टरनेट काटिदियो, जिम्मेवार सरकार कि सेवा प्रदायक ?

Advertisement

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसकै दिन देशको अधिकांश इन्टरनेट सेवा अवरुद्ध भएको छ । प्रमुख इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले विदेशबाट आयात गर्दै आएको व्यान्डविथको आपूर्ति रोकिएपछि इन्टरनेट सेवा अवरुद्ध भएको बताएका छन् ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले भारतको एयरटेल कम्पनीले आफूहरूलाई उपलब्ध गराउँदै आएको व्यान्डविथ रोकेको बताएको छ । एयरटेल, टाटा, रिलायन्सलगायत कम्पनीलाई नेपालमा प्रमुख इन्टरनेट सेवा प्रदायकले आयात गरेको व्यान्डविथबापतको तीन अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।

यता सरकारले आईएसपीहरूले करिब तीन अर्ब रुपैयाँ बक्यौता नतिरेको भन्दै उक्त रकम भुक्तान गर्नका लागि सिफारिस रोकेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आईएसपीहरूले विदेशी मुद्रा भुक्तान गर्न राष्ट्र बैंकलाई गरिदिनु पर्ने सिफारिस रोकेको हो । ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) र रोयल्टीबापतको रकम सेवा प्रदायकहरूले तिर्न बाँकी रहेको सरकारको भनाइ छ ।

सेवा प्रदायकहरूले भने दूरसञ्चार सेवाबापतको यो दुवै शुल्क तिरेको र मर्मत संम्भारबापतको आम्दानीमा यी दुवै शुल्क नलाग्ने भन्दै नतिर्ने अडान राखिरहेका छन् ।  सेवा प्रदायक र सरकारबीचको विवादमा विदेशी कम्पनीले भुक्तानी नपाउँदा इन्टरनेट नै बन्द हुन पुगेको हो ।

आइस्पानका अनुसार एयरटेलबाटै नेपालका प्रमुख सेवा प्रदायकले करिब ८० प्रतिशत व्यान्डविथ आयात गर्दै आएका छन् । त्यसैले उसले आपूर्ति रोकेपछि अधिकांश इन्टरनेट अवरुद्ध भएको हो ।

करिब ९ महिनादेखि सरकारले विदेशी मुद्रा भुक्तानका लागि सिफारिस रोकेपछि अहिले भने एयरटेलले आपूर्ति नै रोकिदिएको हो । आइस्पानका पदाधिकारीहरूले यसअघि नै इन्टरनेट बन्द हुनसक्ने चेतावनी दिएका थिए ।

केही दिनअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आइस्पानका अध्यक्ष सुधीर पराजुलीले लामो समयको भुक्तानी नहुँदा इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएका थिए ।

आइस्पानका पूर्वअध्यक्ष विनय बोहराले देशभित्रको आन्तरिक विवादका कारण विदेशी कम्पनीको भुक्तानी रोक्नु आफैँमा अशोभनीय भएको भनेका थिए ।

सञ्चार मन्त्रालयले बक्यौता भुक्तान नगरी विदेशी मुद्रा भुक्तान गर्न अर्थात् भारतीय कम्पनीलाई तिर्न सिफारिस नगर्ने अडान राख्दै आएको छ । सेवा प्रदायकले भने यसअघि सार्वजनिक लेखा समितिको निर्देशनमा मन्त्रालयले नै यो बक्यौतालाई खारेज गरेकोमा अहिले फेरि मन्त्रालयले माग्न खोज्नु दोहोरो भूमिका भएको आरोप लगाएका छन् ।

सर्वाेच्च अदालतले समेत यो विवादमा अहिले यथास्थितिमा रहन दिन आदेश दिएको भन्दै सेवा प्रदायकले विदेशी मुद्रा भुक्तानी सिफारिस गर्न दिनुपर्ने भन्दै आएका छन् ।

नेपालमा लगभग सबैजसो ब्यान्डविथ वा इन्टरनेट भारतबाटै भित्रिन्छ । चीनबाट भौगोलिक जटिलता र व्यावसायिक कारणले व्यान्डविथ आयात खासै छैन । त्यसैले भारतीय कम्पनीहरूलाई भुक्तानी नभएमा र उनीहरूले भुक्तानी नभएसम्म इन्टरनेट दिन नचाहेमा नेपालमा इन्टरनेट अवरुद्ध रहिरहन सक्छ । – बाह्रखरी

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज