Advertisement

बझाङ उपनिर्वाचन : एकीकृत समाजवादीका दुई धार

Advertisement

धनगढी : बझाङमा भोली हुने प्रदेश सभा सदस्यको उपनिर्वाचनको बिषयलाई लिएर एकिकृत समाजवादी दुई धारमा विभाजित भएको छ । समाजवादीमा एमालेलाई सहयोग गर्ने र नगर्ने भन्ने बिषयमा दुई धारमा विभाजित भएको हो ।

वैशाख १५ (भोली) हुने उपनिर्वाचनमा एकपक्षले एमालेलाई सहयोग गर्ने आन्तरिक सहमति गरेको छ भने अर्को पक्ष त्यसको विरुद्धमा देखीएको छ ।

स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी पक्षले एमालेलाई मतदान गर्ने सहमति गरेको छ । निर्वाचनमा मत विभाजन हुदाँ एमाले समाजवादी दुवैले हार्ने र तेस्रो पक्षले जित्ने आकलन गरेपछि जोशी पक्षले एमालेलाई सर्मथन गर्ने सहमति गरेको स्रोतको दाबि छ ।

बझाङको उपनिर्वाचन सुदूरपश्चिम प्रदेश सरकार गठनमा निणार्यक देखीएपछि एमाले र समाजवादी दुवैले हारे मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत पाउन कठिनाई हुने देखेपछि जोशी पक्षले एमाले उम्मेदवार दमन भण्डारीलाई सहयोग गर्ने सहमति गरेको हो ।

उक्त सहमतिको आधारमा एमाले केन्द्रीय समस्य ऐन महरले सामाजिक सञ्जालमा समेत व्यक्त गरेका छन् । महरले शुक्रबार साझँ आफ्नो फेसबुकमा एकिकृत समाजवादीलाई सहमति र सहकार्यको लागि धन्यवाद व्यक्त गरेका छन् ।

तर समाजवादीकी सुदूरपश्चिम इन्चार्ज गरिमा शाह लगायत उम्मेदवार दिलबहादुर सिहं पक्षले भने त्यसको विरोध गरेका छन् ।

बझाङमा समाजवादीले एमालेका उम्मेदवारलाई समर्थन गरेको भन्ने प्रचार झुटो भएको उक्त पक्षको दाबि छ । समाजवादीले अन्य कुनै दलका उम्मेदवारलाई समर्थन नगरेको स्पष्ट पार्दै जिल्ला कमिटिले विज्ञप्तीसमेत जारी गरेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज